मुस्ताङमा जनचेतना फैलाउँदै प्रहरी



जोमसोम— पछिल्लो समय मुस्ताङमा सामाजिक विकृति विसङ्गी लगायतका विभिन्न विषयमा जनचेतना फैलाउन तल्लिन छ । प्रविधिको विकास र सडक संञ्जालको पहुँचले निम्त्याउन सक्ने सबै खाले संम्भावित घटनाप्रति मुस्ताङ प्रहरीले जनचेतनामूलक अभियानलाई तीब्रता दिईरहेको छ ।

मुस्ताङ प्रहरीको यो अभियानमा घरपझोङ गाउँपालिकाले सहकार्य गरेको छ । गाउँपालिकाको आयोजना तथा मुस्ताङ प्रहरीको समन्वयमा चैत्र ४ गतेदेखि चैत्र २१ गतेसम्ममा ५ चरण गरी घरपझोङका स्थानीय नागरिकलाई साईबर अपराध, लागू औषध दुव्र्यसन तथा ओसार पोसार र सडक दुर्घटना सम्वन्धि सचेतनामूलक अभियान सम्पन्न गरेको छ । प्रहरीसंग सहकार्यमा गरिएको स्थानीय तहको यहाँको यो कार्यक्रम पहिलो हो ।

साईबर प्रयोगको समुचित प्रयोग हुन नसक्दा समाजमा विभिन्न घटनाहरुको सृजना हुन सक्ने, लागु औषधको सेवनले व्यक्तिको स्वास्थ्य र समाजमा पर्नसक्ने नकारात्मक प्रभावको विषयमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले प्रस्तुतीकरण गरे । उनले यसका अलवा मुस्ताङमा सवारी साधन र यात्रुको चाँप बढ्दै गईरहेको परिपेक्षमा यहाँ हुन सक्ने संम्भावित सवारी दुर्घटना र त्यसको न्यूनिकरणका लागि डीएसपी पाण्डेले स्थानीय नागरिकलाई सचेतनामूलक प्रशिक्षण दिएका हुन् ।

गाउँपालिकाद्धारा आयोजित साईबर अपराध,लागू औषध र्दुव्यसन र सवारी दुर्घटनाका बिषयमा प्रहरीले मुस्ताङको छैरो,मार्फा,स्याङ ,ठिनी र जोमसोममा कार्यक्रम गरेको हो । समापनमा बोल्दै जिसस प्रमुख माया गुरुङले पछिल्लो अवस्थामा साईबर अपराधको जोखिम बढ्दै गईरहेको बताईन् । साईबर अपराधकै कारण समाजमा विभिन्न खाले घटना घट्ने गरेको उल्लेख गर्दै जिसस प्रमुख गुरुङले प्रहरीको यो कार्यक्रमले साईबर अपराधको घटनासहित लागु औषध र सवारी दुर्घटनालाई न्यूनिकरण गर्न योगदान पुग्ने उल्लेख गरिन ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले  नागरिक सचेत भएमात्र समाज सम्य हुने तर्क गरे । उनले  मुस्ताङ जिल्ला पनि पछिल्लो अवस्थामा क्राउड हुन थालेको र यसले अस्थिररता सृजना गर्नसक्ने भएकाले पालिकाले सामाजिक सचेतनाको कार्यक्रम अघि बढाएको बताए ।




प्रतिक्रिया