यहाँको (पोखरा—जोमसोम) हवाईमार्गमा निजी वायु सेवा कम्पनीले नौ महिनामा ९७० वटा उडान भरेका छन् । जोमसोम नागरिक उड्यन कार्यालयका अनुसार चालु वर्षको साउनदेखि चैत्र महिनासम्म तारा र समिट एयरलाईन्सको जहाजले उक्त उडान भरेको जनाएको छ ।
चालु वर्षको नौ महिनामा दुई निजी वायु सेवा कम्पनीले ९७० वटा उडान भर्दा सात हजार ५८६ जना हवाई यात्रुले सेवा लिएको जोमसोम नागरिक उड्यन कार्यालयका विमानस्थल प्रमुख दिपक पोखरेलले जानकारी दिनुभयो । चालु आ.व.को नौ महिना अवधिमा छ हजार १०५ जना बाह्य पर्यटक र एक हजार ४८१ जना आन्तरिक पर्यटकले (पोखरा—जोमसोम)हवाई मार्गबाट यात्रा गरेको प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।
गतवर्षको बाह्र महिनामा पोखरा—जोमसोम हवाई मार्गमा तारा र समिट एयरलाईन्सको जहाजले दुई हजार ४०६ वटा उडान भर्दा छब्बिस हजार ६४२ जनाले हवाई सेवा लिएको विमानस्थल प्रमुख पोखरेलको भनाई छ ।चालु वर्षको तीन महिना बाँकी रहँदा गतवर्षको तुलनामा ४० प्रतिशत मात्रै उडान भएको तथ्यांकले देखाएको छ । चालु वर्ष पुरा हुँदा गतवर्षको उडान संख्या भन्दा ५० प्रतिशत उडान पुरा हुने प्रक्षेपण गरिएको छ ।
विगत दुई महिनादेखि चलेको अमेरिका—ईजराईल र ईरानबीचको मध्यपूर्व द्धन्दले यहाँका पोखरा—जोमसोम हवाई उडानमा समेत प्रभाव परेको तारा एयरलाईन्सका जोमसोमका स्टेशन ईञ्चार्ज सुजन लालचनले बताउँनुभयो । मध्यपूर्व द्धन्दले विदेशी पर्यटकको संख्यामा कमी,हवाई ईन्धनको मूल्यवृद्धि र सडकमार्गको सहजता लगायतले पोखरा—जोमसोम हवाई उडानमा कमी आएको स्टेशन ईञ्चार्ज लालचनले उल्लेख गर्नुभयो ।
पोखरा—जोमसोम हवाईमार्गमा निजी वायु सेवा कम्पनी तारा र समिटको दैनिक पाँच वटा उडान भर्ने कार्यतालिका रहेकोमा पछिल्लो समय उडान संख्या घट्दै गईरहेको जोमसोम नागरिक उड्यन कार्यालयको तथ्यांकले देखाउँछ । पोखरा जोमसोम हवाई उडान नियमित हुने गरेपनि पुस र माघ महिना हवाई उडान बन्द हुन्छ । यसैगरी असारको १५ गतेदेखि भदौैको १५ गतेसम्म फेरी हवाई सेवा स्थगित गर्ने गरिएको छ । पर्यटकीय अफसिजनका कारण हवाई यात्रु कम हुने र प्रतिकूल मौसमका कारण वर्सेनि दुई पटक हवाई सेवा स्थगित गर्ने गरिएको हो ।
यहाँ मुक्तिनाथ दर्शन तथा उपल्लो मुस्ताङ यात्रा गर्न जाने विदेशी पर्यटकहरुलाई लक्षित गर्दै पोखरा तथा काठमान्डौंबाट हेलिकोप्टरहरुले चार्टर उडान समेत गर्दैआईरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली