मुस्ताङमा भारतीय कलाकार टोली, पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले गरे कार्यक्रम उद्घाटन

 ७७ औं भारतीय गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम देखाउन एक भारतीय कलाकारसहितको टोली शनिबार बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आईपुगेको छ । नेपाल स्थित भारतीय राजदुतावासको समन्वयमा दुतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकार टोली मुस्ताङ आईपुगेको हो ।

भारतीय राजदुतावास अन्तर्गत भारत स्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकार लगायतको नृत्य टोली मुस्ताङ आईपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिनुभयो । मुस्ताङमा आसामको बिहु फोक नृत्य देखाउने गरी कलाकार,प्राविधिक र प्रतिनिधि टोली गरी १८ जना मुस्ताङ आएको टोलीका अगुवा मुकुट बोराले उल्लेख गर्नुभयो ।


यसगरी भारतीय गणतन्त्र दिवसको अवसर पारेर मुस्ताङमा आयोजना गरिएको कलाकारसहितको टोलीमा दुतावासका कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुल लगायत चारजनाको प्रतिनिधि रहेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले नेपाल सरकारसंग अनुमति लिएर सांस्कृतिक कार्यक्रम देखाउन भारतीय टोली मुस्ताङ आएको जानकारी दिनुभयो ।

भारतको आसामबाट मुस्ताङ आएका स्वामी विवेकानन्द कल्चर सेन्टरको टोलीले यहाँको घरपझोङ—२ माफा स्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य कार्यक्रम संञ्चालन गरेको हो । यहाँका पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारहरुले बिहु फोक नृत्य प्रदर्शन गरिएको छ । यहाँ भारतीय कलाकार टोलीले दुई वटा बिहु फोक नृत्य प्रस्तुत गरेका थिए । झन्डै एक घण्टा चलेको भारतीय सांस्कृतिक कार्यक्रमको पूर्ण वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गर्नुभएको थियो ।


प्रतिक्रिया