मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात


जोमसोम—मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात भएको छ । सोमबार दिउँसो परेको हिमपातले मुक्तिनाथ क्षेत्रका डाँडाकाँढा सेताम्मे भएका छन् । 

 मुक्तिनाथमा योवर्षकै पहिलो आशिंक हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा पहिलो हिमपात भयो, मुक्तिनाथ मन्दिर परिसरसंगै त्यस आसपासका क्षेत्रहरु हिउँले ढाकिएकोछ, कर्मचारी सुवेदीले भने,‘ बाक्लो हिउँ पर्ने संकेत थियो, हावाहुरीका कारण थप हिउँ पर्न सकेन ।’

 मुक्तिनाथ क्षेत्रमा आशिंक हिउँ परेसंगै चिसो अत्यधिक बढेको छ भने मन्दिर परिसरमा परेको हिउँकै कारण मन्दिरमा दर्शन गर्ने भक्तजनहरुलाई निकै समस्या उत्पन्न भएको छ । मन्दिर परिसरमा जमेको हिउँले मुक्तिनाथको १०८ धारामा जलसेचन, कुण्डमा स्नान गर्ने र मन्दिरमा दर्शन गर्न समस्या परेको मुक्तिनाथ विकास समितिका कर्मचारी सुवेदीले बताए ।

 मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात हुँदा उपल्लो मुस्ताङमा  हिमपात हुन सकेन । हिउँ पर्ने संकेत देखिएको भएपनि उत्तरी हावाहुरीका कारण पर्नमा अवरोध सृजना भएको हो । उपल्लो मुस्ताङमा हिउँ नपरेपनि चिसो भने अत्यधिक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए । कार्यालय प्रमुख पौडेलले उपल्लो मुस्ताङको तापक्रम माईनस २० डिग्री नाघेको उल्लेख गरे । उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेसंगै त्यहाँका स्थानीय नागरिकको दैनिकी प्रभाव हुन थालेको छ । ‘हिउ नपरेपनि अत्यधिक चिसोको प्रभावले जनजिवन कष्ठकर बनिरहेको छ, स्थानीय नागरिक र पशुचौपायालाई व्यवस्थापन तथा पशु व्यवस्थापनमा निकै नै सास्ती पुगेको छ,कार्यालय प्रमुख पौडेलले भने, अत्यधिक चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की, सिचाई कुलो र शाखा नदी जम्ने गरेको छ ।’

 उपल्लो मुस्ताङका अधिकाँश नागरिकहरु घरमा ताल्चा मारेर जाडो छल्न मंसिर अगावै बेसी झरिसकेका छन् । लोमान्थाङ बजार मात्रै ८० प्रतिशत नागरिक बेसी झरेकाले सुनसान छ ।  उपल्लो मुस्ताङमा सञ्चालित धार्मिक गुम्बा विद्यालय, सामुदायिक स्कुलहरु पनि चिसोकै कारण बेसी स्थान्तरण भईसकेका छन् । चिसो अत्यधिक बढेकाले पर्यटकीय उपस्थिती समेत ज्यादै कम रहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाई छ ।

 उपल्लो मुस्ताङमा सीमित नागरिक यथास्थानमा रहेपनि चिसोकै कारण बाहिर नस्कने सक्ने अवस्था छैन । शौलालय प्रयोग गर्न र कुलोको पनी तताएर प्रयोग गर्नु पर्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए । चिसोका कारण सुरक्षा निकाय बाहेक अन्य सरकारी कार्यालयमा समेत कर्मचारी बसेका छैनन् । अधिकाँश नागरिक बेसी झरेकाले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका नागरिक विहिन जस्तै अवस्थामा रहेको छ ।

  उपल्लो मुस्ताङ जस्तै तल्लो मुस्ताङको जनजिवन समेत चिसो र हावाहुरीले निकैनै कष्ठकर  घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिए । ‘सोमबार हिउँ पर्ने छकन देखिएपनि बेजोड हावाहुरीले गर्दा हिउँ पर्न सकेन,कार्यपालिका सदस्य थकालीले भने,‘ हिउँ परेको भए केही न्यानो महशुस हुन्थ्यो, हिउँ नपरेर बढी मात्रामा चिसो सिरेटोसंगै हावाहुरीले नागरिकको दैनिक जनजिवनलाई असर पु¥यायो ।’ स्याउ खेतीको व्यवस्थापन गर्ने चटारो चलेको बेलामा हिउँ परेको भए स्याउ खेती गर्ने कृषकलाई निकै फाईदा पुग्थ्यो ।’

 तल्लो मुस्ताङमा समेत चिसो बढेसंगै तापक्रम माईनस १० डिग्रीमा झरेको छ । चिसोका कारण सरकारी कार्यालयको कार्यसम्पादन ,विद्यालयका बालबालिकाको शैक्षिक पठन÷पाठन र पर्यटकहरुलाई समस्या निम्त्याएको छ ।


प्रतिक्रिया