मुस्ताङ,२८ ,साउन ।
बहुचर्चित नेपाल—चीन उत्तरी कोरलानाका जोड्ने मुस्ताङको (छुसाङ—कागबेनी) खण्डको सडक स्तरोन्नति कार्य धमाधम अघि बढेको छ । हिउँदयामको प्रतिकूल मौसम र निर्वाचन लगायतका कारण रोकिएको कोरलानाका जोड्ने (कागबेनी—छुसाङ) नौ दशमलव ८ किलोमिटर सडक स्तरोन्नतिको काम धमाधम अघि बढेको आयोजनाले जनाएको छ ।
कोरलानाका जोड्ने ब्यापारिक मार्ग सडकलाई थप स्तरोन्नति गरी कालोपत्र विस्तार गर्ने गर्न विस २०८२ साल असार २८ गते बेनी—जोमसोम—कोरला सडक आयोजनाले टक्सार ईफ्फाटा÷बुद्ध जेभी कन्ट्रक्सनसंग भ्याटसहित रु. अठ्ठाईस करोड ८७ लाख रुपैया लागतमा ठेक्का सम्झौता गरेको थियो । विस २०८४ साल असार २४ गतेसम्म दुईवर्षको सम्झोता अवधि रहेको कागबेनी—छुसाङ सडकको पछिल्लो भौतिक प्रगति ४० प्रतिशत पुगेको निर्माण कम्पनीका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो । ठेक्का सम्झौता भएको सुरुवाती चरणमा सडक स्तरोन्नतिकार्यमा केही विलम्व भएतापनि बैशाख महिनादेखि सडक स्तरोन्नति कार्यलाई तीब्र गतिमा अघि बढाईएको प्रतिनिधि सुवेदीको भनाई छ ।
राष्ट्रिय गौरवको कोरलानाका जोड्ने (कागबेनी—छुसाङ) सडक खण्डको चार स्थानमा निर्माण कम्पनीका जनशक्ति र उपकरणहरु परिचालित भएको निर्माण कम्पनीले जनाएको छ । विस २०८४ असार अगावै सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक जनशक्ति र उपकरण कार्यस्थलमा परिचालित भईरहेको प्रतिनिधि सुवेदीले उल्लेख गर्नुभयो ।
निर्माण कम्पनीका अनुसार साविक ग्राभेल सडक र बर्खायामको मनसुनले क्षति पु¥याएको स्थानमा सडक मर्मत सुधार तथा स्तरोन्नति गरी कालोपत्र स्टक्चर निर्माण गरिने प्रतिनिधि सुवेदीको भनाई छ । उहाँका अनुसार चालु वर्षको दशै—तिहारसम्म कालोपत्रका लागि सववेश लगायतको काम सम्पन्न हुने र हिउँदयामपछि अस्फाल्ड कालोपत्रको काम सुरु गरिने प्रतिनिधि सुवेदीले जानकारी दिनुभयो ।
कोरलानाका जोड्ने कागबेनी—छुसाङ सडकखण्डमा ठेक्का सम्झौता अनुसार ६००० घनमिटर ग्याविन प्रोटेक्सन गरिनुपर्नेमा ३००० हजार घनमिटर ग्याविनक प्रोटेक्सनको काम सम्पन्न भएको निर्माण कम्पनीले उल्लेख गरेको छ । यसैगरी निर्माणधीन कालोपत्र गरिने सडकमा ६००० घनमिटर पल्मवाल गरिनुपर्नेमा ४५०० घनमिटर सकिएको छ ।
सडकमा ३४०० घनमिटर मेशिनरी वाल र सडक चौडा गर्न आवश्यक स्थानमा कटिङ लगायतको काम भईरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर सुवेदीले बताउँनुभयो । यसैगरी उक्त सडकमा १५० घनमिटर आरसीसी ढलानको काम सकिएको उहाँले उल्लेख गर्नुभयो ।
कागबेनी—छुसाङ सडकलाई ठेक्का सम्झौता अनुसार तोकिएको समयमै सम्पन्न गर्ने गरी निर्माण कम्पनीबाट झन्डै ८० जना भन्दा बढी जनशक्ति कार्यस्थलमा परिचालित गरिएको छ । सडक स्तरोन्नति कार्यका लागि २ वटा स्काभेटर, २ वटा जेसीपी (डोजर),३ वटा टिपर,३ वटा ट्याक्टर र एक कार मिक्चर लगायतका उपकरणहरुको व्यवस्था गरिएको प्रतिनिधि सुवेदीले बताउँनुभयो ।
कोरलानाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको स्तरोन्नतिसहित कालोपत्र गर्ने गरी आयोजनाले दुई अर्ब रुपैया बराबरको दुई वटा नयाँ ठेक्का समेत खुलाई सकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । प्रमुख शर्माका अनुसार जोमसोम—कागबेनी सडकमा समेत आयोजना सम्पन्न भई सडकको थप स्तरोन्नतिकार्य भईरहेको उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली