मुस्ताङमा एनटीएनसीद्वारा ‘जेसी’ अन्तरक्रियाँ

जोमसोम— राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एनटीएनसी) मुस्ताङको आयोजनामा बिहिबार जोमसोममा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक अन्तरक्रिया गरेको छ।  एनटीएनसीले सन् २०२३ देखि सन् २०२८ सम्म यसप्रकारको विभिन्न कार्यक्रम एक्सन प्लानको रुपमा संञ्चालन गर्दैआईरहेको छ ।  मुस्ताङमा एनटीएनसीले सोही एक्सन प्लानको अवधारण अनुसार लैङ्गिक सचेतना तथा अन्तरक्रिया गरेको हो ।


समाजमा  लैङ्गिक समानता र सामाजिक समावेशीकरण(जेसी)को एक्सन प्लान आधारभुत सिद्धान्तलाई आत्मसाथ गरी समुदायमापछि परेका महिलाहरुको जिवन स्तर माथि उकास्न एनटीएनसीले महिला उत्थानका लागि कार्यक्रमको प्रारुप तयार पारेको हो । उपलब्ध श्रोत साधनको अवसर र अधिकार माथि समाजका सबै वर्ग,क्षेत्र, समुदायका मानिसको समान पहुँच स्थापित गराउने उद्देश्यसहित एनटीएनसीले (जेसी)कार्यक्रमलाई मुख्य प्राथमिकता राखेको बताईएको छ । 

एनटीएनसी मुस्ताङको (जिसी) अन्तरक्रियामा  सामाजिक हिँसा र महिला हिंसा न्यूनिकरणका लागि महिलाहरुको आर्थिक विकास,शैक्षिक चेतना,क्षमताको विकास र उनीहरुको मनोविज्ञानलाई माथि उठाउन सकै लैङ्गिक हिंसा न्यूनिरकणमा ठुलो योगदान पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उल्लेख गरे ।

जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले महिला माथि हुने सबै प्रकारका हिंसा विभेदको अन्त्य गर्न सामाजिक चेतनाको विकास  र महिल शसक्तिकरणमा जोड दिनु पर्ने बताईन् । महिलाहरुलाई क्षमता र कार्यदक्षतामा सवल बनाउँदै आर्थिक विकासमा समृद्धि तुल्याउन सकेमा महिला माथि हुने लैङ्गिक हिंसा कम गर्न सकिने उल्लेख गरिन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र थासाङ र घरपझोङ गाउँपालिकाको समन्वयमा आयोजित एनटीएनसीको (जेसी) अन्तरक्रियामा मुस्ताङका प्रहरी प्रमुख भोजराज रेग्मीले समुदाय स्तरमा हुने सबै खाले हिंसा निवारणका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यहरु गरिरहेको बताए । कार्यक्रममा प्रहरी प्रमुख पाण्डेयले लैङ्कि हिंसा सचेतना तथा अन्तरक्रियामा महिला तथा बालबालिका हिंसा सम्वन्धि प्रस्तुतीकरण गरे ।प्रहरीको तथ्यांकमा चालु वर्ष विभिन्न हिंसा तथा सामाजिक अपराध प्रकृतिका ५ वटा मुद्धा दायर भएकोमा सबै फछ्र्यौट छ । गतवर्ष ४ थान थान मुद्धा दर्ता भएकोमा सबै पछ्र्योट भएको थियो ।

 एनटीएनसी मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले  समुदायका महिलाहरुको क्षमता विकास र आर्थिक विकासलाई माथि उठान विभिन्न क्रियाकलाप र कार्यक्रम गरिरहेको जानकारी दिए । एनटीएनसीले प्राकृतिक श्रोत साधन,जैविक विविधता,जलवायु परिवर्तन,पर्यटन ,कृषि,पर्यावरण ,धर्मसंस्कृतिर,शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गरिरहेकोमा महिलाहरुको आर्थिक विकासको सवलीकरण तथा उनीको क्षमता विकासका लागि (जेसी) कार्यक्रमले महत्वपूर्ण योगदान पू¥याउने बताए । समुदाय स्तरमा पछि परेका  महिलाहरुलाई  सबै क्षेत्रमा आवश्यक पहिचान गरी सवल,सक्षम र स्वाबलम्वन बनाउन सकेमा लैङ्गिक हिंसा निवारण गर्न सकिने कार्यालय प्रमुख रेग्मीको भनाई छ । उनले समुदाय स्तरमा हुने अधिकाँश हिंसा र अपराधहरु आर्थिक,अज्ञानता र चेतनाको कमीले गर्दा हुने भएकाले एनटीएनसीले यसप्रकारको कार्ययोजना तुर्जमा गरेको बताए ।

कार्यक्रममा घरपझोङ गाउँपालिकाकी महिला तथा बालबालिका  शाखा प्रमुख सरिता थकाली र थासाङ गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सुशिला गिरीले स्थानीय तहले महिला ,बालबालिका र ज्येष्ठ नागरिकहरुको समुत्थान र विकासमा विभिन्न कार्यहरु गर्दै आईरहेको बताएका छन् ।


प्रतिक्रिया