तीन महिनाको अवधिमा ६४५ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ अनुसार सन् २०२६ को जनवरीदेखि अप्रिल मार्चसम्ममा ४९ देशका ६४५ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् ।
सन् २०२६ को जनवरीदेखि मार्च महिनासम्मको विदेशी पर्यटकको तथ्याक अनुसार उपल्लो मुस्ताङमा ४९ देशका विदेशी पर्यटकले भ्रमण गर्दा सबैभन्दा धेरै ७४ जना भारतीय पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
सन् २०२६ को जनवरीदेखि मार्च महिनासम्म ४३००० पर्यटक मुस्ताङ भित्रिदा जम्मा (१.५) प्रतिशत विदेशी पर्यटकले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको एक्यापको तथ्यांकले देखाउँछ । समग्र मुस्ताङ जिल्लामा भित्रिएका विदेशी पयटक मध्ये औसत (३.०) प्रतिशतको हाराहारीमा मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ पुग्ने गरेको पाईएको हो ।
यसअघि उपल्लो मुस्ताङमा सन् २०२३ मा ७१ राष्ट्रका तीन हजार ३८४ जना, सन् २०२४ मा ७३ राष्ट्रका चार हजार ९३ जना र सन् २०२५ मा ६९ राष्ट्रका तीन हजार ८७२ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्यांकमा उल्लेख छ ।
नेपाल सरकार अध्यागमन विभागले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचिमा राखेको छ । सरकारले गतवर्षसम्म उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई प्रति व्यक्ति ५०० डलर शुल्क लिएर १० दिनको प्रवेशआज्ञा दिने गरेको थियो । उपल्लो मुस्ताङमा विदेशी पर्यटकलाई अध्यागमन विभागले लिने चर्को शुल्कका कारण न्यून संख्यामा विदेशी पर्यटक उपस्थित हुने गरेको त्यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । उपल्लो मुस्ताङलाई सरकारले पूर्ण रुपमा निषेधित तथा नियन्त्रित सूचिमा हटाउनु पर्ने माग राख्दै त्यहाँका पर्यटन व्यवसायी र स्थानीय जनप्रतिििनधिहरुले सरकारको ध्यानार्कषण गराउँदै आईरहेका थिए ।
सरकारले चालु वर्षको केही महिना अघि उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा प्रस्थान गर्ने विदेशी पर्यटकहरुको पर्यटन शुल्कमा आशिंक समायोजन गरेको थियो । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकलाई अनिवार्य १० दिनको प्रवेशआज्ञा स्वरुप लिईने पर्यटन शुल्कलाई हेरफेर गरी प्रति व्यक्ति प्रति दिन दैनिक ५० डलर शुल्क उठाउने व्यवस्था गरेको छ ।
यता, लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ गुरुङका अनुसार उपल्लो मुस्ताङमा आउने विदेशी पर्यटकलाई प्रवेशआज्ञा शुल्क प्रति दिन ५० डलर कायम गरेपछि विदेशी पर्यटकको संख्यामा केही वृद्धि भएको बताउँनुभयो । यसअघि १० दिनको अनिवार्य शुल्क ५०० डलर हुँदा पर्यटकले कम्तिमा तीन रात बाँस बस्ने गरेको भएपनि प्रतिदिनको शुल्क कायम हुँदा विदेशी पर्यटक एक रात बसेर फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले उल्लेख गर्नुभयो । उपल्लो मुस्ताङमा विदेशी पर्यटकहरुको आगमन तथा बसाई लम्याउनका लागि निषेधित क्षेत्र पूर्ण रुपमा खारेज हुनु पर्ने सुझाउनु भयो । सरकारले निषेधित क्षेत्र हटाएमा उपल्लो मुस्ताङबाट कोरलानाका हुँदै तिब्बतको मानसरोवरसम्मको पर्यटन मार्ग सहज हुने पर्यटन व्यवसायी गुरुङको भनाई छ ।
ऐतिहाँसिक तथा धार्मिक र सांस्कृतिक सम्पदाले भरिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले चाहेर पनि पर्यटन शुल्कका कारण माथि उक्लिन नसक्ने अवस्था विद्यमान छ । बर्सेनि लोमान्थाङको तिजी पर्व अवलोकन गर्न विदेशी पर्यटक बढी मात्रामा पुग्ने गर्छन । उपल्लो मुस्ताङको पृथक भूगोल,प्राचिन गुम्बा,माने, छोर्तेन, मानव निर्मित गुम्बा र माथिल्लो मुस्ताङको स्थानीय तिब्बतीय रहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेको पाईएको छ ।
सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी देखि माथिल्लो क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचिमा राखेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली