जोमसोम
मुस्ताङको थासाङ गाउँपालिका—३ मिसी नजिक बिहिबार राति ९ बजे स्काभेटर बोकेको टेलर पल्टिदा तीन जना घाईते भएका छन् ।
मुस्ताङको जोमसोमबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको अवस्थामा (बेनी—जोमसोम¬) सडक अन्तर्गत थासाङ—३ मिसि नजिक स्काभेटर बोकेको ना ७ ख ७०६२ नम्बरको टेलर अचानक सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका —८ बस्ने ४८ वर्षीय टेलर चालक हर्ष तामाङ, पर्वत जिल्ला कुश्मा नगरपालिका—१२ ठुली पोखरी बस्ने २२ वर्षीय स्काभेटर चालक राजेश बि.क. र सोही पर्वत कुश्मा नगरपालिका —१२ ठुली पोखरी बस्ने २९ वर्षीय जीवन सुनार घाईत हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विकाश क्षेत्रीले जानकारी दिनुभयो ।
दुर्घटनाको सूचनापछि थासाङ स्थित प्रहरी चौकी घाँसाबाट प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री कमाण्डमा ट्याङ्गोसहित ४ जना र थासाङ स्थित ईलाका प्रहरी कार्यालय लेतेबाट प्रहरी हवल्दार तिलक बहादुर थापाको कमाण्डमा २ जना गरी ६ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
टोलीले घटनास्थलबाट घाईतेहरुको उद्दार गरी थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको प्रहरी निरीक्षक क्षेत्रीले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली