जोमसोम— महालेखापरीक्षक कार्यालय काठमान्डौंबाट अन्तिम लेखा परीक्षणका लागि डोर टोली मुस्ताङ आईपुगेको छ । मलेप कार्यालयका निर्देशक ताराध्वज सुनुवारसहित ४ सदस्ययीय टोली मुस्ताङ आईपुगेको हो ।
जिल्ला स्थित सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुको आर्थिक वर्ष २०८०÷०८१ को वित्तिय लेखा परीक्षणका लागि मलेप कार्यालयको डोर टोली मुस्ताङ आईपुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रजिअ पन्तले एक वर्षभित्र गरिने सम्पूर्ण कार्यसम्पादनहरुको अन्तिम लेखा परीक्षणका लागि मलेपको डोर टोली खटिएको बताए ।
मुस्ताङमा अवस्थित सरकारी तथा सार्वजनिक निकायको लेखा परीक्षणलाई सहज,सरल, आर्थिक अनुशासन र पारदर्शी तुल्याउन तथा मलेप लेखा परीक्षणले गर्ने कार्यसम्पादन लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा मलेप लेखापरीक्षण डोरसंग साक्षात्कार एवं पूर्वतयारीका बिषयमा बैठक बस्यो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं आर्थिक शाखा प्रमुख, नागरिक समाज,पत्रकार र सरोकारवाला निकायले उपस्थिती जनाएका थिए ।
मलेप डोर टोलीले गर्ने लेखापरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङ र कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले बैठकको सहजीकरण ग¥यो ।
बैठकमा कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीले चालु आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा संघीय तथा प्रादेशिक कार्यालयबाट भएको विनियोजन खर्चको विवरण सम्वन्धि प्रस्तुतीकरण गरे । कार्यालय प्रमुख भण्डारीले मुस्ताङमा संघ तथा प्रदेशबाट विनियोजन भएको कुल ४ अर्ब २ करोड ६६ लाख बजेट मध्ये ३ अर्ब ३४ करोड ७२ लाख खर्च भएको बताए । मुस्ताङका संघीय कार्यालयहरु मध्ये ४ वटा र प्रदेश कार्यालयतर्फ ९ वटा कार्यालयमा लेखा हेर्ने अधिकृत पदपूर्ती हुन नसकेको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे ।
मेलप डोर समन्वयात्मक बैठकमा मलेप निर्देशक ताराध्वज सुनुवारले आर्थिक वर्ष समाप्तिको ३५ दिन भित्र स्थानीय तह,सरकारी कार्यालय र सार्वजनिक निकायले आन्तरिक लेखा परीक्षण सम्पन्न गर्नुपर्ने जानकारी दिए । मलेपले हिमाली जिल्लाहरुमा हिमपात र अत्यधिक चिसो हुने भएकाले त्यसलाई मध्यनजर गर्दे आ.व. सकिएको ३५ दिनपछि मलेप डोर टोली खटाएर अन्तिम लेखा परीक्षण गर्ने गरेको बताए। अहिले मुस्ताङसहित ४२ जिल्लाहरुमा मलेपको अन्तिम लेखापरीक्षण गर्ने कार्य सुरु भईसकेको मलेपका निर्देशक सुनुवारको भनाई छ । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संविधानले कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाको व्यवस्था गरेको र ति निकायको नियन्त्रण स्थिती हेर्नका लागि सुपरभिजन निकायको रुपमा विभिन्न संवैधानिक निकायको रहेको उनले बताए । संविधानको भाग २२ मा मलेपको व्यवस्था भएको र यसलाई सबै सरकारी तथा सार्वजनिक निकायको लेखापरीक्षण गर्ने जिम्मेवारी रहेको मलेप निर्देशक सुनुवारले खुलाए ।
समन्वयात्मक बैठकमा निर्देशक सुनुवारले आर्थिक कार्यविधिले दिएको अधिकार सम्वन्धित कार्यालयले ऐनको दफा अनुसार आर्थिक विवरण तयार गर्ने र त्यसलाई मलेपको डोरले लेखापरीक्षण गर्ने जनाए । अन्तिम लेखा परीक्षणमा आन्तरिक लेखा परीक्षण भित्र समावेश भएका निकासा,खर्च,राजश्व र धरौटी जुनसुकै बेला हेर्ने व्यवस्था भएपनि मलेप डोरले ति सबैको निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर आफुहरु मुस्ताङ आएको उल्लेख गरे ।
बैठकको सहजीकरण गर्दै मुस्ताङका प्रजिअ जनकराज पन्तले मलेपको डोर टोली लेखापरीक्षकका लागि आउँदै गरेको सूचना सबै कार्यालयलाई सूचना दिईएको र त्यसलाई व्यवस्थित,प्रभावकारी र आवश्यक सहजीकरण गर्न जिल्ला स्थित कार्यालयहरुलाई निर्देशन दिएका छन् । प्रजिअ पन्तले मलेपले नियमितता,मित्तव्ययिता,कार्यदक्षता,प्रभावकारिता र औचित्यताका आधारमा गरिने लेखापरीक्षण भएकाले यसप्रति जवाफदेही र जिम्मेवारी बहन गर्न कार्यालय प्रमुख तथा आर्थिक शाखा प्रमुखहरुलाई सुझाएका छन् ।
बैठकमा नागरिक समाजका अगुवा चन्द्रबहादुुर थकाली र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका प्रमुख सुन्दरकुमार थकालीले वित्तिय लेखापरीक्षणको प्रभावकारिता ,त्यहा देखिने व्यथिती र समसामयिक बिषयमा मलेप टोली समक्ष जिज्ञासा प्रकट गरेका थिए । मलेप डोर टोली आर्थिक लेखा परीक्षणका क्रममा कतै करप्सन देखिएको सूचना उल्लेख भएत्यसमा थप विस्तृत सतहीका लेखा परीक्षण गर्ने जनाएको छ ।
लेखा परीक्षणका क्रममा कुनै कार्यालय वा निकायले ललिपप देखिएर लेखा परीक्षण प्रभावित गराउन खोजेमा त्यसप्रति मलेप डोर टोली झनै सचेत भएर लेखापरीक्षणमा कडाई गर्ने जनाएको छ ।
मुस्ताङमा मलेप टोली असोजको पहिलो साता रहेर अन्तिम लेखा परीक्षणमा खटिने जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता