कोरलानाकाबाट ठुलो परिमाणमा स्याउसहित १० कन्टेनर फलफूल नेपाल भित्रिए

मुस्ताङ,२३,भदौ ।

नेपाल—चीन उत्तरी कोरलानाकाबाट चिनियाँ फलफूलजन्य कन्टेनर नेपाल भित्रिन थालेका छन् ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विकासकारी बाढीपछि पूर्ण रुपमा रसुवा—केरुङ नाका बन्द भएपछि त्यहाबाट पैठारी गरिने फलफूल जन्य कन्टेनर अहिले धमाधम कोरलानाकातर्फ डाईभर्ट हुन थालेका छन् ।

 केरुङ नाकाबाट डाईभर्ट गरिएका फलफूल कन्टेनरहरु कोरलानाका स्थित लिजीमा आईपुगेपछि नेपाली कन्टेनरहरुले त्यहा ल्याईएका फलफूलहरु पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट पहिलो पटक फलफूलजन्य पदार्थ नेपाल भित्रिन थालेको जानकारी दिनुभयो । प्रमुख चुडालका अनुसार आईतबार र सोमबार  गरी दुईदिनमा कोरलानाकाबाट नेपाल भित्रिएका १० फलफूलजन्य कन्टेनरको पैठारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।

 रसुवागढी—केरुङ नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाका कतिको संख्यामा फलफूलजन्य केन्टेनरहरु डाईभर्ट भएको भन्ने एकिन नभएको प्रमुख चुडालको भनाई छ । कोरलानाकातर्फ डाईभर्ट भईरहेका फलफूल तथा अन्य मालवस्तुको भन्सार नियम अनुसार जाँचपास गराई पठाउने गरिएको  प्रमुख चुडालले बताउँनुभयो ।

 यसैगरी कोरलानाका स्थित लोमान्थाङ—४ न्हेचुङमा रहेको प्लान क्वारेन्टाईन कार्यालयका प्रास बन्दना घर्तीमगरका अनुसार चीनबाट कोरलानाका हुँदै दुईदिनमा ड्रागन फुड नौ हजार ४५० केजी ,आँप पन्ध्र हजार ४०० किलोग्राम,स्याउ सतासी हजार किलोग्राम, नासपाती छब्बिस हजार १०० किलोग्राम र एभोकाडो (घीउ फल) आठ हजार किलोग्राम फलफूलहरुको क्वारेन्टाईन कन्साईनमेन्ट चेकजाँच गरिएको छ ।

 केरुङबाट डाईभर्ट गरिएका फलफूलहरु मध्ये ठुलो परिमाणमा कोरलानाकाबाट स्याउ नेपाल भित्रिएको हो । क्वारेन्टाईन कार्यालयमा फलपूmल जन्य पदार्थको वैकल्पिक पैठारी गर्ने सुविधा उपलब्ध गराईपनि पूर्वाधार र फलफूल परीक्षण गर्ने उपकरणको व्यवस्था भने अझै हुन सकिरहेको छैन ।

 विस साठीको दशकमा स्थापना भएको नेपाल—चीन उत्तरी कोरला स्थित प्लान क्वारेन्टाईन पहिलो पटक सञ्चालनमा आएको हो । उत्तरतर्फको केरुङ नाका र तातोपानी नाका बन्द भएपछि भन्सार विभाग र व्यवसायीहरुको समन्वयमा त्यहाँ रोकिएका फलफूल कन्टेनर कोरलानाकातर्फ डाईभर्ट गरिएको हो ।

 कोरलानाकाबाट डाईभर्ट भएका फलफूलहरुको पैठारीका लागि भन्सार विभागको समन्वयमा प्लान क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रले दुई जना वरिष्ठ बाली संरक्षण अधिकृतलाई लोमान्थाङ स्थित क्वारेन्टाईन कार्यालयमा खटाईसकेको छ । केन्द्रको विज्ञप्ति अनुसार कोरला स्थित क्वारेन्टाईन कार्यालयका लागि  वरिष्ठ बाली संरक्षण अधिकृत द्धय  प्रकाश पौडेल र रोशन अधिकारीलाई काँजमा खटाएको हो । क्वारेन्टाईमा पाच जनाको दरबन्दी रहेकामा कार्यालय प्रमुखका रुपमा  रोशन कुमार यादव छन् । यस्तै, प्रासमा बन्दना घर्तीमगर यसअघिनै क्वारेन्टाई कार्यालयमा कार्यरत हुनुहुन्छ ।

केन्द्रले केरुङ नाकाबाट डाईभर्ट भएका फलफूल जन्य कन्टेनरहरुको  सम्वन्धित पैठारीकर्ता,निकासीकर्ता,भन्सार एजेन्ट, तथा सरोकारवाला  सबैमा टिमुरे नाका रसुवा तथा तातोपानी नाका सिन्धुपाल्चोकका लागि निर्धारित कन्साइनमेन्टलाई वैकल्पिक नाकातर्फ पठाउनु अघि विरुवा क्वारेन्टाईन तथा संरक्षण ऐन २०६४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रवेश अनुमति,फाईटोस्यानिटरी शर्त तथा अन्य प्रक्रियाहरुको पूर्ण पालना भएनभएको एकिन गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन गरिएको छ ।



प्रतिक्रिया