जलवायु संकट : मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

जोमसोम—  पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु संकटका कारण  खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत वलवायु संकटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नु पर्ने बाध्यता आईपरेको छ । जलवायु परिवर्तनको असरसंगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भईरहेदा यहाँको खानेपानी,कृषि र पशुपालन लगायतका क्षेत्रमा यसप्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयबासी बताउँछन् ।

मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चबर्षिय उर्जा सम्भावना सम्वन्धि छलफल  तथा अन्तरक्रियाँ कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयबासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी ,कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकुल असर पुगेको बताएका छन् ।मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जर्मन संख्या जिआईजेट नामक संख्याले स्थानीय तहको पञ्चबर्षिय उर्जा सम्वन्धि आधारभुत सर्वेक्षण गरिरहेको छ । उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियाँमा जोमसोमका स्थानीयबासीले जलवायु संकटले हिमाली जिल्ला मुस्ताङको खानेपानी,कृषि र पशुपालन लगायत जैविक विविधतामा असर पु¥याउँदै गईरहेको औल्याएका हुन् ।

 मुस्ताङको घरपझोङ स्थित जोमसोम बजारमा हिमस्रोत घट्दै जादा खानेपानीको चरम समस्या देखिएको शुक्रबार आयोजित कार्यक्रममा जोमसोम खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दिपक शेरचनले उल्लेख गर्नुभयो । जोमसोममा विगतको तुलनामा घरधुरीको संख्या वृद्धि हुँदै गईरहेको, ब्यवसायिक क्षेत्र परेको र सरकारी कार्यालय समेत रहेकाले यहाँ खानेपानी उपयोग अध्यधिक हुने भएपनि पछिल्लो समय खानेपानीको मुहानहरु सुक्दै जाँदा आवश्यकता अनुसार खानेपानीको सेवा पु¥याउन नसक्ने अवस्था रहेको अध्यक्ष शेरचनले सुनाउँनुभयो ।

मुस्ताङको बजारको खानेपानी उपभोक्ताहरुको माग धान्न मुश्किल परेकाले वैकल्पिक उपाय अवलम्वन गर्नुपर्नेमा अध्यक्ष शेरचनले जोड दिनुभयो । जोमसोम बजारका लागि खानेपानी आपूर्तीका लागि ३ वटा हिमस्रोत रहेको भएपनि जलवायु संकटका कारण मौसमी तापक्रमको असरले उल्लेखित खानेपानीको स्रोत घट्दै गईरहेको अध्यक्ष शेरचनले बताउँनुभयो । जोमसोम बजारका लागि खानेपानी सेवा पु¥याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १÷२ को पानीको मुहान सुरक्षित रहेपनि ति स्रोतहरु हिमस्रोत सुक्दै जाँदा खानेपानीको अभाव परेको अध्यक्ष शेरचनको कथन छ ।

 पछिल्लो समय जलवायु संकटका कारण हिमालहरु कालापत्थरमा परिणत हुँदै जान थालेको र बढ्दो मौसमी तापमानले हिमनदी र हिमस्रोतका खानेपानी मुहानहरुमा पानी स्रोत कम हुन थालेको  श्रीधाङ कृषक समुहका सदस्य आनन्द गुरुङले बताउँनुभयो । ‘व्यवसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ’ सदस्य गुरुङले भने,‘ तर पानीको स्रोत घट्दो छ, यसैले अन्य उर्जा सम्भावना खोजेर दिघकालिन समस्या खोज्नुपर्ने आवश्यकता देखिएको छ ।’

घरपझोङमा जिआईजेटका प्राविधिकहरुले आयोजना गरेको स्थानीय तह पञ्चबर्षिय उर्जा योजना छलफलका क्रममा जलवायु संकटले मुस्ताङको कृषि  प्रणालीमा नकारात्मक प्रभाव परेको बताईएको छ । हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउ लगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाको स्याउ लगायतका अन्नबालीमा क्षति पुग्ने गरेको घरपझोङ—४ का किसान राजेन्द्र शेरचनले जिआईजेट प्रतिनिधिहरुलाई जानकारी गराउँनुभयो । अनुकुल मौसममा हिउँ नपर्नु र  बमौसममा हिउँ पर्दा फलफूल बगैचामा फूल्दै गरेका फूलहरु झर्ने र तापमान वृद्धिले स्याउ लगायतका अन्नबालीमा विभिन्न रोगकिराकोहरुको संक्रमण देखा पर्ने गर्दा स्याउ लगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको घरपझोङका किसान शेरचनले उल्लेख गर्नुभयो । मौसम परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष स्याउ उत्पादन राम्रो हुने र कुनै वर्ष नराम्रो हुने गरेको किसान शेरचनले जनाउँनुभयो ।

 यसैगरी घरपझोङका पशुपालक किसान भुपेन्द्र शेरचनले जलवायु परिवर्तनका असर यहाँका पशुपालन व्यवसायमा देखिन थालेको बताउँनुभयो । हिमाली उच्चलेंकमा हिउँ नपर्दा चरनक्षेत्रमा घाँस पलाउन छोडेको उहाँले सुनाउँनुभयो । ‘विस्तारै हिउँ स्रोत सक्दै जादैछ, घाँस पलाउन र पशुचौपायालाई पानी र आहारा बनाएर खुवाउन समेत समस्या पर्दैजान थालेको छ ’, पशुपालक शेरचनले भने,‘ हिमस्रोत घट्दा उच्चलेंकमा याकचौरीको व्यवस्थापनमा समेत समस्या परेको छ,वन्यजन्तुको जोखिम पनि यसैका कारण थपिएको छ ।’ सरकारले हिमाली क्षेत्रमा जलवायु संकटले पारेको असरलाई न्यूनिकरण गर्न आवश्यक अनुकुलनका योजनाहरु अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको पशुपालक किसान शेरचनले सुझाउँनुभयो ।

 मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थानीय तहको मागका आधारमा जर्मन संख्या जिआईजेटले उर्जा सम्भावना सम्वन्धि आधारभुत सर्वेक्षण गरिरहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा उर्जा क्षेत्रमा अपनाउन सकिने भावी योजना तर्जुमा रणनीतिलाई प्राथमिकतामा राखेर जिआईजेटले आधारभुत सर्वेक्षेत्र गरिरहेको र त्यसका लागि नागरिक भेला गरी रायसंकलन गर्ने कार्य भईरहेको जिआईजेटका उर्जा सल्लाहाकार शिवलाल कार्कीले जानकारी दिनुभयो ।

मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अबको ५÷१० वर्षको अवधिमा उर्जा क्षेत्रमा केके काम गर्न सकिन्छ र उर्जाको क्षेत्रमा यहाँको सम्भावना के छ भन्ने बिषयमा आधारभूत सर्वेक्षण भईरहेको उर्जा सल्लाहाकार कार्कीले उल्लेख गर्नुभयो । मुस्ताङमा उर्जा सम्भावना अन्तर्गत वायु तथा सौर्य उर्जा ,बायो ग्याँसको सम्भावना केकस्तो छ त्यसका माध्यमबाट यहाँको सामाजिक,आर्थिक र आर्यआर्जनसंग कसरी जोड्ने सकिन्छ भन्ने लगायतका बिषयमा उर्जा सर्वेक्षण भईरहेको उर्जा सल्लाहाकार काकीले जानकारी दिनुभयो ।

 मुस्ताङका २ पालिकामा भईरहेको उर्जा सर्वेक्षणका लागि जिआईजेटले प्राविधिक सहयोग गरेको हो । यसका लागि जेआईजेटबाट ५ जना उर्जा विज्ञ मुस्ताङमा छन्। उनीहरुले यहाँको दुईपालिकाको स्थानीय समुदायसंग छलफल र राय संकलन गरी २ महिना भित्रै उर्जा प्रतिवेदन सम्वन्धित पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

 जर्मन संस्था जिआईजेटले सन् १९७४ देखि नेपालमा दिगो पूर्वाधार, उर्जा,यातायात, सामाजिक विकास सुरक्षाm पूननिर्माण तथा शान्ति, आर्थिक विकास र रोजगार लगायतका क्षेत्रमा कार्य गर्देआईरहेको छ । जेआईजेटले नेपालका ६० भन्दा बढी जिल्लामा प्राविधिक सहयोग तथा विभिन्न क्षेत्रमा काम गर्दैआईरहेको जनाईएको छ ।


प्रतिक्रिया