जोमसोम ।
आसन्न दसै पर्व नजिकिंदै गर्दा डोल्पा र जुम्लाका भेडाच्यांग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्यांग्रा पैदलै खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पु¥याएको यहाँ आईपुगेका ब्यापारीहरुले बताएका छन् ।
यसवर्ष डोल्पाबाट करिव पाँच हजार भेडच्यांग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । दसै पर्व नजिकिंदै गर्दा आईतबारसम्म डोल्पाबाट ५÷६ हुल र जुम्लाबाट ३ हुल जति भेडाच्यांग्रा मुस्ताङको जोमसोममा देखा परेका छन् । आईपुगेका ब्यापारीहरुले अरु ब्यापारीहरुले पनि एक दुई दिन भित्रै सबै भेडाच्यांग्रा जोमसोम आईपुग्ने जनाएका छन् ।
तर, डोल्पा र जुम्लाका भेडाच्यांग्रा जोमसोम आईपुग्दा वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका ब्यापारीहरुले भेडाच्यांग्रा जोमसोम ल्याई पु¥याएका छैन । यसवर्ष मुस्ताङबाट १२ हजार भेडाच्यांग्रा जिल्ला बाहिर बिक्री हुन भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।
डोल्पा स्थित काईके गाउँपालिकाका स्थानीय च्यांग्रा ब्यापारी भिमप्रसाद घर्तीले १७० वटा भेडाच्यांग्रा बिक्रीका लागि जोमसोम ल्याईपु¥याएका छन् । उहाँले डोल्पा र चाईनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्यांग्रा मुस्ताङ ल्याएको उल्लेख गर्नुभयो । उहाँले चाईनजिक मुद्रा तुङ्कु १८ बाट २० रुपैया पुगेकाले विगत वर्ष भन्दा यसवर्ष केही महङगो तिरेर च्यांग्रा खरिद गरेको बताउँनुभयो । उहाँले चाईनामै प्रति च्यांग्रा ३५ हजार र भेडाको ३० हजार मुल्य तिरेर खरिद गरेको सुनाउँनुभयो ।
डोल्पाका ब्यापारी घर्तीले यसवर्ष चाईनाबाट ३ हजार र डोल्पाबाट एक हजार गरी अनुमानित ४ हजार बढी भेडाच्यांग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिनुभयो । विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्यांग्राको ब्यापार गर्दैआईरहेका घर्ती यसवर्ष भेडाच्यांग्रा बिक्री नहुने होकी भनी चिन्ता बढेको उल्लेख गर्नुभयो । ‘बेसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु,’त्यसो भएत ब्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजादै बिक्री नहुने पो होकी थाहा छैन ।’ अहिलेसम्म च्यांग्राको ब्यापार गर्दा सन्तुष्ट रहेको भएपनि यसवर्ष च्यांग्राको ब्यापारमा डर लागिरहेको घर्तीले जनाउँनुभयो । चाईनाबाट खरिद गरी डोल्पामा १० राखेर त्यहाँबाट पैदलै खेदाएर एक हप्तापछि जोमसोम आईपुगेको उहाँले बताउँनुभयो ।
यसैगरी जुम्लाका च्यांग्रा ब्यापारी गोबिन्द बस्नेतले १५० वटा च्यांग्रा बिक्रीका जोमसोम ल्याई पु¥याएको जानकारी दिनुभयो । डोल्पाबाट हुलका हुल च्यांग्रा मुस्ताङ ल्याईदै गरेको र जुम्लाबाट पनि ६ सय बढी भेडाच्यांग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गर्नुभयो । यसवर्ष जुम्लाबाट हुल च्यांग्रा जोमसोममा आईपुगेको सुनाउँनुभयो ।
‘आधा जसो च्यांग्रा आफैले पालेको छन्, आधा जसो च्यांग्रा किनेर थपेको हुँ,’ ब्यापारी बस्नेतले भन्नुभयो,‘ यहाँ ल्याई पु¥याउँदा दुई हप्ता लाग्यो, खर्च पनि ५०÷६० हजार रुपैया भईसक्यो ।’ ब्यापारी बस्नेले च्यांग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताउँनुभयो ।
जोमसोममा यतिखेर ५÷७ हुल भेडाभ्यांग्रा झारिएको छ । यहाँ ब्यापारीहरुले रोज्जा प्रति च्यांग्राको भाउ ३५ हजार र रोज्जा प्रति भेडाको भाउ ३० हजार रुपैया मुल्यमा बिक्री गर्ने बताईरहेका छन् ।
जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडाच्यांग्राहरु झर्दै गर्दा बेसीका भेडाच्यांग्रा ब्यापारीको रौनक जोमसोम खासै देखिएको छैन । देशको पछिल्लो विद्यमान परिस्थितीका कारण च्यांग्रा ब्यापारीहरु मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाई छ । दसै लक्षित भेडाच्यांग्रा खरिद गर्न विगतका वर्षहरुमा म्याग्दी,बाग्लुङ,पर्वत,कास्की,स्याङ्जा र तनहु लगायतका ब्यापारीहरु मुस्ताङ आउने गथ्र्ये ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली