जोमसोम—मुस्ताङमा लुकाई छिपाई ट्रक भित्र लोड गरी मुस्ताङ ल्याईएको अवैंध काठ प्रहरीले बरामद गरेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमतर्फ आउँदै गरेको ग २ ख नम्बरको ट्रकमा लुकाई छिपाई ल्याईएको अवैंध चिरान गरिएको काठ सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।
यसअघि आईतबार राति १० बजेको समयमा म्याग्दीको बेनीबाट मुस्ताङतर्फ अवैंध काठ ट्रकमा लोड गरी लैजादै गरेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई उपलब्ध गराईपछि मुस्ताङ प्रहरीले काठ लोड गरिएको ट्रकको खोजतलास सुरु गरेको थियो । प्रहरीलेको खोजतलासपछि मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित पक्की पुलतर्फ आउँदै गरेको अवस्थामा मंगलबार बिहान २ बजेको समयमा चालकसहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

प्रहरीले निगरानी गरी नियन्त्रणमा लिईएको काठ लोड गरिएको ट्रकको प्रहरीले कानुन बमोजिम खानतलासी गर्दा ट्रकमा लोड गरिएको काठको छोड पूर्जी वा आधिकारीक कागज प्रमाण नभएको पाईएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।
नियन्त्रणमा लिई बरामद गरिएको काठ पर्वत जिल्लाबाट ढुवानी गरी मुस्ताङ ल्याईएको भएपनि काठको वैधानिकता नभएको प्रहरीले जनाएको छ । पर्वतबाट मुस्ताङ ल्याईएको अवैंध काठ कसले कसका लागि पठाईएको हो भन्ने विवरण प्राप्त हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा बरामद भएको काठ अन्दाजी ८९९ दशमलव ९६ क्यू फिट भएको र काठको मुल्य करिव १ लाख १२ हजार बराबरको भएको जनाइएको छ । प्रहरीले अवैंध रुपमा भित्र्याउन लागिएको काठको आवश्यक मुचुल्का गरी ट्रकसहितको काठ र ट्रक चालक बाग्लुङ निसीखोला गाउँपालिका—६ बस्ने ४५ वर्षीय डिलबहादुर घर्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोम कार्यालयमा बुझाईएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।
यता, म्याग्दीबाट मुस्ताङतर्फ ल्याउँदै गरेको अवैंध काठ,ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि एक्याप जोमसोमलाई हस्तान्तरण भएको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कार्यालय प्रमुख रेग्मीले प्रहरीले पेश गरेको ट्रकसहितको काठ र चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सम्पर्क कार्यालय पोखरामा पठाईसकेको बताए ।
‘हामीले यहाँ प्रारम्भिक अनुसन्धान ग¥यौं, ठोस बैधानिकता भेटिने प्रमाणहरु भेटिएन,’कार्यालय प्रमुख रेग्मीले भने,‘ काठसहितको ट्रक हामीले कार्यालयमा राखेका छौं, चालकलाई पोखराको सम्पर्क कार्यालयमा पठाएका छौं ।
फोटो क्याप्सन : म्याग्दीबाट मुस्ताङतर्फ ल्याउँदै गरेको अवैंध काठ बरामद (तस्विर जिप्रका मुस्ताङ)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता