उपल्लो मुस्ताङका किसानलाई यतिबेला रैथाने बाली उवा थन्क्याउने चटारो चलेको छ । बर्सेनि जेठ महिनामा खेतबारीमा उवाको बीउँ छरेर भदौको पहिलो सातामा उपल्लो मुस्ताङमा रैथाने बाली उवा काट्ने र थन्क्याउने कार्य सुरु हुन्छ ।
उपल्लो मुस्ताङमा बर्सेनि एक बाली मात्रै खेती हुन्छ । जसमध्ये कतिपयले उवा बाली लगाउछन भने कतिपयले फापर,तोरी,गहु केराउ र आलु खेती गर्छन । हिउँदयाममा जाडो छल्न बेसी झरेका उपल्लो मुस्ताङीहरु गर्मी सुरु भएपछि गाउँ फर्किएर खेतीपातीको कामकाजमा व्यस्त हुन्छन् । उपल्लो मुस्ताङमा बर्खेबाली थन्क्याएपछि असोज लागेपछि पून ः जाडो छल्न बेसी झर्ने सदियौदेखिको प्रचलन छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बर्सेनि एक बाली मात्रै खेती हुन्छ । तल्लो मुस्ताङमा भने बर्सेनि दुई बाली खेती हुन्छ । तल्लो मुस्ताङका किसानले कार्तिक र मंसिर महिनामा खेतबारीमा उवा छरेर जेठ र असार महिनामा उवा काँटेर घरमा भित्र्याउने गर्छन ।
उपल्लो मुस्ताङमा उवाको थन्क्याउने चटारो चलिरहँदा लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमीका किसानहरुले सामुहिक रुपमा उवा थन्क्याउन व्यस्त देखिएका छन् । घमी गाउँका ५२ घरधुरी मध्ये अधिकाँश घरधुरीले उवा खेती गरेको स्थानीय किसान कर्साङ ठकुरीले जानकारी दिनुभयो । गाउँका सबैघरीहरु आपसमा मिलेर सामुहिक रुपमा रैथाने बाली उवा थन्क्याउने प्रचलन रहेको किसान ठकुरीले बताउँनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण बढी मात्रामा पानी पर्न थालेकाले किसानहरुलाई उवा बाली थन्क्याउन समस्या परिरहेको किसान ठकुरीको भनाई छ । ‘पहिला पहिला यसरी उवा थन्क्याउने बेला पानी पर्दैनथ्यो, अचेल त पानी पर्छ र मौसम प्रतिकूलताले खेतीपाती व्यवस्थापन गर्न पनि गारो परेको छ,’ उहाँले भन्नुभयो ।
घमी गाउँका किसानहरु आपसमा मिलेर आलोपालो उवा काँट्ने, उवाको बाला छुट्याउने थ्रेसर मेसिनमा पेल्ने, उवा बत्ताउने, केस्रा र नल छुट्याउने कामकाजमा व्यस्त रहेको किसान ठकुरीले उल्लेख गर्नुभयो । पहिलो पहिलो उवाको केस्रासहितको नललाई लौरोले चुटेर केस्रा छुट्याउने गरिएकोमा पछिल्लो समय उपकरणको सहायताबाट उवाको केस्रा छुट्याउन थालिएको उहाँको भनाई छ ।
किसान ठकुरीले उवाको केस्रा छुट्याउने थ्रेसर उपकरण चाईनाबाट दुई लाख ५० हजार रुपैयामा खरिद गर्नुभएको हो । घमी गाउँमा किसानको उवा र गहुको केस्रा छुट्याउन आफुसहित दुई जनाले थेसर मेशिन राखेको जानकारी दिनुभयो । घमी गाउँमा आधा/आधा घरधुरीले दुई थे्रेसर मेशिनमा लगेर उवा थन्क्याउने गरेका छन् । पहिलो पहिलो जनशक्ति लगाएर उवा थन्क्याउने गर्दा निकै गारो हुने गरेकोमा उपकरणको प्रयोगपछि किसानहरुलाई उवा थन्क्याउन सजिलोको साथै समयको बचत भएको किसान ठकुरीले बताउँनुभयो । किसानले ठकुरीले मिनेट र घण्टाको समय हेरेर किसानले उत्पादन गरेको उवा बालीको नल र केस्रा छुट्याए वापत शुल्क लिने गरेको बताउँनु हुन्छ ।
प्रविधिमैत्री खेतीपाती गर्न उपकरणको प्रयोगले किसानलाई निकै सहज तुल्याएको भएपनि खर्च भने जनशक्ति भन्दा उपकरणमा बढी मुल्य पर्ने गरेको घमीका अर्का किसान लाटु गुरुङले उल्लेख गर्नुभयो । ‘पहिला पहिला हातैले उवाको केस्रा छुट्याउने गर्नुपथ्र्यो, उहाँले भन्नुभयो, अहिले त मेसिनलेनै केस्रा छुट्याउने भएकाले किसानहरुलाई थप सहज भएको छ ।’ मुस्ताङमा व्यवसायिक रुपमा नभई घरायसी प्रयोजनका लागि मात्रै उवा खेती गर्ने गरिएको किसान लाटु गुरुङको भनाई छ । उत्पादन भएको उवालाई भुटेर सातु बनाउने, छयाङ रक्सी बनाउने र धार्मिक पुजाआजाहरुमा उवाको प्रयोग हुने गरेको किसान गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङको तल्लो क्षेत्रदेखि उपल्लो मुस्ताङसम्म किसानले उवा खेती गर्दैआईरहेको कृषि तथा पशु सेवा कार्यालयले जनाएको छ । कार्यालय अनुसार उपल्लो मुस्ताङमा र तल्लो मुस्ताङमा उवा खेती गर्ने समय तालिका फरक रहेको जनाएको छ । कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार आव २०७९÷०८० को तथ्यांक अनुसार मुस्ताङमा ३४१ हेक्टर क्षेत्रफलमा एक हजार २२३ मेट्रिक टन उवा उत्पादन भएको बताउँनुभयो । मुस्ताङमा उवाको उत्पादकत्व ३.५८ मेट्रिक टन प्रति हेक्टर रहेको छ । मुस्ताङका किसानले स्याउ बगैचाभित्र अन्तरबाली स्वरुप उवा,फापर ,तोरी र आलु लगायतका खेती गरी दोहोरो आम्दानी लिने गरेको कार्यालय प्रमुख अर्यालले उल्लेख गर्नुभयो ।
खाद्य सुरक्षामा टेवा पु¥याउने बालीका रुपमा उवा बालीको महत्व अधिक रहेको छ । सय ग्राम उवामा करिव १३ भाग पानी,१२ भाग प्रोटिन,२ भाग चिल्लो,६८ भाग कार्बोहाईट्रेड,३.५ भाग रेसा र १.५ भाग भष्म तत्व पाईन्छ । उवाको दानाको मुख्य भागमा प्रोटिन हुन्छ,जसमा करिव ७५ प्रतिशत एमाइलो पेकटिन र २५ प्रतिशत एमाइलोज हुन्छ । उवामा प्रसस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाईने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली