मुक्तिनाथमा घोडा चढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई निकै ठुलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ अन्तर्गत ४ वटा गाउँका स्थानीय युवाहरुले मुक्तिनाथ जाने दर्शनार्थीहरुका लागि घोडा चढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पु¥याउने सेवा दिईरहेका छन् ।
मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कदेखि करिव ४५ मिनेटको समय खर्चिनु पर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रुपले तन्दुरुस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्धारसम्म पुग्न ज्येष्ठ नागरिक,अशक्त र अपांगता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौतीनै छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्धार सम्म रेलिङसहितको ठाँडो उकालो पैदल हिड्नु पर्ने हन्छ । बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ । बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाईकल र कुनैपनि ुसवारी साधन लैजान पाईदैन । यो त्यहाँको गाउँ समाजले बनाएको नियम हो । गाउँ भित्रको पर्यटनमा असर नपुगोस भन्ने हेतुले बसपार्कबाट माथि कुनै पनि सवारी साधन लैजान निषेधनै गरिएको छ । यसैका कारण मुक्तिनाथका दर्शन गर्ने धोको बोकेर आईपुगेका दर्शनार्थीहरु पैदल हिड्न नसक्ने अवस्था भएमा घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्न पर्ने बाध्यता हुन्छ ।
वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत खिङ्गा, झारकोट, मुुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाहरुले घोडामा चढाएर लैजान बैकल्पिक व्यवसाय चलाएका छन् । त्यहाँको ४ वटा गाउँका युवाहरुले मात्रै सशुल्क घोडा चढाएर दर्शनार्थीलाई मुक्तिनाथ पु¥याउने सेवा दिएका छन् । वारागुङ मुक्तिक्षेत्रको यी ४ वटा गाउँका बाहेक अन्यत्र गाउँका युवाहरुले त्यहा गएर दर्शनार्थीलाई घोडामा चढाएर मुक्तिनाथ लाने लैजाने काम गर्न पाउँदैन । यात्रुलाई घोडामा चढाएर मुक्तिनाथ ओसार÷पोसार गर्न समिति समेत गठन गरिएको छ । घोडा समिति मार्फत घोडामा दर्शनार्थी लानेलैजाने सेवालाई व्यवस्थित गरिएको छ । यसरी रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्धारसम्म दर्शनार्थी ओसार÷पोसार गरेवापत नेपाली आन्तरिक दर्शनार्थीलाई ४ सय रुपैया र भारतीय दर्शनार्थीलाई भारु. ४ सय रुपैया शुल्क निर्धारण गरिएको छ ।
मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरुङले घोडा चढाउने व्यवसायले स्थानीय युवाहरुलाई बैकल्पिक आयआर्जनको माध्यम बनेको बताउँनुभयो । देशमा युवा जनशक्ति पलायन भईरहेको अवस्थामा यहाँका युवाहरुलाई गावैमा रोक्न घोडा चढाएर मुक्तिनाथ लाने लैजान व्यवसायले निकै ठुलो योगदान दिएको बताए । गाउँमा विकाससंगै पर्यटनको सम्भावना बढिरहेको अवस्थामा पनि युवहरु वैदेशिक रोजागारमा जाने अवस्था रहेकाले यसप्रकारको घोडा चढाउने व्यवसायले यहाँका युवापंक्तिलाई यही आर्यआर्जन गर्नसक्ने गतिलो माध्यम बनेको उहाँले बताउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्र—१ को ४ वटा गाउँमा एक २० घरधुरीले मुक्तिनाथमा दर्शनार्थीलाई घोेडा चढाएर जिविकोपार्जन गर्दैआईरहेका छन् । समिति अन्तर्गत सञ्चालन भएको दर्शनार्थीलाई घोडा चढाउने व्यवसायमा सबै गाउँका एक साथ आएर पनि आलोपालो गरी दर्शनार्थी ओसार÷पोसार गर्न पाउँछन् । घोडाबाट दर्शनार्थी ओसार÷पोसार गर्न बिहानै ७ बजे भित्र घोडावाला धनीले नाम टिपाउनु पर्छ । नाम टिपाएपछि रोलक्रम अनुसार आलोपालो घोडा चढाएर मुक्तिनाथ लैजान पाउँछन् । यसरी दिनभरी घोडा चढाएरको पैसा हिसाब गरेर बाड्छन् ।
मुक्तिनाथमा घोडा धनीले आफैले र घोडा भएर पनि कर्मचारी राख्न चाहनेले त्यहाँ अस्थायी बसोबास गरेका व्यक्तिलाई घोडाबाट दर्शनार्थी ओसार÷पोसार गर्न खटाउन पाईन्छ । यसरी गैर व्यक्तिले घोडा धनीको घोडा प्रयोग गरे वापत आधा उठेको आधा ज्याला पाउँछन् ।
मुस्ताङमा सडक यातायातको सुविधा नहुँदा बेसीबाट मालसामान ढुवानी गर्न र व्यक्तिगत प्रयोजनका लागि अधिकाँशले घोडा पाल्ने गथ्र्ये । पछिल्लो समय मुस्ताङमा यातायातको पहुँच जोडिएपछि मुस्ताङमा पालन गरिएका घोडाहरु विस्थापित हुन थाले । सडक मार्फत सहजै मालसामान ढुवानी गर्न सकिने अवस्था आएपछि मुस्ताङका घोडाहरु लोप हुँदै गए । तर, मुस्ताङमा पालिएका घोडाहरु संस्कृतिसंग पनि जोडिएका छन् । उपल्लो मुस्ताङ र बाह्र गाउँ क्षेत्रका गुरुङ र बिष्ट समुदायहरुले महत्वपूर्ण चाडपर्वमा घोडाको संस्कृतिसंग जोडेर पर्व मनाउँनछन् । तल्लो मुस्ताङका आशिंक थकाली समुदायले पनि विशेष पर्वमा घोडालाई संस्कृतिको रुपमा प्रयोग गर्ने गरेका छन् । वारागुङ—१ खिङ्गाका स्थानीय युवा सञ्जय गुरुङले मुस्ताङका लागि घोडा सांस्कृतिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले यार्तुङ,धज्याङ,ल्होसार, तिजी पर्व लगायतका पर्वमा सास्कृतिक भेषभुषा पहिरिएर घोडामा चढेर पर्व मनाउने प्रचलन रहेको छ । मुक्तिनाथक्षेत्रमा दर्शनार्थीलाई घोडा चढाएर लैजाने व्यवसाय गर्न नपाउने हो भने बाह्र गाउँका घोडाहरु समेत विस्थापित हुने स्थानीय युवा गुरुङको भनाई छ ।
यसैगरी मुक्तिनाथमा युवाहरुले घोडा चढ्न नसक्ने अवस्थाका दर्शनार्थीहरुलाई स्टेचरमा बोकेर मुक्तिनाथ लाने लैजाने गर्छन । मुुक्तिनाथ बसपार्क देखि मुक्तिनाथ मन्दिर लाने लैजाने गरेवापत उनीहरुले नेपाली दर्शनार्थीलाई ४ हजार र भारतीय दर्शनार्थीलाई ४ हजार भारतीय रुपैया लिने गर्छन । यसरी मुक्तिनाथमा स्टेचर बोकर लैजान ४ जना युवाहरुको आवश्यकता पर्छ । मुक्तिनाथमा स्थानीय युवाहरुले सञ्चालन गरेको स्टेचरमा राखेर मुक्तिनाथ लाने लैजाने व्यवसायले ज्येष्ठ नागरिक,अशक्त र अपांगता भएका दर्शनार्थीलाई निकै ठुलो सहयोग मिलेको छ । सशुल्क सेवा भएपनि मुक्तिनाथ दर्शन गर्न जाने यसप्रकारको व्यवसायले मुक्तिनाथ दर्शन गर्न लाखौ रुपैया खर्चिएर आउने दर्शनार्थी भक्तजनका लागि निकै ठुलो सेवा सहयोगको माध्यम बनेको छ ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली