अनलक्की ताक्लुङ ,भाग्यमानी लेते, महिला भलिबलमा टुकुचे च्याम्पियन



जोमसोम— निर्मल स्पोर्टिङ क्लव (लेते) र निलगिरी युलाक्लव (टुकुचे) मुस्ताङको मार्फामा सम्पन्न ५१ औं संस्करणको थाक भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजना तथा मिलिजुली युवाक्लव मार्फाको सहआयोजनामा  सोमबार भएको फाईनल प्रतिस्पर्धामा निर्मल स्पोर्टिङ क्लव (लेते)ले अन्नपूर्ण युवाक्लव (ताक्लुङ)लाई  ३—१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । यस्तै, निलगिरी युवाक्लव (टुकुचे)ले आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघलाई सोझो ३ सेटमा हराउदै खुल्ला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो ।

 ५१ औं थाक खेलकुद अन्तर्गत पुरुष भलिबलतर्फ  निर्मल स्पोर्टिङ र अन्नपूर्ण युवाक्लव उपाधि भिडन्तका लागि आमने सामने भएका थिए । निकै रोमाञ्चक फाईनल प्रतिस्पर्धामा निर्मल स्पोर्टिङले (२५—२३),(२५—२३) र (२५—१९)को सेटले अन्नपूर्ण युवाक्लवलाई पराजित गरेको हो । अन्नपूर्णले (२५—१९)ले एक सेट जितेको थियो ।कुल ६ वटा क्लवको सहभागिता रहेको भलिबल प्रतियोगितामा मिलिजुली युवाक्लव मार्फा र निलगिरी युवाक्लव टुकुचे समुह चरणबाटै बाहिरिएका थिए । यसअघि  निर्मल स्पोर्टिङ क्लवले मिलिजुली युवाक्लव मार्फालाई र अन्नपूर्ण युवाक्लवले धौलागिरी युवाक्लव कोवाङलाई सेमीफाईनलमा हराउदै फाईनलमा पुगेका थिए ।


यस्तै, महिला खुल्ला भलिबलतर्फ प्रतियोगिता आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघसहित ३ टिमको सहभागि रहेको थियो । जसमा  निर्मल स्पोर्टि लेते समुह चरणबाट बाहिरिएको थियो भने  निलगिरी युवाक्लव टुकुचे र आयोजक टिम फाईनलमा पुगेका थिए । यसप्रतियोगितामा निलगिरी युवाक्लव टुकुचेले न्यू डाईमण्डबाट खेल्ने प्रतिभा माली,सलिना श्रेष्ठ र प्रगतीनाथ गरी ३ जना राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको थियो । यता, आयोजक संघले गण्डकी प्रदेशको जुनियर भलिबल खेलाडीलाई मैदानमा उतारेको थियो ।

 ५१ औ थाक खेलकुदको पुरुष भलिबलतर्फ निर्मल स्पोर्टिङ लेतका  युरिक गौचन सर्वोउत्कृष्ट खेलाडी घोषित भए । यस्तै, अन्नपूर्ण युवाक्लवका बिरेन्द्र शेरचन उत्कृष्ट लिफ्टर घोषित भए । खुल्ला महिला भलिबलतर्फ निलगिरी युवाक्लवबाट खेल खेलेकी सलिना बुढामगर सर्वोउत्कृष्ट खेलाडी घोषित भईन् ।

 योसंगै ५१ औ संस्करणको पुरुष थाक भलिबल च्याम्पियन निर्मल स्पोर्टि लेतेले नगद १ लाख ५० हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । उपविजेता अन्नपूर्ण ताक्लुङले नगद १ लाख पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । महिला भलिबलको च्याम्पियन निलगिरी युवाक्ल टुुकुचेले नगद १ लाख पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र हाता पा¥यो । उपविजेता आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघले  नगद ७५ हजार पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबलको सर्वोउत्कृष्ट खेलाडी तथा लिफ्टरले नगद ५ हजार पुरस्कार पाए ।

 यसअघिको ४९ औं र ५० औं थाक खेलकुदको भलिबल च्याम्पियन बन्न चुकेर उपविजेतामा सीमित रहेको अन्नपूर्ण युवाक्लव ताक्लुङले यसपटक उपाधि चुम्ने धोको पुरा हुन सकेन । योसंगै अन्नपूर्ण ताक्लुङले लगातार ३ संस्करण उपविजेतामै  सीमित रहेर उपविजेता शिल्ड आफ्नो कब्जामा पारेको छ । फाईनल प्रतिस्पर्धाको पहिलो सेट जितेको अन्नपूर्ण ताक्लङले दोश्रो सेटको (२२—२३) अंक हुँदा जर्सी नं. ७ का  योगेन्द्र घाईते  हुँदा त्यसपछिका लगातार सेट गुमाउन पुग्यो ।  आफ्नो मुख्य स्पाईकर घाईते भएकै कारण प्रतियोगितामा हार व्यवहोर्नु परेको अन्नपूर्णका खेलाडी बिरेन्द्र शेरचनले उल्लेख गरे । ‘हामीलाई भाग्यले साथ दिएन, उत्कृष्ट खेल प्रर्दशन गर्दागर्दै पनि हाम्रो खेलाडी लडेर घाईते भए,उनले भने ,त्यसपछि पनि हामी खेलमा फर्किने प्रयास ग¥यो, तर,हाम्रो दोस्रो तहको स्पाईक चल्न नसक्दा हार भयो ।’


 यसै गरी ५१ थाक खेलकुद अन्तर्गत ४० वर्ष माथि उमेर समुहको सादा धनुषवाण (तारा) खेल प्रतियोगितामा निर्मल स्पोर्टि युवाक्लव (लेते) च्याम्पियन बनेको छ । कुल ७ डोरमा भएको प्रतियोगितामा सर्वाधिक अंक बटुल्दै निर्मल स्पोर्टिङ च्याम्पियन बनेको हो । यस्तै, प्रतियोगितामा अन्नपूर्ण युवाक्लव ताक्लुङ उपविजेता बनेको छ । प्रतियोगिताको उत्कृष्ट धनुधर अन्नपूर्ण युवाक्लव ताक्लुङका बुद्ध शेरचन घोषित भए । योसंगै तारा खेलको च्याम्पियनले नगद  ५० हजार पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र पायो । उपविजेताले नगद ३५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पायो ।

समान उस्तै खालको विधा रहेको आधुनिक धनुषवाण (आर्चरी) प्रतियोगितामा धौलागिरी युवाक्लव (कोवाङ) च्याम्पियन बन्यो । निर्मल स्पोर्टिङ उपविजेतामै सीमित रह्यो । आर्चरीतर्फ सर्वोउत्कृष्ट खेलाडी निर्मल स्पोर्टिङका रिजन गौचन घोषित भए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ५० हजार र ३५ हजार पुरस्कारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पारे ।

 ५१ औ मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ अन्तर्गत भएको सांस्कृतिक नृत्य विधातर्फ निलगिरी युवाक्लव प्रथम,सिक्ससोल्टिज क्लव घाँसा द्धितीय र धौलागिरी युवाक्लव तृतिय भए । सांस्कृतिक विधातर्फनै सर्वोउत्कृष्ट महिला कलाकार धौलागिरी युवाक्लव कोवाङकी सृजना फगामी घोषित भईन् भने सर्वोउत्कृष्ट पुरुष कलाकार निलगिरी युवाक्लव टुकुचेका रोशन थापा भए । यसैगरी सांस्कृतिक विधातर्फ सर्वोउत्कृष्ट थकाली गित रचनाकार पुरस्कार निर्मल स्र्पोिर्टङका विशनमणी गौचनले पाउन सफल भए ।

 थाक खेलकुदतर्फको अन्य विधा अन्तर्गत अनुशासित क्लवतर्फ मिलिजुली यवाक्लव (मार्फा),उत्कृष्ट भेषभुषातर्फ अन्नपूर्ण युवाक्लव (ताक्लुङ), र उत्कृष्ट मार्चपास र उत्कृष्ट प्रतिभा प्रर्दशनतर्फको पुरस्कार निलगिरी युवाक्लव (टुकुचे)ले पाएको छ ।

 ५१ औं थाक खेलकुद कार्यक्रमको दौरानका घरपझोङ गाउँपालिकाले पालिका स्तरी कृषि मेला प्रर्दशनी आयोजना गरेको थियो । कृषि प्रर्दशनी तर्फ विभिन्न कृषि उपज विधातर्फका उत्कृष्ट किसानलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको घरपझोङ गापाका कृषि शाखा अघिकृत रोशन थकाली जानकारी दिए ।

  ५१ औं संस्करण अन्तर्गत भएको विभिन्न खेलका विजेता क्लव र खेलाडीहरुलाई संघीय सांसद योगेश गौचन थकाली र क्लवका अध्यक्ष कृष्णकुमार शेरचन लगायतले पुरस्कार तथा शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

 मुस्ताङमा २०२७ सालमा मुस्ताङको तल्लो क्षेत्रमा छरिएर रहेका क्लवहरुलाई एकत्रित गर्दै मुस्ताङ  थाक खेलकुद तथा सांस्कृतिक विकास संघ गठन गरिएको थियो । हिमाली जिल्ला मुस्ताङको युवाहरुलाई लक्षित गर्दै खेलकुदको क्षमता विकास, पर्यटन प्रर्वद्धन,धर्म,कलासंस्कृतिक,कृषि,जैविक विविधता लगायतको संरक्षण संम्वद्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले संघले खेलकुद लगायतका सांस्कृतिक कार्यक्रमहरु गर्दैआईरहेको छ । ५४ वर्ष पुरानो गौरवशाली थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई मुस्ताङी जनताले खेल महाउत्सवका रुपमा लिने गर्छन ।

बढ्दो युवा पलायन रोक्न तथा युवाहरुलाई नेपाल भित्रै संम्भावना र अवसरको खोजी गर्दै उनीहरुको अन्तरनिहित क्षमता विकासमा थाक खेलकुदले महत्वपूर्ण योगदान दिदैआईरहेको छ ।

  



प्रतिक्रिया