जोमसोम—‘एक स्थानीय तह एक खेलग्राम’ अवधारणा मुताबिक मुस्ताङको सदरमुकाम जोमसोममा निर्माणधिन कभर्ड हल बजेट अभावका कारण ५ वर्षदेखि अलपत्र हुदा त्यहाँ नजिकैको कभर्ड हल आउट डोर खेल मैदानको स्तरोन्नतिकार्यको नयाँ योजना अघि बढाईएको छ ।
जोमसोममा संघ,प्रदेश र स्थानीय तहको लागत साँझेदारीमा २०७६÷०७७ सालमा दुई तले बहुउद्देश्य कभर्ड हलको निर्माणकार्य थालिएको थियो । ६ करोड ५८ लाख लागत अनुमान गरिएको बहुवर्षीय जोमसोम कभर्ड हलको भौतिक प्रगती जम्मा ३५ प्रतिशत मात्रै छ । संघ,प्रदेश र स्थानीय तहको टुक्रे बजेट विनियोजनका कारण निर्माणधिन कभर्ड हल अलपत्र अवस्थमा छ । ५ वर्ष बितिसक्दा समेत अधकल्चो अवस्थामा छाडिएको कभर्ड हल पर्याप्त बजेट सुनिश्चिता हुन नसक्दा अलपत्र पर्दैआईरहेको छ ।
संघीय,प्रादेशीक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणधिन जोमसोम कभर्ड हल अलपत्र हुदै गर्दा त्यहाँ नजिकै रहेको कभर्ड हलको आउटडोर खेल मैदान स्तरोन्नतिकार्य सुरु गरिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीले चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार १६ लाख बजेट विनियोजन गरेपछि जोमसोम खेलमैदान स्तरोन्नतिकार्य सुरु गरिएको हो । जोमसोम खेलमैदान संरक्षणको अभावमा जीर्ण अवस्थामा थियो ।खेल मैदान स्तरोन्नतिका लागि घरपझोङ गाउँपालिकाको प्राविधिक शाखाले प्राविधिक स्टमेटको काम गरेपनि यसको अख्तियार प्रदेश सरकार आफैले लिएको छ । घरपझोङ गाउँपालिकाका प्राविधिक शाखाका सवईन्जिनीयर राजन कडेलले जोमसोम खेल मैदान स्तरोन्नतिको जिम्मा प्रदेश सरकारले नै लिएको जानकारी दिए । ‘हामीले प्राविधिक स्टमेटको जिम्मा मात्र पाएका छौं, अरु सबै काम प्रदेश तहबाटै हुन्छ,उनले भने, यो साल बसाली योजना हो, असार अगावै सक्नुपर्ने हुन्छ ।’
जोमसोम खेलमैदानले ओगटेको पुरै क्षेत्रफल १०० मिटर लम्बाई र ८० मिटर चौडाई छ । तर, प्रदेश सरकारले सेभेन ए साईडको फुटबल खेल्न मिल्ने गरी लम्बाई ६० मिटर र चौडाई ४० मिटर दुरीमा ग्राउण्ड सुधार लगायतका कामहरु गरिरहेको सवईन्जिनीयर कडेलको भनाई छ । यो कामका लागि चालु वर्षको चैत्र २६ गते घरपझोङ गाउँपालिकाले प्रदेश सरकारसंग सिफारिस गरेको थियो ।
सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकीले विनियोजन गरेको १६ लाख बजेटले खेल मैदानमा बलौटे माटो फिलिङ गरी रोलिङ कम्पेक्सन गर्ने,तोकिएको खेलमैदानको दुरीमा वरिपरी ड्रेन निर्माण गर्ने, खेलाडी र अफिसियल बस्ने स्थान र कभर्ड हलको बाहिरी भागमा ८०० मिटर ड्रेन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । यसैगरी कभर्ड खेल मैदानको १५० मिटर दुरीमा फिनिसिङ जाली निर्माण गर्ने गरी जोमसोम खेल मैदान उपभोक्ता समितिले जिम्मा लिएको हो ।
चालु वर्ष प्रदेश सरकारले विनियोजन गरेको खेलमैदान स्तरोन्नतिको बजेट पर्याप्त नभएकाले यसलाई पूर्ण रुपमा सम्पन्न गर्न क्रमागत रुपमा थप बजेट आवश्यकता पर्ने गाउँपालिकाका सवईन्जिनीय र कडेलको भनाई छ ।
३१ जेठ २०८१, शुक्रबार १०:१९ मा प्रकाशित
544
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली