कागबेनीमा पालिकाद्वारा दुई थान ‘प्रहरी बिट’ हस्तान्तरण

जोमसोम—धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा मंगलबार मुस्ताङ प्रहरीलाई २ थान ‘प्रहरी बिट’ हस्तान्तरण गरिएको छ । राष्ट्रिय गौरवको जोमसोम—कोरला तथा मुक्तिनाथ जाने पर्यटक तथा सवारी साधनको व्यवस्थापनका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रहरीलाई २ थान सुरक्षाकर्मी बस्ने ‘प्रहरी बिट’उपलब्ध गराएको हो ।

  मुस्ताङको कागबेनी  जोमसोम—कोरला र जोमसोम —मुक्तिनाथ जाने संगम स्थल हो ।कागबेनीमा चैते दशै र बडा दशै अघिको सोह्र श्राद्ध औसी तिथिको सेरोफेरोमा हजारौ श्रद्धालु भक्तजनहरु दिवंगत पितृ उद्दारका लागि श्राद्ध ,तर्पण र पिण्डदान गर्न आउने गर्छन । यहाँ श्राद्ध गर्न आउने भक्तजन कागबेनीबाट मुक्तिनाथ दर्शन गर्न जाने गर्छन । यस्तै, कोरलानाका र उपल्लो मुस्ताङ जाने सडक पनि कागबेनीमै पर्न भएकाले अनुकुल समय र विेशेष चाडपर्वमा पर्यटक तथा सवारी साधनको घुुईचो हुन्छ ।


 मुक्तिनाथ तथा कागबेनी धाममा आउने सवारी साधन तथा पर्यटकहरुको सहजीकरण तथा व्यवस्थापनमा सहयोग पू¥याउन गाउँपालिकाले बजेट खर्चिएर ‘प्रहरी बिट’ हस्तान्तरण गरेको मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिए । कागबेनी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी दिनहुजसो घाँमपानी र हावाहुरी थेग्दै डिउँटी गर्नुपर्ने अवस्था रहेकोमा ‘प्रहरी बिट’ स्थापनले त्यहाँ कार्यरत सुरक्षाकर्मीका लागि ठुलो सहयोग पुगेको प्रनाउ पाण्डेयको भनाई छ । पालिकाको सहयोगमा स्थापना भएको ‘प्रहरी बिट’मा बसेर पर्यटक तथा सवारी साधनको चेंकजाच र अभिलेख राख्न सहज भएको छ । यस्तै, पर्यटकीय सिजनमा पर्यटक तथा सवारी व्यवस्थापन र कुनै समस्या आउँदा तत्काल प्रहरीलाई काम गर्न निकै मद्यत पुग्ने देखिएको छ ।

 कागबेनी प्रहरी चौकीलाई हस्तान्तरण गरिएको २ थान प्रहरी बिट मध्ये एक थान कागबेनी श्राद्धस्थल र अर्को उपल्लो मुस्ताङ  र मुक्तिनाथ  जाने चोकमा स्थापना भएको प्रनाउ पाण्डेयले जानकारी दिए ।

 मंगलबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ  , उपाध्यक्ष डिकी गुरुङ  र वडाध्यक्ष कर्मा घ्याचो गुरुङ लगायतका जनप्रतिनिधिले  मुस्ताङका प्रहरी प्रमुख प्रनाउ पाण्डेय समक्ष संयुुक्त रुपमा २ थान प्रहरी बिट हस्तान्तरण गरिएको हो ।

यसअघि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका—३ लेतेमा ईलाका प्रहरी चौकी लेतेका सुरक्षाकर्मीहरुलाई सवारी साधन चेकजाँच तथा पर्यटक अभिलेख संकलन गर्न प्रभु बैंकले १ थान प्रहरी बिट हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया