जनहित स्कुलको बरबुझारथ हस्तान्तरण



जोमसोम— मुस्ताङको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिको बरबुझारथ वित्तिय प्रतिवेदन हस्तान्तरण गरिएको छ । जनहित माध्यमिक विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयन्द्रलाल थकालीले हालको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर थकालीलाई सरोकारवालाहरुको रोहबरमा विद्यालयको वित्तिय तथा भौतिक सम्पतीसहितको वित्तिय आर्थिक प्रतिवदेन सोमबार हस्तान्तरण गरेका हुन् ।

जनहित माध्यमिक विद्यालय व्यवस्थापनको २६ वर्ष ६ महिना २६ दिनसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा महत्वपूर्ण कार्यसम्पादन गरेका थकालीले वर्तमान विद्यालयका व्यवस्थापन समिति,शिक्षक,शिक्षिका र अभिभावकहरुको रोहबरमा विद्यालयको भौतिक तथा वित्तिय आर्थिक विवरण समेटिएको प्रतिवेदन हस्तान्तरण भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।


जनहित माध्यमिक विद्यालय जोमसोमको आर्थिक वित्तिय बरबुझारथ प्रतिवदेन अनुसार विद्यालयको विभिन्न बैंकहरुमा विभिन्न शिर्षक तथा धरौटी रकम गरी  २ करोड ३७ लाख रकम मौज्याद रहेको छ । जनहित माध्यमिक विद्यालयको आफ्नै आन्तरिक कोषको मौज्याद रकम ९० लाख छ । यो  माछापुच्छ«े बैंकको मुद्धती खातामा व्यवस्थित गरिएको छ । उक्त कोषको मौज्याद ब्याज चालु कोषमा  ३ लाख २१ हजार छ । 

योसंगै विभिन्न ५ वटा  छात्रवृत्ति अक्षय कोषको रकम गरी कुल १ करोड १ लाख ७१ हजार बढी रकम जनहित स्कुलको मौज्याद छ । यसैगरी जनहित स्कुलको नमूना विद्यालय अन्तर्गत भौतिक पूर्वाधार निर्माणमा मौज्याद १ करोड ६ लाख ७६ बढी छ । विद्यालयको कक्षा ११ र १२ को नेपाल बैंक मुद्धतीमा ४ लाख छ । नेपाल  बैंकमै विद्यालयको कक्षा ११ र १२ को मौज्याद १ लाख ५८ हजार बढी छ । जनहितको भौतिक पूर्वाधार निर्माणमा निर्माण कन्ट्रक्सनले जम्मा गरेको धरौटी  २२ लाख २४ हजार विद्यालयको कोषमा जम्मा छ ।


 यस्तै, विद्यालयको मदन भण्डारी छात्रवृत्ति (अक्षयकोष) हालसम्म ७० हजार रहेको बरबुझारथ प्रतिवेदनमा समेटिएको छ ।

 जनहित माध्यमिक विद्यालयले सोही अवसरमा  ९ सदस्यीय शिक्षक÷अभिभावक संघ गठन गरेको छ । घरपझोङ—४ जोमसोमकी रिक्साङ गुरुङको अध्यक्षतामा शिक्षक—अभिभावक संघ गठन गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया