जोमसोम । ।
उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनामा हालसम्म ६ अर्व ६४ करोड १८ लाख अर्थात ८१ प्रतिशत वित्तिय खर्च भएको छ । आयोजनाको समग्र भौतिक प्रगती ८४ प्रतिशत पुगेको छ । कुल ४३ वटा योजनाका लागि ७ अर्व ९० करोड ७० लाख बजेटको ठेक्का लागेको थियो ।
आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याईसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । आयोजनाले पर्वतको मालढुंगादेखि कोरलानाकासम्म २० वटा सडक योजना र २३ वटा पुलपुलेसा योजना कार्यान्वयनमा ल्याईसकेको आयोजना प्रमुख झाको भनाई छ । आयोजनाले कोरला सडक अन्तर्गत सडक र पुलपुलेसा दुबैमा करिव ८५ प्रतिशत भौतिक प्रगती भईसकेको जनाएको छ ।
सडकतर्फ जोमसोम—कोरला ११० किमी ग्राभेल मध्ये ६ वटा खण्ड आयोजनालाई हस्तान्तरण भईसकेको छ । चराङ—छोसेर २५ किमी सडक निर्माणको अन्तिम चरणमा रहेको छ । यसैगरी कोरला सडक अन्तर्गत म्याग्दीको (बेनी—गलेश्वर) तीन किलोमिटर कालोपत्रे सडक र बेनी—जोमसोम तेस्रो खण्ड (कैकु—खन्ती) अस्फाल्ट कालोपत्रे सडक करिडोर सडक आयोजनालाई हस्तान्तरण भईसकेको आयोजना प्रमुख झाले बताउँनुभयो । बेनी—जोमसोम सडक अन्तर्गत गलेश्वर —तातोपानी,तातोपानी—घाँसा र खन्ती—जोमसोम गरी तीन वटा कालोपत्र सडक योजना निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको भनाई छ । आयोजनाले (बेनी—जोमसोम) ७४ किमी अन्तर्गत तेस्रो खण्डको मुस्ताङको (कैकुदेखि खन्तीसम्मको ) हस्तान्तरण भईसकेको सडक आयोजनाले सडक डिभिजन कार्यालय बाग्लुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।
बेनी—जोमसोम सडकको ७४ किमी मध्ये २० किमी सडक सम्पन्न भएकोर बाँकी ५४ किमी सडक निर्माणधिन रहेको जनाईएको छ ।
आयोजना अन्तर्गत कार्यान्वयनमा रहेका २३ वटा पुलपुलेसा मध्ये मुस्ताङको कैकु खोला,लार्जुङ खोला,सेतो खोला, घमी खोला र मार्फा खोला निर्माणधिन अवस्थामा रहेको जनाइएको छ । हाल निर्माणधिन अवस्थामा रहेका सबै पुलहरुको निर्माणकार्य अन्तिम चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ ।
कोरला सडक अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सरकारले विनियोजन गरेको ९० करोड बजेट मध्ये ३१ करोड बजेट अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासंग रहेको चालु वर्षको ५९ करोड बजेट शतप्रतिशत खर्च भईसकेर बाँकी करिव ३० करोड बढी बिल भुक्तानी दिन बाँकी रहेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले १४ करोड बजेट थपेको उहाँले बताउँनुभयो ।आयोजनालाई चालु वर्षको खर्चमा थप बजेट आएपनि अपुग भएकाले अर्थ मन्त्रालयमा पूनः थप बजेट माग गरिएको बताउँनुभयो ।‘ यो वर्षको बजेट भौतिक प्रगती भईसकेको योजनाहरुलाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले चाँडै थप बजेटको सम्वोधन गर्न आशावादीमा छौ, बजेट आएन भने त अर्को आ.व.का लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने देखिन्छ’, सूचना अधिकारी चापागाईले भने ।
कोरला सडक आयोजना अन्तर्गत पर्वतको मालढुंगा—बेनी १३ किमी कालोपत्र सडकको भौतिक प्रगती ६० प्रतिशत, गलेश्वर—तातोपानी सडक ९९ प्रतिशत र खन्ती—जोमसोम सडकको भौतिक प्रगती ९० प्रतिशत रहेको आयोजनाले उल्लेख गरेको छ । आयोजना प्रमुख धुव्र झाका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्मा (मालढुंगा—कागबेनी) १०५ किमी सडक मध्ये ८५ किलोमिटर सडक कालोपत्र पुरा हुने बताउँनुभयो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत आगामी आर्थिक वर्ष भित्र ८० किलोमिटर सडक डिभिजन कार्यालय बाग्लुङलाई हस्तान्तरण गरिसक्ने आयोजना प्रमुख झाको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली