जोमसोम— उपल्लो मुस्ताङमा एकजना च्यांग्रा हेर्ने गोठालाको लेंक लागेर मृत्यु भएको छ । लोमान्थाङ गाउँपालिका—१ स्थित च्यांग्रा चरनक्षेत्रको उच्चलेंकमा लेंक लागेर सोलुखम्बु जिल्ला ठुलो दुधकोसी गाउँपालिका—९ बस्ने ३८ वर्षीय कमल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
लेंक लागेर मृत्यु भएका तामाङ लोमान्थाङ—१ छोसेरका स्थानीय निमा ढिन्डुक गुरुङको च्यांग्रा गोठाला भई काम गर्न त्यहाँ पुगेका थिए । च्यांग्रा गोठाला भई काम गरेको ३÷४ दिन नपुग्दै तामाङको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीले जानकारी दिनुभयो ।
लेंक लागेर च्यांग्रा गोठालाको मृत्यु भएको सूचनापछि घटनाको अनुसन्धान एवं प्रारम्भिक मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विशाल अधिकारीसहित ५ जनाको टोली उपल्लो मुस्ताङको घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक अधिकारीले घटनास्थलबाट च्यांग्रा गोठालाको शव पोस्टमार्टमका लागि जोमसोम स्थित प्रदेश अस्पतालमा ल्याईएको र निजको शव आफन्तलाई जिम्मा लगाईएको जानकारी दिनुभयो ।
च्यांग्रा गोठालाको मृत्यु घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता