जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका—२ सौरुमा आयोजित गाउँ स्तरीय भलिबल प्रतियोगताको उपाधि योङ स्टार युवाक्लव (लेते)ले जितेको छ । सौरु स्थित सिक्स स्टार युवाक्लवले असोज १५ देखि असोज १९ गतेसम्म आयोजना गरेको बाह्रौ गाउँ स्तरीय भलिबल तथा तारा खेल प्रतियोगिताको भलिबल खेलतर्फ आयोजक सिक्स स्टारलाई फाईनलमा पराजित गर्दै योङ स्टार (लेते) उपाधि हात पारेको हो ।
प्रतियोगितमा उपाधिसंगै योङ स्टार युवाक्लव (लेते)ले नगद पुरस्कार ६० हजारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता सिक्स स्टार युवाक्लव (सौरु)ले नगद ३५ हजार पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र पायो ।
कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा सर्वोउत्कृष्ठ खेलाडी सिक्स स्टार युवाक्लव सौरुका राजन सुनार घोषित भए । उनले नगद दुई हजार पाँच रुपैयासहित मेडल र प्रमापत्र पाउँन सफल भए ।
यसैगरी दसैं पर्वको उपलक्षमा आयोजित गाउँ स्तरीय तारा खेल प्रतियोगितामा थासाङ गाउँपालिका—१ टुकुचे स्थित एनएफसी क्लव प्रथम भएको छ । कुल १८ टोलीको सहभागिता रहेको तारा खेल प्रतियोगितामा कर्मचारी टोली जोमसोम दोस्रो र थासाङ—३ लेते गाउँ तेस्रो स्थान हासिल गरेका छन् । योसंगै तारा प्रतियोगिताको प्रथम हुनेले नगद ५० हजार, दोस्रो हुने नगद २७ हजार र तेस्रो हुने टोलीले नगद १२ हजार पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
गाउ स्तरीय प्रतियोगिता अवधिभर उत्कृष्ट नृत्य प्रर्दशन गर्ने कलाकारहरुलाई नगद १० हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगिताका संञ्चालनका लागि धौलागिरी युवाक्लव कोवाङले खेलकुद सामाग्री उपलब्ध गराएर सहयोग पु¥याएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली