जोमसोम—युरोपेली युनियन राजदुत भेरोनिक लोरेन्जोले मुस्ताङका महिला उद्यमीसंग भेट गरेकी छिन् । भेटघाट तथा अन्तक्रियामा राजदुत लोरेन्जोले मुस्ताङ पर्यटकीय ब्रान्ड भएको उल्लेख गरेकी छिन् । ईयु राजदुत लोरेन्जो भन्छिन्,‘सबैका लागि मुस्ताङ निकै लोकप्रिय छ । यहाँ अथाह पर्यटकीय तथा कृषि उत्पादन र बजारिकरणको प्रचुर सम्भावना छ । ’
सोमबार मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा महिला उद्यमी संघ नेपाल मुस्ताङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इयु राजदुत लोरेन्जोले महिलाहरु सबै परिस्थितीको सामना गर्न पछि पर्न नहुने बताईन् । ३ दिने मुस्ताङ भ्रमणमा आईपुगेकी इयु राजदुत लोरेन्जोले मुस्ताङका महिलालाई उद्यम विकास समर्पित भएर लाग्न उत्प्रेरित गरिन् ।
‘यहाँ आएर तपाई महिला उद्यमीहरुसंग अन्तरक्रिया गर्ने अवसर पाईयो, यसको समन्वय गर्ने महिला उद्यमी संघ नेपाल मुस्ताङलाई हार्दिक व्यक्त गर्दछु,‘ उनले भनीन्,‘ महिला व्यवसाय र उद्यम गर्नु निकै गारो छ,तपाईहरुको सामुहिक ज्ञानसीप र हातेमालोले राम्रो प्रतिफल प्राप्त हुनेछ ।’
मुस्ताङका महिला उद्यमीहरुको समस्या सुनेकी ईयु राजदुत लोरेन्जोले यहाँको केृषि उत्पादनलाई लेवलिङ ,ब्रान्डिङ र प्याकेजिङ गर्ने मुख्य समस्या रहेको र यसलाई व्यवस्थित गर्नका लागि उपल्लो निकायमा पहल गर्ने बताईन् । ‘तपाईहरुको समस्यालाई लिएर हामीले महिला उद्यमी महासंघ र अन्य निकायमा ध्यानआर्कषण गराउँछौं, हाम्रो तर्फबाट पनि यसमा सक्दो पहल हुनेछ, ईयु राजदुत लोरेन्जोले थपिन्,‘ उनले यहाँको समस्यालाई सम्वोधन गर्न सबैको साथ सहयोग समन्वयकारी भूमिका आवश्यक छ, यसमा हामीले निरन्तर समाधानको प्रयास गर्नेछौं ।’
ईयु राजदुत लोरेन्जोले मुस्ताङमा धेरै भन्दा धेरै पर्यटक आउने भएकाले यहाँको उत्पादन र वस्तु सेवालाई राम्रो बनाएर लैजानु पर्ने सुझाईन् । उनले यहाँको उत्पादनलाई अझ प्रभावकारी बनाउन र उत्पादलाई सेवाग्राही माझ सशक्त प्रस्तुतीकरण गर्न सकेमात्र यहाँका महिला उद्यमीहरुको आर्थिक विकासमा टेवा पुग्ने दावी गरिन् ।
यसअघि इयु राजदुत लोरेन्जो र दुतावासका सिनियर कार्यक्रम निर्देशक मिन हमालसहितको ६ सदस्यीय टोली सोमबार बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आईपुगेको हो । युरोपेली युनियनद्वारा मुस्ताङमा च्यांग्रा पालन र पश्मिना उत्पादन प्रर्वद्धनका लागि भईरहेको कार्यक्रमको अवलोकन तथा हिमाली क्षेत्रको आर्थिक विकासका सम्भावनाको बिषयमा अध्ययनक लागि दुतावासको टोली मुस्ताङ आईपुगेको हो ।
ईयु दुतावासको टोलीलाई महिला उद्यमी संघ नेपाल मुस्ताङकी अध्यक्ष सुकुन रसाईली र संघका पदाधिकारी तथा सदस्यहरुले मार्फामा स्वागत गरेका थिए । त्यसपछि भएको महिला उद्यमी संघ नेपाल मुस्ताङले ईयु टोलीसंग छलफल तथा अन्तरक्रिया गरेको थियो । ईयु राजदुत भेरोनिक लोरेन्ससहितको टोलीलाई हिमाली जिल्ला मुस्ताङका महिला उद्यमीहरुले भोग्नु परेका समस्या र चुनौतीका बिषयमा संस्थाकी अध्यक्ष सुकुन रसाईलीले जानकारी गराईन् । संस्थाकी अध्यक्ष रसाईलीले कोभिड माहामारीपछि हिमाली क्षेत्रका महिला उद्यमीहरुले विभिन्न प्रकारका समस्या र चुनौतीहरु भोग्नु परेको बताईन् ।
उनले यहाँका महिलाहरुको उद्यम व्यवसाय जोखिममा परेको जनाईन् ।‘हामी महिला उद्यमीहरु आर्थिक विकासमा सवल र सक्षम हुन नसक्दा विभिन्न प्रकारका सामाजिक तथा आर्थिक हिंसा व्यवहोर्न परेको विद्यमान छ । ‘महिलाहरु आर्थिक विकासमा सवल नभएसम्म महिला उत्पिडन र दमनको पराकाष्टा रोकिदैन,’उनले भनीन् ,यसका खातिर हामीहरुले यहाँका कठिन परिस्थितीका महिलाहरुलाई एकिकृत गर्दै आर्थिक विकासको मार्गमा जोड्ने प्रयत्न गर्दै संस्था स्थापना गरेका हौं ।’
उनले जतिसुकै महिला सशक्तिकरण र महिला उत्थानका कुरा गरेपनि महिलाहरु आर्थिक विकासमा उभिन नसकेका सामाजिक गोरटोले गन्तब्य लैजान नसक्ने दावी गरिन् । उनले कोरोना कहरको बेला उत्पादन भएका सामाग्री नबिकेर फ्यानु परेको दुखेसो ईयु टोलीलाई सुनाईन् ।
हिमाली क्षेत्रका महिला उद्यमीहरुलाई ३ तहकै सरकारले खासै सहयोग उपलब्ध गराउन नसकेको बताईन् । यहाँको उत्पादनलाई ब्रान्डिङ ,लेबलिङ र प्याकेजिङ गर्ने र महिला उद्यमीहरुलाई सीप विकासको तालिममा जोड्न कसैले पहल गर्न नसकेको बताईन । होटल ,रेष्टुरेन्ट,कृषि र पशुपालकन व्यवसायमा धरासयी भएको र यसले महिलाहरुलाई थप उत्साहित बनाउन नसकेको जनाईन् । अध्यक्ष रसाईलीले जलवायु परिवर्तनका कारण कृषि ,पशुपालन र उद्योग व्यवसायमा समेत नकारात्मक प्रभाव परेको ईयु राजदुत लोरेन्जोको ध्यानआर्कषण गराईन् ।
यसका महिला उद्यमी संघ नेपाल मुस्ताङमा आवद्ध सस्थाका सदस्य तथा पदाधिकारीहरुले आफुहरुले उद्योग व्यवसायमा भोग्नु परेका समस्या र चुनौतीहरु इयु राजदुत समक्ष व्यक्त गरेका थिए ।
मुस्ताङकै सफल महिला उद्यमीको रुपमा स्थापित संस्थाकी अध्यक्ष सुकुन रसाईलीले संञ्चालन गरेको मार्फा फलफुल तथा प्रशोधन उद्योगको ईयु राजदुत भेरोनिक लोरेन्जोसहितको टोलीले निरीक्षण गरेको थियो ।
पछिल्लो एकदशक देखि मार्फाकी सुकुन रसाईली फलफुल तथा प्रशोधन उद्योगमा निकै सक्रिय छ । महिला अभियान्ताका रुपमा समेत लागेकी सुकुनले १० वर्षअघि विदेश गएका श्रीमानलाई फर्काएर आफ्नै उद्यमशील कर्ममा जोेडेकी थिईन् । उनले उद्योग व्यवसायमा समेत निकै राम्रो सफलता प्राप्त गर्दै गएकाले उनलाई विभिन्न संघसंस्थाले समेत सम्मान र पुरस्कृत गरिसकेको छ । उनकै पहलमा कठिन परिस्थितीका हिमाली क्षेत्रका महिलाहरुलाई आर्थिक सशक्तिकरण तथा सवलिकरणमा टेवा पू¥याउन २०७२ सालमा महिला उद्यमी नेपाल संघ मुस्ताङ विधिवत दर्ता गरी गठन गरेकी थिईन् । उनले आफ्नो उद्योगमा स्याउ लगायतका फलपूmलहरुबाट प्रशोधन गरी बिक्री गर्ने गरेकी छिन् ।
ईयु राजदुुत भेरोनिक लोरेन्जोसहितको ६ सदस्यीय टोलीले उपल्लो मुस्ताङका बिभिन्न कार्यक्रममा सहभागिता जनाउने दुताबासका सिनियर कार्यक्रम निर्देशन मिन हमालले जानकारी दिए । युरोपेली युनियनले हिमाली जिल्ला मुस्ताङमा नेपाल पश्मिना उद्योग महासंघ मिलेर च्यांग्रा पालन तथा पश्मिना उत्पादन प्रर्वद्धनमा जोड दिईरहेको छ ।
पश्मिनाको भुवा उत्पादनका लागि इयुको आर्थिक सहयोगमा इन्टनेशनल ट्रेड सेन्टर (आईटीसी)ले पश्मिना प्रर्वद्धन तथा च्यांग्रा पालन सम्वन्धि कार्यक्रम गर्दैआईरहेको छ । एक वर्षअघि मुस्ताङमा ८ सय च्यांग्राको पश्मिना भुवाको नमूना संकलन गरिएको र सोको नतिजा सार्वजनिक गर्न र च्यांग्रा पालकहरुलाई थप सल्लाह सुझाव दिन पश्मिना महासंघ र आईसीटी टोली अहिले उपल्लो मुस्ताङ पुगेको छ । ईयुको दुतावास टोलीले सोही पश्मिना सम्वन्धि कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम छ ।



पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता