जोमसोम— संविधान सभा सदस्य एवं माओवादी केन्द्रका जिल्ला नेता बिरेन्द्र जुहारचनको अन्त्येष्टि कार्यक्रममा माओवादी केन्द्रका पार्टी महासचिव देव गुरुङ लगायतका नेता मुस्ताङको मार्फा पुगेका थिए । संविधान सभा सदस्य जुहारचनको पार्थिव शरिरमा श्रद्धान्जली अर्पण तथा पार्टीको झन्डा ओढाएर सम्मान गर्ने कार्यक्रममा पार्टी महासचिव गुरुङ लगायतका माओवादी नेताहरु मुस्ताङको मार्फा पुग्नु भएको हो ।
माओवादी केन्द्रका जिल्ला नेता तथा संविधान सभा सदस्य जुहारचनको आज शुक्रबार बौद्ध परम्परा अनुसार मुस्ताङको मार्फा स्थित राजखोला र कालिगण्डकी दोभानमा अन्त्येष्टि गरिएको हो । यसअघि संविधान सभा सदस्य जुहारचनको पार्थिव शरिरमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामा र जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विक र प्रदेश कमिटी सदस्य ङुटुक गुरुङ (टाईगर)ले माओवादीको झन्डा ओढाए । संविधान सभा सदस्य जुहारचनको अन्त्येष्टिमा माओवादी केन्द्रका जिल्ला ,प्रदेश र केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो ।
संविधान सभा सदस्य जुहारचनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै पार्टी महासचिव देव गुरुङले जुहारचनको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति क्षति पुगेको बताउँनुभयो । महासचिव गुरुङले यस दुःखद घडीमा शोकलाई शक्तिमा रुपान्तरण गरी अघि बढ्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो ।
संविधान सभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा बिहिबार मुस्ताङको मार्फा स्थित आफ्नै निवासमा निधन भएको हो । संविधान सभा सदस्य जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले शोक वक्तव्य प्रकाशित गरी श्रद्धान्जली अर्पण गरेको छ । यसैगरी संविधान सभा सदस्यको निधनप्रति माओवादी केन्द्रले पनि शोक वक्तव्य प्रकाशित गरी श्रद्धान्जली अर्पण गरेको जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विकले जानकारी दिनुभयो ।
संविधान सभा सदस्य जुहारचनले तत्कालिन पुष्पलाल समुहबाट २०३० सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि माओवादी केन्द्र हुँदै २०६४ सालमा माओवादी केन्द्रको समानुपातिक क्लस्टरबाट सांसद भई संविधान सभा सदस्य भएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली