जोमसोम—पोखरामा प्रथम फुटसल प्रतियोगिता हुँने भएको छ । पोखरा —मुस्ताङ टिमको आयोजनामा पहिलो पटक पोखरामा मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगिता आयोजना हुन लागेको हो ।
सोनाम ल्होसार पर्वको अवसरमा मुस्ताङबाट हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङ युवा खेलाडी तथा मुस्ताङसंग प्रत्यक्ष जोडिएका पोखरामा संञ्चालित संस्थाहरुलाई समेट्ने गरी जनवरी १२ तारिखका दिन हिल इन पोखरा लेखनाथमा फुटसल प्रतियोगिता आयोजक गर्ने तयारी गरिएको आयोजक प्रतिनिधि जम्याङ ध्याचो गुरुङले जानकारी दिए ।
मुस्ताङकै ईतिहाँसमा पहिलो पटक पोखरामा मुस्ताङी युवाहरुको प्रतिनिधित्व रहने गरी फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । यसका लागि पोखरा—मुस्ताङ टिमले आर्थिक संकलन कार्यलाई समेत अघि बढाएको जनाएको ।मुस्ताङी युवाहरुलाई पोखरामा एकत्रित गर्दै आपसी सम्वन्धलाई प्रगाढ तुल्याउने र खेल प्रति युवाहरुको आर्कषण वृद्धि गर्ने उद्देश्यले प्रथम मुस्ताङ सोनाम ल्होसार प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्रतिनिधि गुरुङले बताए ।
पोखरामा हुँने फुटसल प्रतियोगितामा मुस्ताङ जिल्लाको पहिचान भएका युवा खेलाडीहरुलाई नागरिकता भेरीफाई गरी खेलमा समावेश गरिने तयारी गरिएको हो । प्रतियोगितामा १४ टिमको सहभागिता रहने जनाईएको छ ।
पोखरामा बर्सेनि हिउँदयामको समयमा यसैगरी फुटसल प्रतियोगिता आयोजना गर्ने गरी यसको तयारी गरिएको हो । हिउँदयामको जाडो छल्न अहिले उपल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरिसकेका छन् ।
प्रतियोगिताको फुटसल च्याम्पियनले नगद ५० हजारसहित शील्ड,ट्रफी ,मेडल र प्रमाणपत्र पाउँने छन् । उपविजेताले नगद १५ हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउँने छन् । यसैगरी फुटसलको सर्वोउत्केृष्ठ खेलाडीलाई नगद २ हजार ५ सय र सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सयसहित मेडल,ट्रफी र प्रमाणपत्रले सम्मान गरिने बताईएको छ ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली