सन् २०२३ को बाह्र महिनामा ३४८४ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगे


जोमसोम—उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेश पर्यटकबाट सरकारले २२ करोड ९९ लाख ४४ हजार राजश्व संकलन गरेको छ । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म कुल ३ हजार ४८७ जना विदेश पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्दा उक्त राजश्व संकलन भएको हो ।


सरकारको चर्को पर्यटन रोयल्टी शुल्कका कारण उपल्लो मुस्ताङमा विशेष र भीआईपी पर्यटकबाहेक सामान्य स्तरका विदेशी पर्यटक जान सक्तैनन् । सन् २०२३ मा ३ हजार ४८४ जना विदेशी पर्यटकबाट  १७ लाख ४२ हजार अमेरिकी डलर संकलन भएको हो ।

सन् २०२३ को जनवरीमा ७,फ्रेब्रअरीमा २३,मार्चमा १६२,अप्रिलमा ४२५, मेमा ७१२,  जुनमा १४९, जुलाईमा १८८,अगस्टमा २७८, सेप्टेम्बरमा ४०७, अक्टोबरमा ८३०,नोभेम्बरमा २८० र डिसेम्बरमा २३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । 

मुस्ताङ भ्रमण गर्ने मध्ये ४ प्रतिशत मात्र विदेशी पर्यटक उपल्लो मुस्ताङ


चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङ  निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ ।चीनसंग सीमाना जोडिएका उपल्लो मुस्ताङलाई सुरक्षा दृष्ट्रिकोणले संवेदनशील क्षेत्रको रुपमा लिदैआईरहेको छ । चीनमा सांस्कृतिक बिद्रोह हुँदा मुस्ताङको कोरलानाका हुँदै खम्बाहरुले चीन विरोधी गतिविधि गरेपछि उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको थियो ।सन् २००० मा तिब्तीयन भिक्षु कर्मापा लामा उपल्लो मुस्ताङको कोरलानाका हुँदै भारत छिरेपछि चीनले कोरलानाकामा तारबार लगाएको थियो । खम्पा बिद्रोहपछि उनीहरु मुस्ताङमा बसेर चीन बिरोधी गर्ने गरेका थिए । 

अध्यागमन विभागले उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा प्रस्थान गर्न प्रत्येक विदेशी पर्यटकलाई १० दिनको प्रवेश अनुमती स्वरुप ५ सय डलर बुझाउनु पर्ने हुन्छ ।

   सरकारले दुई देशबीचको सुरक्षा नखल्बलियो भन्ने उद्देश्यले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरिएको थियो । यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत  अध्यागमन विभागबाट सो क्षेत्रमा जान पदयात्रा अनुमती लिनुपर्छ । अध्यागमन विभागले उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा प्रस्थान गर्न प्रत्येक विदेशी पर्यटकलाई १० दिनको प्रवेश अनुमती स्वरुप ५ सय डलर बुझाउनु पर्ने हुन्छ । यसरी प्रवेश अनुमती लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अध्यागमन विभागमा पैसा तिर्नुपर्ने हुन्छ । सरकारको प्रवेश अनुमती नलिई अवैध ढंगले उपल्लो मुस्ताङ जाने पर्यटकलाई स्थानीय प्रशासनले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउने गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र देखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ ।

 सुरक्षा संवेदनशील क्षेत्रमा सूचिकृत उपल्लो मुस्ताङ  निषेधित क्षेत्रमा रहेकाले मुस्ताङ भ्रमण गर्ने मध्ये ४ प्रतिशत मात्र विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेको एक्यापको तथ्यांकले देखाउँछ । सरकारको चर्को रोयल्टी शुल्कका कारण उपल्लो मुस्ताङ पर्यटकीय आवागमनका हिसाबलेपछि परेको भन्दै सो क्षेत्रका पर्यटन व्यवसायी असन्तुष्ट छन् । उनीहरुले उपल्लो मुस्ताङलाई नियन्त्रित क्षेत्रबाट हटाएर सबैका लागि फुकुवा गर्नु पर्ने माग समेत राख्दै आईरहेका छन् ।

चालु वर्षमा मुस्ताङ आएका बेला गृह मन्त्री नारायण काजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई अलग अलग ज्ञापनपत्र पेश गदै निषेधित क्षेत्र हटाउन माग गरेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ को ६ वटा गाउँ र सोही पालिकाको वडा—५ को साङ्ता गाउँलाई निषेधित क्षेत्रबाट फुकुवा गर्न गृह मन्त्रालयसंग कुराकानी भईरहेको जानकारी दिए ।


प्रतिक्रिया