मुस्ताङका तीन गाउँले थकालीले मनाए ‘ढुक्ल्हो’ वर्ष


जोमसोम— मुस्ताङको घरपझोङ—३ स्याङका तीन गाउँले थकालीले शुक्रबार थकालीहरुको नयाँ वर्ष ढुक्ल्हो अर्थात ड्रागन वर्ष एक कार्यक्रम गरी मनाएका छन् । स्याङ गाउँ समाजको आयोजना तथा  आदीवासी जनजाती गैरसकारी संस्था महासंघ नेपालको सहआयोजनामा मुस्ताङमा थकालीहरुको नयाँ वर्ष ढुक्ल्हो(ड्रागन) वर्ष विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

योसंगै तीन गाउँले थकाली समुदायको ढुक्ल्हो (ड्रागन)वर्ष शुक्रबारदेखि आगमन भएको छ । नयाँ वर्षको आगमनसंगै मुस्ताङका तीन गाउँले थकालीले आपसमा खुसीयाली साटासाट गर्दै धर्म,संकृति र परम्परा लोप हुन नदिन विभिन्न अभ्यास गरेको बताईएको छ । उनीहरुले पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको थकाली भाषा, सम्यता र मौलिक संस्कृतिलाई पर्वको अवसरमा अभ्यासका रुपमा उजागर गरेको गाउँ मुखिया आशबहादुर थकालीले बताए ।


 नयाँ वर्ष ढुक्ल्हो अर्थात ड्रागन वर्षको अवसरमा आयोजित शुभ—कामना आदान प्रदान कार्यक्रममा  स्याङ गाउँका तीन गाउँले पुरुष तथा महिला थकालीहरुले त्युङ्ला पर्वमा गाईने थकाली गीत ,थकाली भाषा अनुवाद प्रतियोगिता, थकाली भेषभुषा प्रर्दशन तथा थकाली नृत्य ,परम्पराग पुख्यौली पेशा  उन कात्ने,फालो पर्वमा देखाईने नाटक र परम्परागत  तारो हान्ने खेल आदी संञ्चालन भएको गाउँ मुखिया थकालीको जानकारी दिए ।

बढ्दो आधुनिकता,बसाई सराई र विदेश पलालयन कारण भाषा साहित्य र संस्कृति लोपोन्मुख अवस्थामा रहेकाले पूरापूर्व कालदेखि संस्थागत रुपमा विकास भएको थकाली समुदायको पहिचान जोगाउन आवश्यक रहेको घरपझोङ—३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले उल्लेख गरे ।

मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत ठिनी,स्याङ र चिमाङमा बसोबास गर्ने थकालीहरुलाई तीन गाउँले थकाली समुदायको रुपमा स्थापित गरिएको छ ।

तस्विर सौजन्य : स्याङ, मुस्ताङ ।

प्रतिक्रिया