जोमसोम—पछिल्लो समय हिमालकी रानीको उपमा पाएको दुर्लभ हिउँ चितुवा मुस्ताङका सडक तथा वस्ती नजिक देखिन थालेका छन् । चालु वर्षको बैशाख महिनामा मात्रै मुस्ताङका दुई स्थानमा हिउँ चितुवा सडक र वस्ती नजिक आएको देखे । मुस्ताङमा दुर्लभ हिउँचितुवा सार्वजनिक रुपमा देखिन थालेपछि स्थानीयबासीमा थप कौतुहलता बढ्दै जान थालेको हो ।
बैशाख ९ गते उपल्लो मुस्ताङको लोमान्थाङबाट जोमसोमतर्फ जीप यात्रा गर्दै गरेको अवस्थामा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जोमसोम—कोरला सडकमार्गको समर खोला नजिकको सडकमै एकसाथ ४ वटा हिउँ चितुवा आफ्नै आँखाले प्रत्यक्ष देख्न भ्याईन् । त्यही मात्र होईन उपाध्यक्ष बिष्टले त्यससमय जीप भित्र बसेर आफ्ले देखेका हिउँ चितुवाको तस्विर र भिडियो समेत खिचिन् । उनले उक्त हिउँ चितुवाको फोटो र भिडियो सामाजिक संञ्चालमा राखेपछि सामाजिक संञ्जाल प्रयोगकर्ता मार्फत हिम चितुवाको फोटो र भिडियो भाईरल भयो ।
यसैगरी शुक्रबार पनि हिमचितुवा वस्ती नजिक देखा परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले एक वटा हिउँचितुवा वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी श्राद्धस्थलको कालिगण्डकी नदी पारी वस्ती नजिक देखा परेको जानकारी दिए । ‘हिमालकी रानी हिउँ चितुवा कागबेनी गाउँ पारी वस्ती नजिक देखा प¥यो, मैले त्यसको भिडियो समेत खिच्न भ्याए,’ स्वास्थ्य संयोजक बोहोराले भने,‘ टन्न अघाएको जस्तो देखिन्थ्यो, नजिकका पशु चौपायालाई केही क्षति नगरी देखिएको हिउँ चितुवा विस्तारै हिडेर पहाडतीर उक्लियो ।’ स्वास्थ्य संयोजक बोहोराले पनि मोवाईलबाट खिचेको हिउँ चितुवाको भिडियो सामाग्री सामाजिक संञ्जाल फेसबुकमा राखेका छन् । उक्त भिडियो पनि सामाजिक संञ्जालमा भाईरल भईरहेको छ ।
समून्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाईको क्षेत्र हिउँ चितुवाको मुख्य वासस्थान हो । हिउँ चितुवा छेवैमा भएरपनि नदेखिनी जात हो ।यो लुपुक्क बस्ने ,मानिसलाई छल्ने र मानिसलाई झुक्याउन सक्ने जात हो ।यसैका कारण मानिसले सहजै हिउँ चितुवा देख्न सक्ने अवस्था हुदैन । उच्च हिमाली क्षेत्रमा दुर्लभ संख्यामा रहेका हिउँ चितुवाको मुख्य आहार नाउरनै हो । हिउँ चितुवाको बिषयमा विद्याबारिधि गरिसकेका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको हिउँ चितुवा विज्ञ मधु क्षेत्रीले मुस्ताङको सडक तथा वस्तीमा हिउँ चितुवा देखा पर्नु अनौठो न भएको प्रतिक्रिया दिए ।‘ हिउँ चितुवा पहिले पहिले पनि तल झर्थे,हामीले नदेखेर अनौठो लागेको हो,’ हिउँ चितुवा विज्ञ क्षेत्रीले भने,‘ मुस्ताङमा सडक संञ्जाल सहज भएको र मानिसको आवतजावत बढेकाले हिमचितुवा विरल्लैले देख्न अवसर मिलेको हो।’
पहिला मान्छेको आउजाउ पातलो हुन्थ्यो र देख्न मुश्किल पथ्र्यो अहिले सर्वसाधारणको हातहातमा मोवाईल भएकाले फोटो र भिडियो खिच्न सक्ने अवसर मिलेको हिउँ चितुवा विज्ञ क्षेत्रीको भनाई छ । ‘पहिला पहिला फोटो खिच्न मौवाईल हुदैनथ्यो, हिम चितुवा देखे भन्दा कसैले पत्याउदैनथे, हिउँ चितुवा विज्ञ क्षेत्रीले भने,‘अहिले फोटो र भिडियो नै प्रमाण भएकाले हिउँ चितुवाको सूचना संम्प्रेषित हुन सकेको हो ।’
हिउँ चितुवाले आफ्नो बासस्थानबाट कहिलेकाँही लामो दुरीको यात्रा पनि तय गर्ने हिउँ चितुवा विज्ञ क्षेत्रीले उल्लेख गरे । हिउँ चितुवा आफ्नो गन्तब्यबाट डुल्दै हिड्दा केही तलसम्म पनि झर्न सक्ने उनले बताए ।‘हिउँ चितुवाले बाटो बिराउदा तल झर्न सक्छन्, कहिले काँही आहार पछ्याउँदै गर्दा पनि बस्ती नजिक सम्म आईपुग्न सक्छन्,’ हिउँ चितुवा विज्ञ क्षेत्रीले थपे,‘ हिउँ चितुवाको बासस्थान र मानव बस्तीको उचाई पनि त्यहाँ ३ हजार मिटरको रेसियोमा छ , आहारको खोजीमा हिउँ चितुवाले गोठैमा पसेर पनि पशु चौपायाको क्षति गर्न सक्छ ।’
हिउँ चितुवा विज्ञ क्षेत्रीले हिमचितुवाको आहार नाउर भएको नाउरले खोलामा पानी खान झर्दा पछ्याउदै बस्ती नजिक झर्न पनि सक्ने तर ,हामीले ठ्याक्कै यही कारण सडक र बस्ती झरेका हुन् भनेर एकिन गर्न नसक्ने बताए ।
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा हिउँ चितुवा र मानवबीचको द्धन्दले यहाँका पशुपालक किसान पीडित बन्ने गरेका छन् । मुस्ताङमा हिउँ चितुवा खर्क र गोठमै पसेर पशुचौपायको क्षति पू¥याउने गर्दा यहाँका पशुपालक किसानको पूख्यौली पशुपालन व्यवसाय जोखिममा पर्दै गईरहेको छ ।
तस्विर : खगेन्द्र बोहोरा
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता