तेताङलाई टाईब्रेकरमा हराउँदै कागबेनी फुटबल प्रतियोगिताको च्याम्पियन

मुस्ताङ,२५, साउन ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको आयोजना तथा थोरङ ल्हा युवा क्लवको सहआयोजनामा आयोजित दोस्रो अध्यक्ष कप २०८३ अन्तर्गत भएको हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको मिलन युवा क्लव च्याम्पियन बनेको छ ।मिलन युवा क्लव कागबेनीले रोयल तेताङलाई टाईब्रेकरमा हराउँदै च्याम्पियन बनेको हो ।

 आईतबार भएको प्रतियोगिताको अन्तिम फाईनल खेलमा मिलन युवा क्लवले रोयल तेताङलाई टाईबेकरमा ५—४ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । योसंगै रोयल तेताङ उपविजेतामै सीमित बन्यो ।

 निर्धारित ४० मिनेटको समयमा (१—१) गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । खेलको दोस्रो हाफमा रोयल तेताङले एक गोलले अग्रता लिएको भएपनि एक गोलपछि परेको मिलन युवा क्लव त्यसको दुई मिनेटमै गोल गर्दै खेललाई बराबरी बनाएको थियो । दोस्रो हाफमा तेताङका तर्फबाट न्हिमा छिरिङ गुरुङले गोल गरे भने मिलन युवा क्लवका सन्तोष नेपालीले गोल गरे ।

 वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्तरीय अध्यक्ष कप २०८३ को च्याम्पिय मिलन युवा क्लव कागबेनीले नगद ५० हजार पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता रोयल तेताङले नगद ३० हजार पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र हात पारेको छ ।

 प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी मिलन युवा क्लव कागबेनीका सिङ्ख तामाङ घोषित भए । सर्वोउत्कृष्ट गोल रक्षक (किप्पर) मिलन युवा क्लवकै विपिन बुढामगर घोषित भए । यस्तै प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता रोयल तेताङका खेलाडी न्हिमा छिरिङ घोषित भएका छन् ।


प्रतिक्रिया