विद्युतीय चुरोट (भेप) प्रकरणका आरोपी कारागार चलान

 एक महिना अघि नेपाल—चीन उत्तरी कोरलानाकाबाट अवैंध रुपमा भन्सार छलेर पैठारी गरी नेपाल भित्र्याईएको विद्युतीय चुरोट (भेप) प्रककरण मुद्धामा संग्लन रहेको आरोपमा एक व्यक्तिलाई जिल्ला अदालत मुस्ताङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका—७ गाल्खा स्थायी घरभई हाल काठमान्डौं जिल्ला बुढानिलकण्ठ नगरपालिका—१० बस्ने ३९ वर्षीय रविन्द्र दर्नाललाई जिल्ला अदालत मुस्ताङले थप अनुसन्धानका लागि पुर्पक्षमा राख्ने फैसला गरेको हो ।

अवैंध विद्युतीय चुरोट (भेप) चोरी पैठारीमा नक्कली कागजात बनाउन सहयोग गरेको आशंकमा गत जेठ २ गते ईलाका प्रहरी कार्यालय थासाङ—३ लेतेले बिएई ४९२२ नं. को स्कर्पियो गाडीसहित चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—४ का ४१ वर्षीय दिनेश गदाल र स्कर्पियोमा सवारमा सवारी रविन्द्र दर्नाललाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

 जिल्ला अदालत मुस्ताङको फैसला अनुसार भेप प्रकरणमा संग्लन रहेको आरोपमा पुर्पक्षका लागि कारागार चलान रविन्द्र दर्नाललाई  लिखत सम्वन्धि कसुर (सरकारी कागजात किर्ते) मुद्धामा एक लाख धरौट खुलेकोमा धरौट राख्न नसकेको अदालतका  सूचना अधिकारी धिरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 वस्तु (विद्युतीय चुरोट भेप) चौरी पैठारी मुद्धामा संग्लन रहेको आरोपमा पक्राउ परेका  जिल्ला धादिङ धुलिबेसी नगरपालिका—१ स्थायी घरभई हाल काठमान्डौं जिल्ला चन्द्रागिरी नगरपालिका—६ बस्ने ना ६ ख ४७४३ नम्बरका कन्टेनर चालक सन्तोष लामालाई तीन लाख धरौट र लिखत सम्वन्धी (सरकारी कागजात किर्ते) कसुरमा ५० हजार रुपैया धरौटको फैसला भएको अदालतका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अवैंध भेप पैठारी र सरकारी कागजात किर्ते आरोपी चालक लामाले अदालतको फैसला अनुसार धरौट रकम बुझाएर तारिखमा रिहा भएका छन् ।

यसैगरी वस्तु (विद्युतीय चुरोट भेप) चोरी पैठारीमा संग्लन रहेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी गापा—२ बस्ने ४९ वर्षीय ना ५ ख ७९२१ को मालवाहक कन्टेनर चालक फुन्चु धोर्जे  तामाङलाई अवैंध भेप चौरी पैठारी मुद्धामा  दुई लाख ५० हजार धरौट  र लिखत सम्वन्धी (सरकारी कागजात) किर्ते कसुरमा ५० हजार रुपैया धरौट फेसला भएको छ । जिल्ला अदालत मुस्ताङका अनुसार उक्त मुद्धामा धरोट माग भई आएकोमा चालक फुन्च धोर्जे तामाङले धरोट रकम बुझाएर तारिखमा छाडिएको छ ।

कोरलानाकाबाट चोरी पैठारी गरी नेपाल भित्र्याईको विद्युतीय चुरोट भेप र मालवस्तु मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएर फुन्चु धोर्जेले चलाएको ना ५ख ७९२१ नंम्बरको कन्टेनर सम्वन्धित धनीलाई फिर्ता गरिएको छ ।

यता, मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएका दुई वटा कन्टेनर मध्ये एक कन्टेनर सम्वन्धित धनीलाई फिर्ता गरेको जनाएको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार अदालतको आदेश अनुसार फिर्ता गरिएको कन्टेनरमा लोड गरिएको विद्युतीय चुरोट (भेप) र अन्य सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएर कन्टेनर फिर्ता गरिएको बताउँनुभयो ।

यसैगरी अवैध चोरी पैठारीमा प्रयोग भएको ना ६ ख ४७४३ नम्बरको कन्टेनर धनी सम्पर्कमा नआई फरार रहेकाले फरार प्रतिवादी बनाईएको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । हाल नियन्त्रणमा रहेका दुई कन्टेनर मध्ये एक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङमै रहेको छ । भन्सार प्रमुख चुडालका अनुसार प्रहरी कार्यालयमा रहेको कन्टेनर धनी सम्पर्कमा आएपछि अदालतको आदेश बमोजिम हुने बताउँनुभयो ।

 गत जेठ १ गते नेपाल—चीन उत्तरी कोरलानाका हुँदै नक्कली कागजात तयार गरी अवैंध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याईएका दुई कन्टेनरलाई विद्युतीय चुरोट(भेप)सहित भन्सार कार्यालयका कर्मचारीहरुले लोमान्थाङ—५ एक्लेभट्टीबाट नियन्त्रणमा लिएका थिए । मुस्ताङ भन्सार कार्यालयले अवैंध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याईएका  ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो ।

 यसैगरी चालु आवको पुस ९ गते २ करोड २४ लाख मुल्य बराबरको १६००० थान विद्युतीय चुरोट भेप मुस्ताङ भन्सार कार्यालय बरामद गरेको थियो । गतवर्ष पनि कोरलानाकाबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएका ६ करोड ८१ लाख मुल्य बराबरको विद्युतीय चुरोट (भेप) भन्सार कार्यालय र बिओपी सुरक्षाकर्मीले बरामद गरेको थियो । पछिल्लो समय नेपाल—चीन उत्तरी कोरलानाकाबाट अवैध रुपमा चोरी पैठारी गरी ठुलो परिमाणमा अवैध सामान नेपाल भित्रिने घटना दोहोरिन थालेको छ ।


प्रतिक्रिया