मुस्ताङ,१०, भदौ ।
हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको आयोजना कृषि तथा पशु सेवा विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङको समन्वयमा बुधबार यहाँ आयोजित छलफलमा आव २०८३÷०८४ मा उत्पादन भएको स्याउ बिक्री वितरणका लागि स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख माया गुरुङको अध्यक्षमा भएको स्याउ टिप्ने कार्यतालिका सम्वन्धी छलफलमा मुस्ताङका पाँचै स्थानीय तहका अध्यक्ष एवं जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकाय, सरोकारवाला कार्यालय र कृषक प्रतिनिधी लगायतको उपस्थितीमा चालु आवमा उत्पादन भएको स्याउलाई बिक्री वितरण तथा बजारिकण गर्न स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।
यहाँ आयोजित स्याउको टिप्ने तथा बिक्री वितरण गर्ने कार्यतालिका लगायतको बिषयमा भएको छलफलमा मुस्ताङमा उत्पादन भईरहेको स्याउको गुणस्तर कायम राखिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मुस्ताङमा उत्पादन भएको स्याउलाई परिपक्क भई स्याउमा पर्याप्त गुलियोपना भए पञ्चात मात्रै स्याउकोे टिपाई गरी बिक्री वितरण गरेमा स्याउको गुणस्तर राम्रो हुने भएकाले स्याउको गुणस्तर कायम राख्न कार्यतालिका सार्वजनिक गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिनुभयो ।
मुस्ताङको स्याउ टिप्ने कार्यतालिकासम्वन्धी छलफलले दुई बुँदे निर्णय गरेको उहाँले बताउँनुभयो । मुस्ताङमा छिटो पाक्ने स्याउ भदौं १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौं २२ गते भन्दा अगावै टिपाई गर्न नपाईने निर्णय गरेको छ । कार्यतालिकालाई कार्यान्वयनमा लैजान सरोकारवाला कार्यालय, स्थानीय तह,कृषक र ब्यापारीहरुले स्याउ टिप्ने् कार्यतालिकाको नियम पालना गर्न समेत अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय प्रमुख डा. लालमणि अर्यालले उल्लेख गर्नुभयो ।
मुस्ताङमा गत वर्ष करिव एकअर्व बढीको स्याउ उत्पादन भएको थियो । स्याउको गुणस्तर कायम गरी मुस्ताङको स्याउको पहिचानलाई सधै उपभोक्ता माँझ जोगाएर राख्न स्याउलाई पूर्ण रुपमा विकशित हुन दिनुपर्नेमा छलफलमा सहभागीहरुले धारणा लागेका थिए । कतिपय कृषक र व्यापारिहरुले स्याउको मुनाफाका लागि स्याउ राम्रो तरिकाले गुलियो नभरीदै बजार पु¥याउँदा मुस्ताङको स्याउको गुणस्तरप्रति उपभोक्ताले गुनासो गर्ने गरेका थिए ।
मुस्ताङमा स्याउको सिजन सुरु भएसंगै व्यापारी धमाधम मुस्ताङ आउन थालेका छन् । मुस्ताङमा स्याउ टिप्ने सुरु नहुँदै व्यापारीहरु साउन महिनामा मुस्ताङ आएर कृषकको स्याउ बगैचा अवलोकन गरी ठेक्का मार्फत स्याउ खरिद गर्छन । स्याउको अंग्रीम बैनापट्टा गरेर गएका ब्यापारीहरु भदौको पहिलो हप्ता स्याउ टिपाई गरी बजार पु¥याउन मुस्ताङ आउने गरेको घरपझोङ—५ का वडाध्यक्ष प्रदीप थकालीले बताउँनुभयो ।
मुस्ताङका किसानले स्थानीय जातका परम्परागत लोकल स्याउ र उच्चघनत्वको हाईब्रिड स्याउ खेती गर्दै आईरहेका छन् । पछिल्लो समय मुस्ताङका किसानहरुमा हाईब्रिड स्याउ खेतीतर्फ आकर्षण बढ्दो रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली