जोमसोम— मुस्ताङका वन्यजन्तु पीडित यतिखेर पशुधन क्षति राहतको पर्खाईमा छन् । क्षति राहतका लागि एक्याप कार्यालयमा निवेदन सिफारिसपत्र बुझाएको दुई वर्ष बितिसक्दा समेत उनीहरुले भएपनि उनीहरुले पशुधन क्षतिको राहत सुविधा पाउँन नसकेका हुन् ।
मुस्ताङमा हिउँचितुवा र मानवबिचको द्धन्दले यहाँको पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ । संरक्षित वन्यजन्तुको संरक्षण तथा परम्परागत पशुपालन व्यवसाय जोगाउँनु पर्ने यहाँको मुख्य चुनौती छ ।
वन्यजन्तुबाट हुने पशुधन किसानलाई सरकारले प्रक्रिया पु¥याएर सम्वन्धित निकाय मार्फत राहत उपलब्ध गराउने गर्छ । तर ,यो प्रक्रिया पशुपालकका लागि निकै भन्झटिलो छ । मुस्ताङका वन्यजन्तु पीडितले पशुधन क्षतिको राहत सुविधा यथोचित समयमा पाउँन नसकेको गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा दुई वटा चौरीको पाठा क्षति भएको रकम अझै आफुले पाउँन नसकेको थासाङ—२ नाउरिकोटका किसान सकेन्द्र गौचनले जानकारी दिनुभयो । ‘क्षति भएको केही समयमा पाउन सके पो राम्रो हुन्थ्यो’, सकेन्द्रले भने,’ एक्यापले आउँछ आउँछ भनेको छ, खै राहत कहिले हो आउँने ?।’
यस्तै, घरपझोङ —४ जोमसोमका पशुपालक किसान पूर्णबहादुर नेपालीले पनि वन्यजन्तुबाट भएको पशुधनको क्षति दुई वर्ष पुग्दा समेत पाउँन नसकेको दुःखेसो गर्नुभयो । वन्यजन्तुको क्षति विवरण सबै टिपेर निवेदन एक्याप कार्यालयमा पेश गरेको भएपनि क्षति राहत आउन निकै ढिलो भएको पशुपालक किसान नेपालीको भनाई छ ।
नाउरिकोटका गौचन र जोमसोमका नेपाली क्षति राहत रकम नपाउने केवल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै मुस्ताङमा धेरैजसो पशुपालक किसानले वन्यजन्तुबाट भएको क्षति राहत पाउँन नसकेको पाईएको छ ।
मुस्ताङमा पछिल्लो दुई आर्थिक वर्षदेखि वन्यजन्तुबाट भएको क्षति राहत रकम वितरण हुन नसकेको सम्वन्धित एक्याप कार्यालयले स्वीकार गरेको छ । कार्यालयबाट वन्यजन्तु क्षतिको सबै कागजातहरु राहत सिफारिसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पेश गरेको भएपनि सरकारले उपलब्ध गराउने राहत रकम कार्यालयलाई प्राप्त हुन नसकेको एक्याप मुस्ताङले उल्लेख गरेको छ ।
मुस्ताङमा आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ मा ७६ वटा घरधुरीका २८० वटा पशुचौपाय वन्यजन्तुको आक्रमणबाट क्षति भएको छ । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोममा वन्यजन्तुको आक्रमणबाट दुई आर्थिक वर्षमा ३९ घरधुरीका ११९ वटा पशुधनको क्षति भएको छ। यस्तै, ईलाका संरक्षण कार्यालय लोमान्थाङमा ३७ घरधुरीका १६१ वटा पशुधनको क्षति भएको छ ।
एक्याप जोमसोम अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ मा २७ घरधुरीका ५६ वटा पशुचौपाया र आर्थिक वर्ष २०८१÷०८२ मा १२ घरधुरीका ६३ वटा पशुधनको वन्यजन्तुको आक्रमणबाट क्षति भएको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । कार्यालय आर्थिक वर्ष २०८१÷०८२ मा जोमसोममा ६, मुक्तिनाथमा १,कोवाङमा १,कुञ्जोमा १,मार्फामा १ र कागबेनीमा २ घरधुरीको वन्यजन्तुबाट पशुधनको क्षति भएको हो ।
यहाँ च्यांग्रा ५४ वटा, चौरी ८ वटा र १ घोडामा वन्यजन्तुबाट क्षति भएको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा २७ घरधुरीको ३० वटा याक,२ घोडा, १९ च्यांग्रा र ५ वटा कुखुरामा वन्यजन्तुले नोक्सान पु¥याएको हो । जसअन्तर्गत कोवाङमा १७ ,मार्फा, २, मुक्तिनाथ २ र कागबेनीमा ६ वटा पशुधनको क्षति भएको एक्याप जोमसोम कार्यालयले जनाएको छ ।
तर एक्याप कार्यालय जोमसोमले आर्थिक वर्ष २०७९÷०८० मा वन्यजन्तुबाट भएको ३१ पशुधनको क्षति राहत रकम ५ लाख ५ हजार रुपैया सम्वन्धित १२ घरधुरीलाई गतवर्ष हस्तान्तरण गरेको जनाईएको छ ।
यसैगरी एक्याप लोमान्थाङ क्षेत्रमा पनि दुई आर्थिक वर्षको वन्यजन्तुको क्षति राहत रकम आउन नसकेको जनाएको छ । एक्याप लोमान्थाङ अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ मा २७ घरधुरीले वन्यजन्तु क्षति राहतका लागि निवेदन पेश गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङमा १६, लोघेकर दामोदरकुण्डमा ८ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३ घरधुरीले राहतका लागि निवेदन दिएका थिए । लोमान्थाङमा घोडा ७, च्यांग्रा ३८, र भेडा २१ वटा क्षति भएको थियो ।लोघेकरमा घोडा ५,घोडा बच्चा १, च्यांग्रा ८० वटा र वारागुङ मुक्तिक्षेत्रमा च्यांग्रा ११ र भेडा १ वटामा वन्य जन्तुले क्षति पु¥याएको थियो ।
आर्थिक वर्ष २०८१÷०८२ मा कुल १० वटा घरधुरीको १५ वटा पशुधनमा क्षति पुगेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलले उल्लेख गनुभयो । लोमान्थाङमा घोडा १, च्यांग्रा ५ र ४ वटा याकमा क्षति भएको थियो । लोघेकर दामोदरकुण्डमा ५ वटा घोडा वन्यजन्तुबाट क्षति भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यालय प्रमुख पौडेलका अनुसार वारागुङ मुक्तिक्षेत्रमा चालु आर्थिक वर्षको क्षति भएको ३÷४ वटा घटनाको फाईल प्रक्रियामा रहेको छ ।
एक्याप लोमान्थाङले नेपाल सरकारबाट प्राप्त १ लाख ३८ हजार वन्यजन्तु क्षति रकम २ वटा घटनाका पीडित किसानलाई हस्तान्तरण गरेको जनाएको छ । त्यहाँ च्यांग्रा क्षति भएका एक घरधुरीलाई ४८ हजार र अर्को एक घरधुरीलाई ९० हजार क्षति राहत वितरण भएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो । यस्तै, पोहोर साल मुस्ताङमा हिमचितुवाको आक्रमणबाट ७७ वटा च्यांग्रा क्षति भएका ढाक्मरणका किसानलाई एक्यापको आन्तरिक कोषबाट ३ लाख ८५ हजार क्षति राहत वितरण भएको कार्यालय प्रमुख पौडेलले जनाउनु भयो ।
एक्याप लोमान्थाङ कार्यालयले उपल्लो क्षेत्रमा वन्यजन्तुबाट क्षति भएका किसानलाई २५ लाख १ हजार ९ सय रुपैया वितरण गर्न बाँकी रहेको जनाएको छ । सरकारबाट क्षति राहत उपलब्ध हुनसाथ सम्वन्धित पशुपालक किसानलाई क्षति राहत वितरण गरिने कार्यालय प्रमुख पौडेलको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली