जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि थासाङ गाउँपालिका—३ लेतेसम्मको दुरीमा पर्ने करिव १३ वटा वस्ती संरक्षणका लागि बृहत कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा आएको हो । उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय अन्र्तगत खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७९÷०८० देखि मुस्ताङका तटीय वस्ती जोगाउन कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा ल्याईएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि थासाङ गाउँपालिका—३ लेतेसम्मको दुरीमा पर्ने करिव १३ वटा गाउँवस्ती बर्सेनि कालिगण्डकी नदी कटान र कालिगण्डकी नदी उकासका कारण उच्चजोखिममा परेको एक अध्ययनले देखाएको थियोे । यसअघि विभिन्न सरकारी तथा गैरसरकारी निकायले मुस्ताङमा तटीय क्षेत्रका वस्ती संरक्षणका लागि कालिगण्डकी नदी नियन्त्रण सर्वेक्षण गरिएको भएपनि कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा आउन सकेको थिएन । तर, गण्डकी प्रदेश सरकारले मुस्ताङ स्थित कालिगण्डकी तटीय वस्ती जोगाउन तथा यहाँको खेतीयोग्य जगाहरुको उकास वृद्धि गर्न कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा ल्याउन सफल भएको हो ।
मुस्ताङका तटीय वस्ती बचाउन खानेपानी जलस्रोत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङलाई कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयन गर्ने अख्तियारी प्रदान गरिएको थियो । जसअनुसार गण्डकी प्रदेस सरकारले यसयोजनाका लागि पहिलो वर्ष ५ करोड विनियोजन भएको थियो । पहिलो वर्ष विनियोजित बजेट अन्र्तगत कालिगण्डकी नदी नियन्त्रण योजनाको जिम्मा लिएको निर्माण कन्ट्रक्सनलाई ३ करोड ठेक्का मोबिलाइंजेसन पेश्की दिईएको थियो । उक्त वर्ष ठेक्का सम्झौता ढिलो भएकाले विनियोजित बजेटको २ करोड फ्रिज हुन पुगेको थियो ।
मुस्ताङको कालिगण्डकी तटीय क्षेत्रका वस्ती संरक्षणका लागि आर्थिक वर्ष २०८०÷०८१ को असार १० गते २ प्याकेजमा सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो । कालिगण्डकी नदी नियन्त्रणका लागि पहिलो प्याकेजमा छुसाङ, तिरी,एक्लेभट्टी र स्याङको ठेक्का लगाएको थियो। दोस्रो प्याकेजमा, मार्फा,टुकुचे, खन्ती,सौरु,सिर्खुम,छात्ताङ,कोखेठाँटी र धम्पुका लागि ठेक्का सम्झौता भएको थियो । दुबै प्याकेजमा कालिगण्डकी नदी नियन्त्रण योजनाको काम अमित बिल्डर्सले पाएको थियो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि घरपझोङ—३ स्याङसम्मको पहिलो प्याकेजमा कालिगण्डकी नदी नियन्त्रणका लागि भ्याटसहित ९ करोड १२ लाख ८४ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । बहवर्षीय योजनाका रुपमा संञ्चालन भएको कालिगण्डकी नदी नियन्त्रण योजनाका सम्झौता अवधि २०८० आगामी पुस ९ गतेसम्म छ । कालिगण्डकी नदी नियन्त्रणको पहिलो प्याकेजमा ६५ प्रतिशत भौतिक प्रगती भएको खानेपानी जलस्रोत तथा सिंचाई सवडिभिजन कार्यालय मुस्ताङका सूचना अधिकारी कल्याण पौडेलले जानकारी दिए ।
सूचना अधिकारी पौडेलका अनुसार पहिलो प्याकेज अन्र्तगत निर्माण कम्पनी अमित बिल्डर्सले वारागुङ—४ एक्लेभट्टी गाउँ जोगाउन २७० मिटर माटोको बाधसहित ग्याविन वाल निर्माण गरेको छ । त्यहाँ ७८ मिटरमा ४२ मिटर प्लम्प कंक्रिट वाल निर्माण सम्पन्न भएको हो । मुस्ताङको घरपझो—३ स्याङमा ४५३ मिटर माटो फिलिङ गरी ग्याविनसहितको प्रोटेक्सन गरिएको छ । वारागुङ—४ तिरीमा कालिगण्डकी कटान रोक्न ३६९ मिटर माटोको प्रोटेक्सन लगाएको छ भने ३३ मिटर माटोको प्रोटेक्सन बाँकी छ । यसका अलावा त्यहाँ११७ मिटर प्लम्प कंक्रिट वाल लगाउन बाँकी छ ।
वारागुङ—३ छुसाङमा २०४ मिटर माटोको प्रोटेक्सनसहित ग्याविन वाल लगाएको छ भने त्यहाँ थप ३४ मिटर प्रोटेक्सन गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।

यस्तै, कालिगण्डकी नदि नियन्त्रण योजना अन्र्तगत मुस्ताङको तल्लो क्षेत्र घरपझोङ—२ मार्फादेखि लेतेसम्मको नदी नियन्त्रणको काम पछिल्लो भौतिक प्रगती ५८ प्रतिशत रहेको कार्यालयका सूचना अधिकारी पोडेलले जानकारी दिए । भ्याटसहित ९ करोड २६ लाख लागतमा ठेक्का सम्झौता भएको यस प्याकेजको नदी नियन्त्रण प्रोटेक्सनको जिम्मा पनि अमित बिल्डर्सले लिएको हो । कालिगण्डकी वस्ती जोगाउन निर्माण कम्पनीले घरपझोङ—२ मार्फामा १५९ मिटर ग्याविन प्रोटेक्सन निर्माण गरेको छ । यहाँ प्रोटेक्सनका लागि फिनिसिङको काम भने बाँकी छ । थासाङ—१ टुकुचे वस्ती संरक्षणका लागि निर्माण कम्पनीले टुकुचे सिरान टोलमा २५८ मिटर र टुकुचे तल थापाखोलामा ३९६ मिटर नदी नियन्त्रण प्रोटेक्सन निर्माण सम्पन्न गरेको छ । यहाँ ६३ मिटर प्रोटेक्सन गर्न बाँकी छ ।
थासाङ—२ खन्तीमा १८० मिटर प्रोटेक्सन गरेको छ ।सम्झौता अनुसार यसअघिको पुरानो ९८१ मिटर प्रोटेक्सनमा माटोको प्रोटेक्सन लगाउन बाँकी रहेको सूचना अधिकारी पोडेलले उल्लेख गरे । थासाङ—२ सौरु गाउँ जोगाउन ६० मिटर माटोको प्रोटेक्सनसहित ग्याविन वाल निर्माण गरिएको पौडेलले बताए । यसैगरी सिर्खुममा २३१ मिटर र छात्ताङमा १२० मिटर ग्याविन वालसहितको प्रोटेक्सन निर्माण भएको छ ।
थासाङको कोखेठाँटीमा २३७ मिटर र थासाङको धप्पुमा ४२ मिटर प्लम्प कंक्रिट वाल निर्माण गर्न बाँकी रहेको सूचना अधिकारी पोडेलको भनाई छ । कालिगण्डकी नदीय नियन्त्रण योजना अन्र्तगत बाँकी रहेको अधुरो काम चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कालिगण्डकी नदी नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा पहिलो प्याकेजमा भ्याटसहित ११ करोड १९ लाख र दोस्रो प्याकेजमा भ्याटसहित ११ करोड ६९ लाख बजेट विनियोजन भएको कार्यालयका सूचना अधिकारी पौडेलले जनाए ।
मुस्ताङको कालिगण्डकी नदी क्षेत्रमा पर्ने १३ वटा गाउँ जोगाउन कालिगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनका लागि दिवा मुस्कान कल्सन्टेन्सीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको थियो । संघीय तथा प्रादेशीक कानुन र संरक्षण ऐन नियमावलीको कानुन कार्यान्यवनमा एक रुपता नहुँदा मुस्ताङमा कालिगण्डकी नदीको तटीय क्षेत्रमा जम्मा हुने ढुंगा गिट्टी र बालुवाको संकलन,व्यवस्थापन र बिक्री वितरणमा समस्या पर्ने गरेको छ । नदीजन्य पदार्थको समुचित व्यवस्थापनमा कानुन बाधक हुँदा बर्सेनि मुस्ताङमा नदी उकासका कारण तटीय वस्तीहरु जोखिममा पर्दैआईरहेका छन् ।
यसअघि मुस्ताङको जोमसोम बजार जोगाउन संघीय सरकार अन्र्तगत जलस्रोत तथा सिंचाई विभागले सिधैं ठेक्का लगाएर कालिगण्डकी नदी प्रोटेक्सन कार्यान्वयनमा ल्याएको छ । यसैगरी जोमसोममा संघीय सरकारको विशेष अनुदानमा घरपझोङ गाउँपालिकाले पनि नदी नियन्त्रण योजना सम्पन्न गरिसकेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले पनि जोमसोम विमानस्थल क्षेत्र संरक्षण गर्न कालिगण्डकी नदी प्रोटेक्सन वाल निर्र्माण गरिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता