मुस्ताङको घरपझोङमा एक सय ८३ जन जना किशोरीले लगाए एच.पि.भी. खोप

मुस्ताङको घरपझोङमा बुधबार र बिहिबार महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा(एच.पि.भी.) विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । घरपझोङ गाउँपालिकाका ४ वटा विद्यालय , एक स्वास्थ्य चौकी र जोमसोमको प्रादेशिक अस्पतालमा आयोजित खोप कार्यक्रममा एक सय ८३ जना किशोरीलाई खोप लगाईएको हो ।


 एच.पि.भी. खोप कार्यक्रम अन्तगत जनहित स्कुल, धौलागिरी स्कुल, जनकल्याण र जनवाल स्कुलमा कक्षा ६देखि १० कक्षासम्मका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा ईञ्चार्ज कर्णबहादुर थकालीले जानकारी दिनुभयो । खोप कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेसविका लगायतबाट खोप लगाउने कार्य भएको ईञ्चार्ज थकालीले बताउँनुभयो ।

 यसअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २ सवा स्कुलमा गरी ६० जना किशोरीलाई एच.पि.भी. खोल लगाईएको थियो , वारागुङ मुक्तिक्षेत्रमा फागुन १८ र १९ गते खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया