जोमसोम—मुस्ताङमा सम्पन्न पाँचौ खुल्ला वडास्तरीय खेलकुद प्रतियोगितामा तनहुको शुक्का गण्डकी—१२ च्याम्पियन बनेको छ । मुस्ताङ र अन्य जिल्लाबाट सहभागी कुल ११ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगितामा शुक्ला गण्डकी—१२ ले मुस्ताङको थासाङ—२ धौलागिरी युवाक्लवलाई फाईनलमा पराजित गर्दै वडास्तरीय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
घरेलु खेलकुदको विकास तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित धौलागिरी युवाक्लव कोवाङले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । भलिबलतर्फ वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि च्याम्पियन बनेको शुक्लागण्डकी—१२ ले नगद १ लाख ११ हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । प्रतियोगिताको उपविजेतामै चित्त बुझाएको धौलागिरी युवाक्लव कोवाङले नगद ७५ हजार ५ सयसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा धौलागिरी युवाक्लव कोवाङका प्रबेश पुनमगर सर्वोउत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी वडास्तरीय स्थानीय सादा धुनष (तारा) खेल प्रतियोगितामा अन्नपूर्ण युवाक्लव ताक्लुङ च्याम्पियन बनेको छ । प्रतियोगितामा अंक स्कोरको आधारमा एस टाईगर ग्रुप उपविजेता भयो भने सिवाईसी क्लव म्याग्दी नारच्याङ तेस्रो भयो । स्थानीय तारा खेलको च्याम्पियन अन्नपूर्ण युवाक्लव ताक्लुङले नगद ५० हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र हात पा¥यो । यस्तै,प्रतियोगिताका उपविजेता एस टाईगर ग्रुपले नगद ३० हजार तेस्रो स्थानको सिवाईसीले १० हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो । स्थानीय सादा धनुष (तारा)खेलमा अन्नपूर्ण युवाक्लव ताक्लुङका दुर्गा रसाईली उत्कृष्ट खोलर बने भने सर्वोउत्कृष्ट खेलाडी विकल जुग्जाली घोषित भए । सादा धनुषवाण (तारा) खेल प्रतियोगितामा १७ वटा टिमले भाग लिएका थिए ।
वडास्तरीय खुल्ला आर्चरीतर्फ ब्रदर युनाईटेड च्याम्पियन बन्यो । उपविजेता फाईप स्टार टिम भयो । कुल ८ टिम सहभागि रहेको खुल्ला आर्चरी प्रतियोगितामा फाईप स्टारका सुमन तामाङ सर्वोउत्कृष्ट खोलर बने भने ब्रदर युजाईटेडका कर्म गुरुङ सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आर्चरी च्याम्पियन ब्रदर युनाईटेडले नगद ५० हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र हाता पा¥यो । उपविजेता बनेको फाईप स्टारले नगद ३० हजारसहित मेडल र,ट्रफी र प्रमाणपत्रमै चित्त बुझायो ।
पाँचौं वडास्तरीय खेलकुद अन्र्तगत नालान्दा बुद्धिस स्कुल प्रथम र सृजना ग्रुप खन्ती दोश्रो भयो । खुल्ला नृत्यतर्फको प्रथमले नगद ५ हजार र दोश्रो हुनेले नगद ३ हजार प्रदान गरिएको थियो । प्रतियोगिता अन्र्तगत नृत्यमा भाग लिएका सहभागीहरुलाई सान्त्वना स्वरुप जनही १५ हजार नगद प्रदान गरिएको थियो ।
बुधबारदेखि मुस्ताङको कोवाङमा सुरु भएको वडास्तरी खेलकुद प्रतियोगिता शुक्रबार साँझ सकिएको छ । प्रतियोगिता विजेता र उपविजेता लगायतका खेलाडी तथा नृत्य टोलीहरुलाई मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन,क्लवका अध्यक्ष मनप्रसाद गौचन र क्लवका सचिव सोजन हिराचन लगायतले पुरस्कार वितरण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली