मुस्ताङको थाक सातसय क्षेत्र घाँसामा तोरन्ल अन्तरगाउँ धनुषबाण प्रतियोगिता
फागुपुर्णिमा तथा तोरन्ल पर्व २०८१ को अवसरमा मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा बिहिबारदेखि तोरन्ल धनुषबाण (तारा) खेल प्रतियोगिता सुरु भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाले परम्परागत धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहाँसिक खेलहरुलाई संरक्षण,सम्वद्धन एवं पुस्तान्तरण गर्ने उद्देश्यले तोरन्ल विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
थकाली समुदायहरुको उद्गम स्थल मुस्ताङको थासाङ गाउँपालिकाको रुपचित छ । सदिंयौंदेखि त्यहाका थकाली समुदायहरुले मनाउँदै आईरहेको तोरन्ल पर्वलाई गाउँपालिकाले यसैवर्षदेखि परम्परागत सांस्कृतिक खेललाई प्रतियोगिताका रुपमा सञ्चालन गर्न सुरुवात गरेको हो ।
थासाङ गाउँपालिकाले धार्मिक संस्कृति सभ्यता र परम्परालाई विशेष महत्व दिदै यसवर्षदेखि प्रथम धनुषबाण तथा आर्चरी प्रतियोगिता आयोजना गरेको हो । थासाङ गाउँपालिकाले यसै आ.व.देखि परम्परागत धनुषबाण खेललाई पालिका खेलकुदमा समेत सुचिकृत गरिसकेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा आयोजित प्रथम धनुषबाण तथा आर्चचरी प्रतियोगिता कार्यक्रम (२०८१)को मुस्ताङबाट निर्वाचित संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले भव्य समारोहकाबिचमा उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै संघीय प्रतिनिधि सभा सदस्य योगेन्द्र गौचन थकालीले थकाली समुदाय थातथलो मुस्ताङको थासाङमा स्थानीय निकायबाट यसप्रकारको प्रतियोगिताले धार्मिक संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण योगदान पुग्ने जनाउनुभयो । संघीय सांसद थकाली थाकसातसय क्षेत्रको मुखियाप्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषबाण खेल र थकाली मौलिक भेषभुषा यहाँका थकालीहरुको सदिंयौदेखिखको सम्पती रहेको औल्याए ।
‘थकालीको महान पर्व तोरन्ल हो, यसपर्वको बेला फागुपुर्णिमा पनि जोडिन्छ ,’संघीय सांसद थकाली भने अन्य समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ। यसर्थ थकाली समुदायको पर्वमा पनि तोरन्लको नामले सार्वजनिक बिदाको घोषणा गरिनु पर्छ ।’ सांसद थकालीले मुस्ताङमा रहेका र अन्य स्थानमा रहेका अल्पसंख्यक थकाली समुदायको आवाजलाई सुनुवाई गर्न समेत माग गर्नुभयो ।
फागुपूर्णिमा तथा तोरन्ल विषेशका अवसरमा आयोजित अन्तरगाउँ धनुषवाण प्रतियोगितामा मुस्ताङका प्रजिअ बिष्णुप्रसाद भुसाल, जिल्ला न्यायधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी संघका केन्द्रिय सचिव योगेन्द्र शेरचन, थासाङका गाउँपालिका अध्यक्ष प्रदिप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, थासाङका वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वको अवसरमा शुभ—कामना व्यक्त गर्नुभयो ।
थासाङ गाउँपालिकाको आयोजनामा सुरुभएको प्रथम धनुषबाण तथा आर्चरी प्रतियोगितामा कुल १३ गाउँ मध्ये ११ गाउँका युवाहरुले सहभागी जनाएको खेल संयोजक एवं थासाङ—४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई बिधा समेटिएको खेल संयोजक शेरचनले बताउँनुभयो ।
थासाङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगित तीनदिनसम्म संञ्चालन हुनेछ । प्रतियोगितमा सहभागी हुन थासाङ गाउँपालिकाका ५ वटै वडाका युवाहरु मुस्ताङको घाँसामा पुगेका छन् । दुवै विधामा १३ डोरका आधारमा खेल प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत परम्परागत सादा धुनषबाण प्रतियोगितको प्रथमले नगद एक लाखसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछन् । दोश्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद ६६ हजार ३३ हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी आधुनिक आर्चरी प्रतियोगितालाई विजेतालाई पनि आर्कषक नगद पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम रहेको खेल संयोजक शेरचनले जानकारी दिनुभयो ।
दानवीर र समासेवीलाई सम्मान
थकाली समुदायको महानपर्व तोरन्ल पर्व २०८१ विशेष कार्यक्रमका अवसरसमा गाउँपालिकाले सार्वजनिक सेवाप्रवाहमा भौतिक तथा सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
तोरन्ल विशेष समारोहमा थासाङ गाउँपालिका—४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि जग्गादान गर्ने थासाङ—४ निवासी जीवन शेरचन र विपना शेरचन दम्पतीलाई संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली र थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गनुभयो । शेरचन दम्पतीले जनतालाई आधारभुत स्वास्थ्य सेवासुविधाको पहुँच सहज र व्यवस्थित रुपमा प्रवाह हुन सकोस भन्ने उद्देश्यले आधाभुत स्वास्थ्य केन्द्र सेवा भवन निर्माणका लागि आफ्नो ३ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क दान गर्नुभएको हो ।
यसैगरी सोही समारोहमा थासाङ—४ झिप्रा देउराली स्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जग्गादानकर्ता स्थानीय सुकबहादुर परियार र सन्तमाया परियार दम्पतीलाई पनि संघीय प्रतिनिधि सभा दस्य योगेश गौचन थकाली र गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो । थासाङ —४ झिप्रा देउरालीमा स्वास्थ्य चौकी भवन निर्माणका लागि परियार दम्पतीले आफ्नो नाममा भएको २ रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो । अहिले त्यहा स्वास्थ्य चौकी भवन बनेर स्वास्थ्य सेवा समेत प्रवाह भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो ।
गाउँपालिकाद्वारा आयोजित तोरन्ल विशेष समारोहमा बेनी—जोमसोम सडकमा यात्रा गर्ने पर्यटक तथा तिर्थालु र सावरी साधनलाई अप्ठ्यारो अवस्था आईपर्दा सहयोग र सहजीकरण गर्दै सामाजिक तथा मानीवीय सेवामा महत्वपूर्ण योगदान पु¥याएकोमा यात्रुका सारथी ईन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
शेरचन थासाङ—२ नाउरिकोटका स्थानीय बासिन्दा हुन् । बेनी—जोमसोम सडकका सुपरभाईजर भएर विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आईरहेका शेरचन यसअघि पनि म्याग्दी र मुस्ताङमा पटक—पटक सम्मान भईसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली