जोमसोम विमानस्थलमा आयो एक्सरे मेसिन



जोमसोम—दुर्गम हिमाली जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हवाई यात्रुहरुको झोला (लकेज) चेक जाँच गर्ने एक्सरे उपकरण जडान गरिएको छ । नेपाल नागरिक उड्यन प्राविधिकरणले मुस्ताङको जोमसोम विमानस्थलमा पहिलो पटक हवाई यात्रुको सामान चेकजाँच गर्ने एक्सरे मेसिन संञ्चालनमा ल्याएको हो ।

नेपाल नागरिक उड्यन प्राविधिकरणले जोमसोम विमानस्थलका लागि एक थान एक्सरे मेसिन र त्यसलाई चाहिने एक थान डुएट भ्यु कम्प्यूटर सेट पठाएपछि आईतबारदेखि  जोमसोम—पोखरा हवाई यात्रुको स—सामान एक्सेर मेसिन मार्फत चेंकजाँच गर्न थालिएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए ।

यसअघि मुस्ताङको जोमसोम विमानस्थलमा त्यहाँ कार्यरत सुरक्षाकर्मीले निकै लामो समय खर्च गरी सामान्य तरिकाले हवाई यात्रुको सामान र झोला चेकजाँच गर्ने गरिन्थ्यो । विमानस्थलमा सुरक्षाकर्मीले हातैले खोतलेर यात्रुहरुले लैजाने झोला र सामान चेकजाँच गर्दा त्यहाँ कार्यरत सुरक्षाकर्मी र हवाई यात्रुलाई समेत निकै सास्ती हुने गथ्र्यो । जोमसोम विमानस्थलमा एक्सरे मेसिन संञ्चालनमा आएसंगै जोमसोम—पोखरा हवाई यात्रु, विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी लगायतलाई निकै ठुलो सहयोग पुगेको विमानस्थल कार्यालयका प्रमुख शाहको भनाई छ ।

हिमाली जिल्ला मुस्ताङको दुर्गम विमानस्थलमा एक्सरे मेसिन जडान भएपछि हवाई सुरक्षा अभिवृद्धि हुनेछ भने यात्रु तथा यहाँ उडान भने हवाई एअरलाईन्स कम्पनीलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । जोमसोममा हवाई यात्रुको सामान चेक जाँच गर्ने एक्सेर मेसिन जडान भएसंगै त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुलाई सामान चेक जाँच गर्ने विधिका विषयमा बेसिक तालिम दिन थालिएको कार्यालय प्रमुख शाहको भनाई छ । उनले एक्सरे मेसिनमा राखेर उपकरणको सहायताले कम्प्युटर स्क्यान गरेपछि यात्रुलै ओसार —पोसार गर्ने सामानको भेरीफाई हुँने बताए ।

 एक्सरे मेसिनमा राखेर स्वीच अन गरेपछि सामान सर्दै जाने र झोला र लकेज भित्र राखिएका समानलाई क्षणभरमै स्क्यान गर्ने र संकास्पद वस्तु देखिएमा मात्रै झोला र लकेजको सुरक्षाकर्मीले खानतलासी गर्ने  कार्यालय प्रमुख शाहले उल्लेख गरे । एक्सरे मेसिनले ३० सकेन्डमै सामान स्क्यान गर्ने र सामान भित्रको वस्तुगत अवस्थामा डुएट कम्प्युटरमा देखिने गर्छ ।

पछिल्लो समय मुस्ताङको जोमसोम विमान स्थल प्रविधि मैत्री बन्दै गईरहेको कार्यालय प्रमुख शाहको भनाई छ । हिमाली जिल्ला मुस्ताङको हवाई सुरक्षालाई चुस्त राख्न जोमसोम विमानस्थल परिसर भित्र र बाहिर ८ वटा सिसी टिभि जडान भईसकेको जोमसोम नागरिक उड्यन कार्यालयले बताएको छ । जसले गर्दा विमान स्थल  परिसर भित्र र बाहिर हुँने सबै गतिविधिलाई कार्यालयले अनुमन गर्न सक्ने उनले बताए ।

 यसका अलावा जोमसोम विमानस्थलमा हवाई सुरक्षालाई चुस्त भरपर्दो र पारदर्शी बनाउन कार्यालयले चालु वर्षको दशै अघि हवाई यात्रु कक्षमा जाने आउने बाटोमा वर्क थ्रु मेठल डिडेक्टर समेत जडान गरिसकेको जनाएको छ ।

यसैगरी हवाई यात्रु कक्षको भित्र जाने र निस्कने कोठामा पुरुष र महिला हवाई यात्रुको शरिर चेंक जाँच गर्न त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई अलग अलग मेटल डिडेक्टर समेत उपलब्ध गराईएको छ ।

मुस्ताङको जोमसोम विमानस्थल क्रमशः प्रविधि मैत्री बन्दै जान थालेपछि मुस्ताङ भ्रमण गर्ने पर्यटकले कानुनले बर्जित गरेका सामाग्री र कानुन विपरित अवैंध रुपमा प्रयोग गर्नसक्ने सामाग्रीलाई नियन्त्रण गर्न सहज भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।



प्रतिक्रिया