मुस्ताङको मार्फामा मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भिर घाईते

जोमसोम ।

मुस्ताङको घरपझोङ—२ मार्फा स्थित (बेनी—जोमसोम) कालोपत्रे सडकमा मोटर साईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । शनिबार राति साँढे आठ बजेको समयमा मुस्ताङको मार्फाबाट जोमसोमतर्फ आउँदै गरेको ग३प ७३८० नं. को पल्सर मोटरसाईकल अचानक अनियन्त्रित भई दुर्घटना हुँदा तनहुको दमौली घरभई मुस्ताङको घरपझोङ—१ चिमाङ बस्ने वर्ष २८ का दिपक घले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विकास खत्रीका अनसार मुस्ताङको मार्फा स्थित बेनी—जोमसोम सडकमा मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भिर घाईते भएको जानकारी दिनुभयो । गम्भिर घाईते घले दुर्घटनापछि रगताम्मे भएर सडकमै ढल्न पुगेका थिए । मोटरसाईकलमा दुई जना सवार रहेको प्रहरी निरीक्षक खत्रीले उल्लेख गर्नुभयो ।

 तनहु घर भई लामो समयदेखि  मुस्ताङमा वयल्डिङ सम्वन्धि काम गर्दै आएका घलेको मुस्ताङको जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको बताउँनुभयो ।


प्रतिक्रिया