लेते— धम्पु नजिकको सडक जोगाउन पूर्वाधार विकास कार्यालय थाल्यो काम

 थासाङ गाउँपालिका स्थित (लेते—धम्पु) जोड्ने निर्माणधिन पक्की पुल नजिक कालिगण्डकी कटानले बेनी—जोमसोम मुख्य राजमार्ग सडकलाई असर पु¥याएको छ । त्यहाँ निर्माण कम्पनीले पुलको फाउन्डेसन जग खन्नका लागि मुख्य सडक मिचेर संरचना निर्माण गर्न थालेको थियो ।

निर्माण कम्पनीले मनसुन सुरु हुन लाग्दा काम गरेकाले कालिगण्डकी बढेपछि निर्माण कार्य त्यसै अधुरो छोडेर सम्पर्कविहिन बनेको थियो ।

 कालिगण्डकी नदी कटान र मुख्य सडक भाँसिने र भत्किदै सडक साँघुरो बनेपछि त्यहाँ सडक सुरक्षा जोखिम उत्पन्न भएको थियो । सडक जोखिम न्यूनिकरण गरी सडक आवागनलाई सुरक्षित बनाउन शुक्रबारदेखि तालुकदार कार्यालय पूर्वाधार विकासले पहल थालेको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।

उनले मनसुनको समय अझै बाँकी रहेकाले बेनी—जोमसोम सडकको (लेते—धम्पु)मा सडक जोगाउन अस्थायी ढुंगा तेर्रसाएर नदी छेक्ने काम सुरु भएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । त्यहाँ करिव ५० मिटर लामो दुरीमा ढंगेबार राखेर नदी तर्काउने काम भईरहेको उनले जनाए । 



प्रतिक्रिया