मुस्ताङमा लेंक लागेर एकैदिन नेपाली र भारतीय गरी २ जनाको मृत्यु



मुस्ताङ । 

मुस्ताङमा एकैदिन लेंक लागेर २ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुँनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

 मोरङ जिल्ला पगरी शनिश्चरे नगरपालिका १ निवासी ६५ वर्षीया गोमादेवी लुईटेलको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार मोरङदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि  मनकामना बचत तथा ऋण सहकारी संस्थाका ७४ जना  सदस्य बर्स रिजर्भ गरी धार्मिक यात्राका लागि  मुस्ताङ आएका थिए । आईतबार जोमसोमबाट मुक्तिनाथ जाँदै गर्दा वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गा पुग्दा गोमादवीलाई लेंक लागेर स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई स्वाश प्रश्वासमा समस्या भई अचानक बिरामी बेहोस भएपछि उपचारका लागि जोमसोमको मुस्ताङ जिल्ला अस्पतालमा पू¥याईएको थियो । अस्पतालमा पू¥याईएका उनलाई उपचार गर्ने क्रममा चिकित्सकले  मृत घोषणा गरेको डिएसपी पाण्डेयले उल्लेख गरे । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मिलन बहादुर बिकको कमाण्डमा खटिएको ५ जनाको टोलीले घटनाको बिवरण तथा शवको मुचुल्का उठाएर मृतकको शव आफन्तलाई जिम्मा लगाएको छ ।

यसअघि आईतबार बिहान ३ बजेको समयमा होटलमा बाँस बसेका एक भारतीय पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतको हैदरावादबाट मुक्तिनाथ दर्शनका लागि ४१ जना भारतीय धार्मिक तिर्थालु पर्यटक मुुस्ताङ आएका थिए । अघिल्लोदिन मुक्तिनाथ दर्शन गरी फर्किएर जोमसोममा बाँस बसेका उनीहरु मध्ये ८३ वर्षीय बि नारायणलाई लेंक लागेर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पू¥याईएको थियो । उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले उक्त घटनाको समेत बिवरण संकलन गरी मुचुल्का उठाएर शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी पाण्डेयले जानकारी दिए । 

 योसंगै मुक्तिनाथ दर्शन गर्न आउने क्रममा लेंक लागेर मृत्यु हुनेको संख्या चालु वर्षमा ७ जना पुगेको छ । अघिल्लो वर्ष १२ जनाको लेक लागेर मृत्यु भएको थियो भने त्यसअघिको वर्ष ६ जना पर्यटकले लेंक लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

बेसीको समथर भूभागबाट हिमाली जिल्लाको उच्च उचाईमा आउँदा कतिपय पर्यटकलाई लेंक लागेर बिरामी हुने समस्या देखिएको हो । उमेर कटेका वृद्धवृद्धा ,शारिरीक रुपले अशक्त दम प्रेसर, सुगर लगायत दीर्घ रोगका बिरामीहरु, नियमित औषधि सेवन गर्दै गरेका पर्यटकहरुलाई सिधै मुक्तिनाथ लैजादा लेंक लागेर बिरामी पर्ने समस्या देखिएको हो ।

बेसीबाट उच्च उचाईको क्षेत्रमा आउँदा निरन्तरको यात्रा,बिना स्वास्थ्य परीक्षण र यात्राका क्रममा बिच बाटोमा होल्डिङ नगरी सिधै मुक्तिनाथ लैजादा पर्यटकलाई लेक लाग्ने समस्या देखिएको डिएसपी पाण्डेयले बताए ।

‘एकैदिन लेंक लागेर २ जनाको मृत्यु भयो, यो असाध्यै दुःखद पक्ष हो,’डिएपी पाण्डेयले भने,‘ कृपया मुक्तिनाथ दर्शन गर्न आउँदा सिधै मुक्तिनाथ जान उपयुक्त हुँदैन, स्वास्थ्य अवस्थाको समेत ख्याल राखिदिनु होला ।’डिएसपी पाण्डेयले सडकमार्गबाट मुक्तिनाथ आउने बस तथा जीपमा सवार पर्यटकलाई स्वास्थ्य अवस्था र होल्डिङ गरी मुक्तिनाथ लैजान प्रहरी चौकी घाँसामा यात्रुलाई प्रहरीले सचेत गराउन थालिएको जानकारी दिए ।

हिउँदयामको चिसो मौसम सकिएर गर्मीयाम सुरु भएपनि चिसो यथावत रहेकाले पनि लेक लाग्ने संम्भावना हुन्छ । त्यसो कतिपय पर्यटक मुक्तिनाथको कुण्डमा स्नान गर्दा चिसोले लेंक लाग्ने समस्या निम्त्याउने गर्छ । 

ि

प्रतिक्रिया