सशस्त्र प्रहरीद्धारा मुक्तिनाथको सरसफाई

जोमसोम— हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थल मुक्तिनाथ मन्दिरमा बुधबार सरसफाई गरिएको छ । सशस्त्र प्रहरी बल,  ३३ नं. गुल्म हेडक्वाटर मुस्ताङको आयोजना तथा सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्यमा मुक्तिनाथ मन्दिर परिसरको पूर्ण सरसफाई गरिएको हो ।

 मुक्तिनाथ मन्दिर परिसरको क्षेत्रलाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याउन सकेमात्र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको दर्शन र पुजापाठ पवित्र हुँने भन्दै मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरको सरसफाई गरेको हो । मुक्तिनाथ मन्दिर सरसफाईमा सशस्त्र प्रहरी तथा सशस्त्र प्रहरी परिवार महिला संघका करिव २५ जनाको टोली खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक विजय हमालले जानकारी दिए । ‘चैते दशैको औसी तिथि सकिए लगत्तै भक्तजनहरुबाट भएको फोहोर व्यवस्थापन गरेका छौं,’ सशस्त्र प्रहरी नायव उपरीक्षक हमालले भने,‘ आज गरिएको कामले पुरै फोहोर व्यवस्थापन गर्न भ्याईएन, फेरी समय मिलाएर फोहोर व्यवस्थापन गर्न त्यहाँ जान्छौं ।’

सशस्त्र प्रहरीको मुक्तिनाथ मन्दिरको सरसफाई अभियानमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकी उपाध्यक्ष डिकी गुरुङ समेत सहभागी भईन् । उनले सशस्त्र प्रहरीद्धारा गरिएको मुक्तिनाथ मन्दिर सरसफाई कार्य प्रंशसनीय भएको भएको बताईन् । उनले मुक्तिनाथ मन्दिर सरसफाई भएमात्र यहाँका सन्देश सकारात्मक रुपमा प्रवाह हुने जनाईन् ।

सशस्त्र प्रहरीको टोलीले कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोरको व्यवस्थापन गरेको जनाएको छ ।

 चैतै दशैको औसी तिथिसम्मको ३ दिनको फेरोमा मुस्ताङमा झन्डै २० हजार बढी धार्मिक तिर्थालुहरु भित्रिएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । चैते दशै औसीमा कागबेनीमा दिवंगत पितृहरुको नाममा श्राद्ध,तर्पण र पिण्डदान दिने आदी पुजाअर्चनाका लागि आएका धार्मिक तिर्थालुहरु कागबेनी हुँदै मुक्तिनाथ जान्छन् । दर्शनार्थीको ओईरोले मुक्तिनाथ मन्दिरमा खचाखच भरिएको थियो ।त्यहाँ पुगेका धार्मिक तिर्थालुहरुले जथाँभावी फोहोर मिल्काउने गर्दा त्यहाँ फोहोर व्यवस्थापन गर्न समेत समस्या हुने गर्छ ।

मुक्तिनाथ विकास समिति , स्थानीय मुक्तिनाथ विकास संरक्षण समिति समेत रहेपनि सरोकारवालाको ध्यान नपुग्दा मुक्तिनाथ मन्दिरमा फोहोर व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुहरुले प्रश्न गर्ने गथ्र्ये ।  मुक्तिनाथ मन्दिर भगवानको बाँसस्थान रहेकाले त्यस क्षेत्रलाई सधै फोहोर मुक्त गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।


प्रतिक्रिया