तारा खेलमा जनप्रिय ‘बि’ पुराङ च्याम्पियन

कागबेनी— छैठौं संस्करणको कागबेनी यार्तुङ महोत्सव अन्र्तगत हिमाली क्षेत्रको मौलिक तथा सांस्कृतिक खेल परम्परागत तारा खेल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—१ पुराङको जनप्रिय युवाक्लव ‘बि’ प्रतियोगिताको  च्याम्पियन बनेको छ । जनप्रिय युवा क्लव ‘बि’ पुराङ ले शेर्घाङ  लुङबुक युवाक्लव फल्याक र जनप्रिय युवाक्लव ‘ए’ पुराङलाई १ अंकलेपछि पार्दै छैठौं कागबेनी यार्तुङ महोत्सव २०८१ को तारा खेलको उपाधि चुमेको हो ।



  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ को आयोजना तथा कागबेनी गाउँको सहआयोजनामा शुक्रबारदेखि संञ्चालन भएको यार्तुङ महोत्सव अन्र्तगत तारा खेल प्रतियोगितामा च्याम्पियन बनेको जनप्रिय युवाक्लव ‘बि’ले कुल ७ डोरको ७० पूर्णाङ्कमा ८ अंक खर्चिदै ६२ अंकको योगफल तयार गरेको हो । यसैगरी शेर्घाङ लुङबुक फल्याक र जनप्रिय ‘ए’लाई १९ अंक खर्चिदै समान ६१ अंक जोडे ।

 तारा खेल प्रतियोगितामा फल्याकको शेर्घाङ र जनप्रिय ‘ए’को समान ६१ अंक भएकाले उपविजेता छान्नका लागि प्रतियोगिता आयोजकले तारा खेलको निर्णायक अतिरिक्त १ डोर खेल थपेको थियो । थपिएको अतिरिक्त डोरमा  शेर्घाङ लुङबुक युवाक्लव फल्याक उपविजता बन्यो भने जनप्रिय ‘ए’ तेश्रो भयो ।


 यसैगरी सोही तारा खेल प्रतियोगितामा मुस्ताङ गेट युवाक्लव चैलेका खेलाडी अन्तिम पुनमगर सर्वोउत्कृष्ट खोलर घोषित भए ।प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी जनप्रिय ‘बि’का खेलाडी  छिरिङ धोर्जे गुरुङ घोषित भए । छैठौं कागबेनी यार्तुङ महोत्सवको तारा खेल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका कुल १४ टिमको सहभागिता रहेको थियो ।


योसंगै प्रतियोगिताको तारा च्याम्पियन जनप्रिय ‘बि’ पुराङ रानीपौवाले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । उपविजेता शेर्घाङ लुङबुक युवाक्लव फल्याकले नगद ३० हजरसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र जित्यो । तेश्रो बनेको जनप्रिय ‘ए’ पुराङले नगद १० हजारसहित ,मेडल,ट्रफी र प्रमाणपत्र हात पा¥यो ।

प्रतियोगिता सर्वोउत्कृष्ट खोलर सर्वोउत्कृष्ट खेलाडी दुबैले ट्रफी र प्रमाणपत्र पाएका छन् ।


प्रतिक्रिया