जोमसोम ।
उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकमा ८ अर्व २० करोड बजेट खर्च भएको छ । आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्व ५७ करोड रहेकोमा ८२ प्रतिशत बजेट खर्च भएको हो ।
भारत र चिन जोड्ने राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पर्वतको मालुढुंगादेखि नेपाल—चीन कोरलानाका सम्मको २०२ किलोमिटर सडकको ट्रयाक खुलाई सकिएको छ । वि.स. २०७३ साल मंसिर १२ गते मन्त्रिपरिषदको निर्णय अनुसार कालिगण्डकी करिडोर (बेनी—जोमसाम—कोरला) सडकलाई छुट्टै आयोजनाका रुपमा स्थापना गरिएको थियो । जसअन्तर्गत आयोजनाले यहाँ २०७३/०७४ सालदेखि निरन्तर पर्वत,म्याग्दी र मुस्ताङ खण्डमा २०२ किलोमिटर सडकको क्रमवद्ध रुपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आ.व. २०८२/०८३ प्रस्ताव गरिएको छ । तर,तर, कोरलानाका सम्मको सडक कालोपत्र गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुन ः संशोधन हुने निश्चित छ ।
यस कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत २०२ किलोमिटर सडकको ट्रयाक खोल्ने,९७ किलोमिटर सडक ग्राभेल ,१०५ किलोमिटर सडकमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्य अनरुप आ.व. २०८१÷०८२ सम्ममा आयोजनाले २०२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको,९४ किलोमिटर सडक ग्राभेल ,८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भईसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
कोरला सडकका लागि आयोजना मार्फत ३ किलोमिटर ग्राभेल र कागबेनी—छुसाङ १० किलोमिटर कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउन पर्ने रहेको छ ।
यस आयोजना अन्तर्गत (कागबेनी—कोरला) सडक खण्ड समेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्व बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाई छ । जसअन्तर्गत कोरला सडकखण्डको पुरै २०२ किलोमिटर डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुलहरु निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताउँनुभयो ।
यहाँको उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कोरला सडकका लागि चालु आ.व. २०८२/०८३ मा सडकतर्फ ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजत उक्त बजेट मध्ये प्रथम चौमासिकमा २३ करोड ७७ लाख रुपैया अर्थात ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शिर्षकमा चालु वर्षको पहिलो चौमासिक सम्म कुनै वित्तिय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।
यसैगरी गत आ.व.मा यस आयोजनाका लागि सुरुवाती पुजिंगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो ।उक्त बजेट संशोधन भई ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गतवर्ष कोरला सडकको वित्तिय प्रगती ९९ करोड ९६ लाख अर्थात ९९ दशमलव ९६ प्रतिशत भएको थियो भने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख तेजस्वी शर्माको भनाई छ ।
आयोजना अनुसार गतवर्ष १० किलोमिटर ग्राभेल सडक,३० किलोमिटर कालोपत्र, एक सडक मर्मत तथा स्तरोन्नति र ६ वटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
राष्ट्रिय गौरवको कोरला सडकका लागि आ.व. २०७३/०७४ मा ४५ करोड ९३ लाख,आ.व. २०७४/०७५ मा एक अर्व ५१ करोड २८ लाख,आ.व. २०७५/०७६ मा एक अर्व ३१ करोड, आ.व. २०७६÷०७७ मा ९० करोड २५ लाख, आ.व. २०७७/०७८ मा ९३ करोड ४९ लाख, आ.व. २०७८/०७९ मा ८४ करोड ८६ लाख, आ.व. २०७९/०८० मा ५७ करोड एक लाख, आ.व. २०८०/०८१ मा ७२ करोड ७८ लाख र आ.व. २०८१/०८२ मा ९३ करोड ७७ लाख रुपैया बजेट खर्च भएको आयोजनाको तथ्यांकमा उल्लेख छ ।
कोरला सडक अन्तर्गत मालढुंगा बेनी सडक खण्डमा २०० मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुंगा बेनी खण्डको ९०० मिटर बेनी बजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाईमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ ।
बेनीदेखि तातोपानी खण्डको ४ किलोमिटर दुरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरिकरण गरी दाँया फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २.५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौति रहेको जनाईएको छ ।
बेनीदेखि जोमसोम सम्मको टुकुचे,भुरुङ खोला र बोक्सी खोलामा २ वटा गरी ४ वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम—कोरला सडक अन्तर्गत छुसाङदेखि घमी सम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्यांकन ईआइए तथा डीपीआर भईसकेको र त्यसका लागि कालोपत्र गर्न २ अर्व ४ करोड लागतमा बहुवर्षिय ठेक्का लगाउनु पर्ने देखिएको छ ।
यस्तै घमी दखि कोरला ५० किलोमिटर सडकको ईआईए र सडक डीपीआर भईसकेकाले ३ अर्व लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली