मुस्ताङ,२५, साउन
अवैध रुपमा कालिगण्डकी नदी उत्खननमा संग्लन ७ वटा ट्याक्टर र चालकलाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ । बर्खायामको समयमा बिना अनुमति कालिगण्डकी नदी उत्खनन् गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको हो ।
जोमसोम—कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ स्थित एक्लेभट्टी नजिकको कालिगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार÷पोसार गरिरहेका ७ वटा ट्याक्टर र चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी कागबेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन् गरी ओसार पोसार गरेको आरोपमा ग१त ७६५३,ग१त ७५९७,ग१त ६६५३, ध१त ११४,ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार अन्नपूर्ण संरक्षित क्षेत्रको कालिगण्डकी नदीबाट अवैंध रुपमा बालुवा उत्खनन् गरी ओसार ÷पोसारमा संग्लन बालुवासहित ६ वटा ट्याक्टर र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप)जोमसोममा पठाईएको प्रहरी निरीक्षक सन्तोष बस्यालले उल्लेख गर्नुभयो ।
यता, एक्याप जोमसोमले अवैंध रुपमा कालिगण्डकी नदीबाट बालुवा उत्खनन् गरेको आरोपमा नियन्त्रणमा लिईएका चालकसहित ७ वटा ट्याक्टर जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि जिम्मा लगाएको जनाएको छ । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार संघीय सरकारको ढुंगा,गिट्टी,बालुवा उत्खनन,बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ अनुसार राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण,अन्नपूर्ण सरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रको नदीजन्य पदार्थको उत्खनन् तथा संकलन सम्वन्धी व्यवस्था कानुन अनुसार हुनेछ ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली अनुसार संरक्षितमा एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) समितिले एक्यापकोे अनुमतिमा स्थानीय प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन् ,संकलन तथा बिक्री गर्न पाउने प्रवाधान रहेको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारको ढुंगा,गिट्टी,बालुवा उत्खनन संकलन र बिक्री वितरण सम्वन्धी कार्यविधि २०७५ अनुसार नदी जन्य क्षेत्रमा बर्खायामको समय असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने स्पष्ट उल्लेख भएको एक्याप प्रमुख गुप्तले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले बर्खायामको समयमा कालिगण्डकी नदीमा नदीजन्य पदार्थहरुको उत्खखनन्ले विपद््को जोखिम निम्तिने भएकाले अवैंध उत्खनन् गर्न रोक लगाईएको बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता