मुस्ताङको घरभपझोङ गाउँपालिका—२ मार्फामा एक ३३ वर्षीय महिलाको संकास्पद मृत्यु भएको छ । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घर भई घरपझोङ गाउँपालिका—२ मार्फा स्थित विश्व लालचनको घरमा डेरा गरी बस्ने शान्ति गुरुङको सोमबार राति करिव १२ बजे आफ्नै डेराको कोठाको बेडमा उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
गोर्खा बारपाक गाउँपालिका—१ माईतिघर भएकी मृतक गुरुङको मुस्ताङमा आफ्नै डेराको बेडमा उत्तानो परेको अवस्थामा मृत्यु भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली अनुसन्धानका लागि घटनास्थलमा खटिएको थियो । अनुसन्धानमा गएको प्रहरी टोलीले घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का सहित प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले मृतक गुरुङको लाशलाई अनुसन्धानका लागि प्रदेश अस्पताल जोमसोममा पोष्टमार्टम गर्न पठाएको जनाएको छ । घटनाको थप अनुसन्धानका लागि मृतक गुरुङका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार संकास्पद तवरले आफ्नै डेराको कोठामा मृत अवस्थामा भेटिएकी गुरुङ घटना सम्वन्धमा प्रहरीमा किटानी जाहेरी परेकाले थप दश दिनको म्याद थप भईसकेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता