मुक्तिनाथमा ‘यार्तुङ’ प्रेस मिट

मुक्तिनाथ ।

यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ पुराङ रानीपौवामा बर्सेनि मनाईने ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक ग्राण्ड ‘यार्तुङ’ मेलाको तयारी गरिएको छ । यहाँको जनप्रिय युवाक्लवले ‘यार्तुङ’ मेला २०८२ सम्वन्धि जानकारी दिने उद्देश्यले आईतबार मुक्तिनाथ स्थित दी पुराङ होटलमा प्रेस मिट कार्यक्रम आयोजना गरेको हो ।

जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीको अध्यक्षतामा आयोजित यार्तुङ मेला २०८२ सम्वन्धि प्रेस मिट कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङ र मुक्तिनाथ स्थित पुराङ रानीपौवाका गाउँ मुखिया ग्याल्चेन गुरुङ उपस्थित थिए । यार्तुङ पर्व अर्थात मेलालाई विगतका वर्षहरु झै भव्य र सभ्य रुपमा संञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन भईसकेको जनप्रिय युवाक्लवले जनाएको छ ।

सदिंयौ वर्षदेखि निरन्तर चल्दैआईरहेको हिमाली संस्कृति यार्तुङ पर्वलाई मेलाको रुपमा संञ्चालन गर्न विगत डेढ दशकदेखि जनप्रिय युवाक्लव सक्रिय रहँदै आईरहेको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले प्रेस मिटमा पत्रकारहरुलाई जानकारी दिनुभयो । पछिल्लो समय यहाँका युवाहरु बढी मात्रामा विदेश पलायन भईरहेको अवस्थामा यहाँका परम्परा र संस्कृति धान्न समेत समस्या र चुनौतीहरु देखा पर्न थालेको क्लव अध्यक्ष ठकुरीले उल्लेख गर्नुभयो । संस्कृति जिवित रहेमात्रै हिमाली क्षेत्रको मौलिकता संरक्षण हुने र यहाँको संस्कृति र पहिचान जोगाउन क्लवले यार्तुङ मेलाको रुपमा विभिन्न सृजनात्मक कार्यक्रमहरु समावेश गर्दैआईरहेको अध्यक्ष ठकुरीको भनाई छ ।

 प्रेस मिट कार्यक्रममा यार्तुङ मेला सम्वन्धि जानकारी दिदै अध्यक्ष ठकुरीले यार्तुङ पर्वलाई मेलाको रुपमा अपनाउँदै यहाँको संस्कृति संरक्षण तथा पर्यटन विकासमा योगदान गदैआईरहेको बताउँनुभयो । यसपालिकाको यार्तुङ मेलामा घोडा दौड प्रतियोगिता र कदम घोडा दौड प्रतियोगिता मुख्य आकर्षण रहेको अध्यक्ष ठुकुरीले बताउँनुभयो । यार्तुङ घोडा दौड प्रतियोगितामा छिमेकी जिल्ला मनाङ—डोल्पा देखि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका घोडा राईडरहरुले सहभागिता जनाउँने क्लव अध्यक्ष ठकुरीले बताउँनुभयो । अध्यक्ष ठकुरीले मुक्तिनाथको यार्तुङ मेलामा झन्डै एक सय भन्दा बढी घोडा राईडरहरुले प्रतियोगितामा भाग लिने बताउँनुभयो ।

 यार्तुङ मेलामा प्रथम हुने कदम घोडा राईडरलाई नगद  एक लाख ५० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कदम घोडा दौड प्रतियोगितको दोस्रो हुने कदम घोडा राईडरलाई नगद असी हजार र तेस्रो हुने कदम घोडा राईडरलाई नगद ५० हजारसहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिने क्लव अध्यक्ष ठकुरीले उल्लेख गर्नुभयो । 

 कदम घोडा दौड प्रतियोगितामा अन्तर्गत घोडाको उत्कृष्ट साजसज्जातर्फ पच्चिस हजार,घोडा राईडरको उत्कृष्ट मौलिक भेषभूषातर्फ पच्चिस हजार, घोडा चढेर उत्कृष्ट धनुषवाण प्रहार गर्नेलाई पच्चिस हजार र घोडा चढेर सबैभन्दा धेरै जमिनमा राखिएको खाता टिप्ने राईडरलाई पच्चिस हजार पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिने क्लवले जनाएको छ ।

लामो दुरीको यार्तुङ घोडा दौडको अर्को ईभेन्टरका प्रथम हुने घोडा राईडरले नगद सत्तरी हजार पुरस्कारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाउँने छन् । प्रतियोगितामा दोस्रो हुने लामो दुरीको घोडा राईडरले नगद चालिस हजार र तेस्रो हुनेले नगद तीस हजार पुरस्कारसहित प्रमाणपत्र पाउँने छन् ।

 यार्तुङ मेलामा स्थानीय भेषभूषाको प्रर्दशन, स्थानीय सांस्कृतिक नृत्य स्याब्रो लगायत धार्मिक संस्कृति र मौलिकता समावेश रहने क्लव अध्यक्ष ठकुरीले बताउँनुभयो ।

 यार्तुङ मेलामा सेभेन ए साईड फुटबल ,तारा खेल प्रतियोगिता हुनेछ । यार्तुङ मेलाको दौरानमा नेपालका ख्यातीप्राप्त कलाकारहरुद्वारा सांगितिक प्रस्तुती रहने जनाईएको छ ।यार्तुङ मेलामा तिब्बतीय सांस्कृतिक नृत्यहरु देखाईने योजना रहेको छ ।

 वारागुङ मुक्तिक्षेत्र —१ वडाध्यक्ष प्रमेश गुरुङले यसपालिकाको मुक्तिनाथ ग्राण्ड यार्तुङ मेलालाई संरक्षण,संम्वद्धन र प्रर्वद्धन गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पाँच लाख र मुक्तिनाथ विकास समितिले तीन लाख रुपैया आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । यसवर्ष प्रत्येक बाह्र वर्षमा एक पटक आउने मुक्तिनाथ ‘ने’ परेकाले छिमेकी जिल्ला डोल्पा र मनाङबाट उल्लेख सर्वसाधारण मुक्तिनाथ आउने बताउँनुभयो ।

 हिमाली क्षेत्रको महत्वपूर्ण पर्व यार्तुङ  बर्खायामको समाप्ति पछि मनाईने एक प्रकारको सांस्कृतिक पर्व भएको वडाध्यक्ष गुरुङ भनाई छ । यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति  भन्ने बुझिन्छ । खेतीपातीको कामकाज सकेर मनाई यसप्रकारको पर्वलाई यार्तुङ पर्व भन्ने गरिएको वडाध्यक्ष गुरुङको भनाई छ । यहाँको धर्मसंस्कृति र मौलिकतालाई संरक्षण गर्न सकेमात्रै पर्यटन प्रर्वद्धनमा समेत योगदान पु¥याउन सकिने बताउँनुभयो ।

 गाउँ मुखिया ग्याल्चेन गुरुङले यहाँको यार्तुङ पर्वको तयारीका लागि सरसफाई र साजसज्जामा जोड दिएको बताउँनुभयो । गाउँ मुखिया गुरुङले गाउँमा भएका युवाहरु वैदेशिक रोजगारमा पलायन भएकाले परम्परा धान्न मुश्किल परेको बताउँनुभयो । मुक्तिनाथमा मनाईने यार्तुङ जिल्लाकै ग्राण्ड यार्तुङ भएकाले यसको महत्व बढी भएको उल्लेख गर्नुभयो ।

प्रेस मिटमा क्लवले यार्तुङ अवधिभर शान्ति सुरक्षा र स्वास्थ्य सुरक्षा लगायतका सबै सयन्त्रहरुको व्यवस्थापन भईसकेको जनाएको छ ।


प्रतिक्रिया