जोमसोम— मुस्ताङमा आयात गरिएको २४० केजी तयारी कुखुराको मासु नष्ट गरिएको छ । म्याग्दीको बेनीबाट मुस्ताङतर्फ बा.प्र. ०३—००१ च १३२९ नम्बरको पिकअप मार्फत ढुवानी गरी मुस्ताङ लैजादै गरेको म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसामा चेकजाँच गर्ने क्रममा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियोे ।
मकवानपुरको हेटौडादेखि पीकअप गाडीमा लोड गरी लैजादै गरेको तयारी ३ सय केजी कुखुराको मासु र ७५ केजी बंगुरको मासु नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको चेकजाँचमा भेटेनरी परीक्षण लगायत आवश्यक कागजात उल्लेख भएको भएपनि ढुवानी गरिएको मासु असावधानीका ल्याएकाले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका डिएसपी सुर्यबहादुर बोगटीका अनुसार असुरक्षित भण्डार गरी मुस्ताङतर्फ ल्याउदै गरेको मासु मानव स्वास्थ्यका लागि प्रतिकुल हुने देखिएकाले नियन्त्रणमा लिन परेको बताए ।
अस्वस्थयकर मासु ढुवानी भएको आशंकाले प्रहरी चौकी घाँसाले पिकअप सहित नियन्त्रणमा लिएको मासु जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको कुखुरा र बंगुरको मासुलाई बुधबार भेटेनरी परीक्षण गरिएको डिएसपी बोगटीले बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख एवं पशु चिकित्सक लालमणी अर्यालले नियन्त्रणमा लिएको मासुको परीक्षण गरेको थिए । परीक्षणमा २४० केजी कुखुराको मासु खान अयोग्य प्रमाणित भएको डिएसपी बोगटीले बताए ।
अस्वस्थ्यकर मासुको रुपमा प्रमाणित भएको कुखुराको मासुलाई प्रहरी र स्थानीयख सरोकारवालाहरुको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ र