आजदेखि कोरलानाकामा १५ दिन ब्यापारिक कारोबार नहुँने

जोमसोम— आजदेखि नेपाल —चिन उत्तरी कोरलानाका १५ दिनका लागि अघोषित बन्द गरिएको छ । यो नाका कोरना कहर तथा सुरक्षा संम्वेदनशीलताका कारण लगातार ४ वर्षसम्म बन्द थियो । गत कार्तिक २७ गते नेपला पक्ष र चिन पक्षको उपस्थितीमा तामझामका साथ औपचारिक रुपमा कोरलानाका खुल्ला भएको घोषणा गरिएको थियो ।

चिन पक्षले  आज माघ २५ देखि फागुन १० गतेसम्म सांस्कृतिक चाडपर्व पर्नै भएकाले नाकामा १५ दिनका लागि ब्यापारिक कारोबार बन्द गर्ने जनाउ दिएको छ । चिनतर्फ चाडपर्व पर्ने भएकाले १५ दिनका लागि कोरलानाका बन्द हुने सूचना उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा जानकारी समेत गराईएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय नागरिकहरुलाई लक्षित गर्दै चिन पक्षले कोरलानाका खुल्ला गरेको थियो । सीमावर्ती क्षेत्रका बासिन्दाका दैनिक अतिआवश्यक सामाग्री आयात तथा नेपाल पक्षका सामाग्री चिनतर्फ निर्यात गर्न चिनले कोरलानाका बाह्रै महिना खुल्ला गरेको थियो । नाका खुलेसंगै उपल्लो मुस्ताङका नागरिकलाई चिनिया भूमीमा पुगेर सामान किनमेल गर्न सहज भएको थियो ।

चार वर्षपछि खुलेको कोरलानाका चिन पक्षको चाडपर्वले गर्दा उनीहरुले १५ दिन ब्यापारिक कारोबार नगर्ने सूचना दिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पुष्टि गरे । हिउँदयामसंग अहिले कोरलानाका तथा उपल्लो मुस्ताङको चिसो बढेको र त्यहाँका सबै नागरिक बेसी झरेकाले सीमानाकामा व्यापारिक गतिविधि समेत शून्य रहेको बताए । सीमापारीको आन्तरिक चाडपर्वका कारण १५ दिन बन्द हुने सूचना आएको छ,हामीले नागरिकलाई सूचना पनि दिएका छौं,अध्यक्ष बिष्टले थपे,‘ यो सधै बन्द भन्ने होईन,जम्मा १५ दिन चाडपर्व पर्ने भएकाले उनीहरुले नाका बन्द ग¥छौं भनेका हुा, यसले हामीलाई खासै असर पार्दैन।’

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने ‘अन्तराष्ट्रिय सीमानाका बन्द भन्ने कुरा हुँदैन,चिन पक्षले आन्तरिक रुपले केही कारणले केही दिन बन्द गर्छौ भनेका होलान् ।’ उनले प्रतिकुल मौसम भएकाले सीमानाकामा पनि ब्यापारिक गतिविधि कम छ,चिनले १५ दिन बन्द गर्दैमा हामीलाई कुनै समस्या नपार्ने बताए ।

 ४ वर्षअघि नेपाल—चिन कोरलानाका बाह्रै महिना खुल्ला हुँने थिएन  । बर्सेनि असार र भदौ महिनामा नेपाल—चिन पक्षको सहमतिमा केही समयका लागि अल्पकालिन ब्यापार मेला लाग्थ्यो । सीमित अवधिमा सीमावर्ती क्षेत्रका नागरिकले आफुलाई आवश्यकता पर्ने मालसमान खरिद गर्ने गथ्र्ये ।तर, यसपटक भने नेपाल —चिन कोरलानाका पहिलेको जस्तो नभई बाह्रै महिना खुल्ला गरिएको हो । नाका बाह्रै महिना खुल्ला भएसंगै उपल्लो मुस्ताङका नागरिकले अनुकुल समयमा आवश्यकता अनुसार चिनको कोरला स्थित लिजीमा पुगेर मालसमान ल्याउन सहज भएको हो ।

 नेपाल —चिन कोरलानाकाबाट सीमावर्ती क्षेत्रका नागरिकले किराना सामान,खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, निर्माण सामाग्री र भेडाच्यांग्रा आयात गर्न सहज भएको हो । नेपालतर्फबाट स्थानीय कृषि उत्पादन,जटिबुटी र अन्य सामान निर्यात गर्न सजिलो भएको छ ।



प्रतिक्रिया