जोमसोमको शताब्दी पुरानो काठेपुललाई स्तरोन्नति तथा सौन्दर्यीकरण गरिदै

जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—४ मा अवस्थित जोमसोम बजार जोड्ने सदिंयौ वर्ष पुरानो ऐतिहाँसिक  काठेपुलको संरक्षण तथा सौन्र्दयीकरणमा जोड दिन थालिएको छ । घरपझोङ गाउँपालिका र  जिविकोपार्जन परियोजनाका लागि दिगो पर्यटन (एसटीएलआरपी)को लागत साझेदारीमा  जोमसोम बजार जोड्ने ऐतिहाँसिक काठेपुलको मर्मत सुधार तथा स्तरोन्नति थालिएको हो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि  जिविकोपार्जन लागि दिगो पर्यटन परियोजनाले ऐतिहाँसक काठेपुलको सौन्र्दयीकरण तथा स्तरोन्नतिका साथै विभिन्न शिर्षकमा घरपझोङ गाउँपालिकासंग लागत साझेदारी गर्दै पर्यटकीय पूर्वाधार तथा पर्यटन प्रर्वद्धन संम्वन्धि कार्यमा सहकार्य गरेको छ । यसका लागि गाउँपालिकाका ३७ लाख ८५ हजार रुपैयाको लागत स्टमेट गरेको गाउँपालिकाका सवईन्जिनीयर राजन कडेलले जानकारी दिए । उनका अनुसार परियोजना र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा पर्यटन पूर्वाधार निर्माण शिर्षकमा ऐतिहाँसिक काठेपुलको सौन्र्दयीकरण तथा स्तरोन्नतिसंगै जोमसोम पक्की पुल नजिक दुई कोठे पर्यटक सूचना केन्द्र भवन,पर्यटकीय साईन पोस्ट र फोहोर मैला व्यवस्थापनका लागि डस्मिन बितरण गर्ने कार्यक्रम छ ।


मुस्ताङ सदरमुकाम जोमसोमको कालिगण्डकी वारीपारी जोड्ने ऐतिहाँसिक र सदिंयौ वर्ष पुरानो काठेपुलको स्तरोन्नति तथा सौन्र्दयीकरणका लागि ७ लाख लागत निक्र्योल गरी परियोजनासंग सम्झौता भएको सवईन्जिनीयर कडेलको भनाई  छ । परियोजना र गाउँपालिकाबीच पर्यटकीय पूर्वाधार निर्माण गर्न  गाउँपालिकाले ५७ दशमलव ५३ प्रतिशत र परियोजनाले ४२ दशमलव २७ प्रतिशत बजेट साझेदारी गर्ने गरी सम्झौता भएको सवईन्जिनीयर कडेलले उल्लेख गरे । जोमसोम काठेपुलका लागि ७ लाख स्टमेट गरी परियोजनासंग सम्झौता भएपनि काठेपुललाई थप सौन्र्दयीकरणका साथै आर्कषक तुल्याउन भिओ वृद्धि गरिएको उनले बताए ।

दुई जोमसोम बजार जोड्ने ऐतिहाँसिक काठेपुलको स्तरोन्नतिका लागि लागत भिओ वृद्धिसंगै १३ लाख ३० हजार पू¥याईएको छ । जोमसोमका स्थानीय उपभोक्ता समिति मार्फत काम गर्ने गरी काठेपुलको मर्मत सुधार तथा स्तरोन्नति गर्ने जिम्मा दिईसकेको सवईन्जिनीयर कडेलले बताए । जोमसोमको जीर्ण काठेपुलमा पुराना काठका सामाग्रीहरु विस्थापित गरी नयाँ काठका संरचनाहरु फेर्ने, काठेपुलको रेलिङ फेर्ने र काठेपुललाई धेर्रै भन्दा धेरै भार थेग्न सक्ने गरी  साविक भन्दा थप मजबुद र बलियो बनाउन काठेपुलको पूर्व÷पश्चिमको दुईतर्फी बिमलाई अफग्रेड गर्ने सवईन्जिनीयर कडेलले जानकारी दिए ।

मुस्ताङको जोमसोम काठेपुल शताब्दी पुरानो भएको बताईएको छ । सदिंयौ वर्ष पहिलो तिब्बतमा नुन ल्याउन जोमसोममा अवस्थित पुरानो काठेपुल त्यससमय निकै उपयोगी बनेको थियो जोमसोमका ८९ वर्षीय जेष्ठ नागरिक टिकप्रसाद शेरचनले जानकारी दिए । उनका अनुसार त्यससमय जोमसोम बजार जोड्ने अन्य पुल बनेका थिएनन् । यही पुलको सहायताले उपल्लो मुस्ताङदेखि जो्मसोमसम्मका नागरिकले पैदल तथा घोडा खच्चडमा मालसामान  बोकाएर सामान ल्याउने गथ्र्ये भने पशुचौपायालाई चरन क्षेत्रमा लैजान यही काठेपुल निकै उपयोगी जेष्ठ नागरिक शेरचनको भनाई छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न म्याग्दी हुँदै मुस्ताङमा पैदल यात्रा गर्ने तिर्थालुलाई समेत काठेपुलले निकै ठुलो टेवा पू¥याएको उनको भनाई छ ।

अहिले जोमसोमको काठेपुलको उत्तरतर्फ ५० मिटर माथि भारतीय राजदुतावासले पक्की मोटरेबल पुल बनाई सकेपछि जोमसोमको काठेपुलले धेरै हदसम्म आराम पाएको छ । अहिले काठेपुलबाट आशिंक मानिसहरु मात्रै आउजाउ गर्ने गरिएको छ । गाउँपालिकाले यस काठेपुललाई पुरातात्विक सम्पदाको रुपमा विकास गर्दै पर्यटकी हबको रुपमा विकास गर्ने लक्ष्य राखेको घरपझोङ—४ का वडाध्यक्ष यामप्रसाद थकालीले बताए ।

जोमसोमको सदिंयौ वर्ष पुरानो काठेपुल बनेपछि जोमसोमको सरकारी कार्यालय र नेपाली सेनाको ब्यारेक जोड्ने झोलुङे पुल बनेको थियो । प्राकृतिक विपद्का कारण पटक ÷पटक थला पर्दैआईरहेको जोमसोमको काठेपुल संरक्षणका लागि स्थानीयले संरक्षणमा महत्वपूर्ण योगदान पू¥याएका थिए । 

जोमसोममा अवस्थित ऐतिहाँसिक काठेपुललाई २०४४ सालमा आएको कालिगण्डकी नदीको बाढीले निकै ठुलो क्षति बनाएको थियो । त्यसबेला जोमसोमका गाउँले मिलेर बाढीले क्षति बनाएको काठेपुललाई पून मर्मत सम्भार गरी संरक्षण गरेर जोगाएका थिए ।

यसैगरी जोमसोम बजारको अस्तित्व कायम गरेको ऐतिहाँसिक काठेपुललाई २०७२ सालको महाभुकम्पले पून : क्षति बनाएको थियो । त्यसबेला महाभुकम्पको पराकम्पनले जोमसोम काठेपुल बीच भागबाट चोईटिएर ठिङ्ग ठडिन पुगेको थियो । त्यसबेला पनि स्थानीयले जोमसोम काठेपुल पूनः मर्मत गरी संरक्षण गरेका थिए ।



प्रतिक्रिया