मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो । यहाँ कृषि र पर्यटनको प्रचुर संम्भावना छ । बर्सेनि ४ ÷५ लाख स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ घुम्न आउँछन् । तर, हाम्रो गाउँ घरपझोङ—३ स्याङ सदरमुकाम नजिकै रहेर पनि पर्यटनका हिसावले निकै पछि प¥यो । त्यसो त हाम्रो गाउँ कृषिमा आत्मनिर्भर गाउँ हो । यद्यपी हामीले कृषि व्यवसायलाई पछ्याउँदै पर्यटन व्यवसायमा पनि जोडिन खोज्दैछौ ।
मुस्ताङमा पोखरा—जोमसोम हवाईमार्ग छदैछ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला सडक)पनि बर्सेनि सुदृढ र सहज हुँदैछ । यसैका कारण मुस्ताङमा अनुकुल समयमा राजमार्गमा पर्ने यहाँका होटलहरु पर्यटकले भरिभराउ हुँदा स्याङ गाउँ सडकमार्ग नजिकै भएरपनि पर्यटनले पछि प¥यो ।
मुस्ताङको घाँसादेखि कोरलासम्मका होटलहरु पर्यटकले गुल्जार हुँदा खै किन हो हाम्रो गाउँमा पर्यटक भित्रिन सकेको छैन । हामीलाई यो देख्दा ज्यादै दुख लाग्छ । हामी चाहन्छौं हाम्रो गाउँमा पनि अन्यत्र जस्तै पर्यटक आईदिए हुन्थ्यो । तर, हाम्रो गाउँ स्याङले प्रचार÷प्रसारको कमीले होकी पर्यटक तान्नै सकेन ।
यसपटक हामीले हाम्रो गाउँ चिनाउन र पर्यटन प्रर्वद्धन गर्न परम्परागत धार्मिक तथा ऐतिहाँसिक पर्व ‘खिल्हा’लाई मेलामा रुपान्तरण गर्दैछौं । पर्वलाई आत्मसाथगर्दै भलिबल,तारा खेल,आर्चरी र घोडा दौड लगायतका प्रतियोगिता राखेर सम्पूर्ण पर्यटकको ध्यान हाम्रो गाउँतीर तान्ने प्रयत्न गर्दैछौ । यो हाम्रो पहिलो प्रयास हो,यसमा हामी सफल हुन्छौं भन्ने पूर्ण आत्मविश्वाश छ । सदिंयौदेखि बर्सेनि साउन महिनामा मनाईने हाम्रो पर्व खिल्हा शनिबारदेखि हुँदैछ । पर्वलाई साथमा लिएर खेलकुदका माध्यमबाट बृहत बनाउँदै यो पर्वलाई मेलाको रुपमा खास बनाउने हाम्रो अभिप्राय हुनेछ । हाम्रो गाउँ स्याङ परम्परागत रुपले सदियौकाल पुरानो ऐतिहाँसिक गुजमुच्च पर्यटक आर्कषण गर्ने ढंगा र माटोले बनेका घरहरु छन । समथर कालिगण्डकी नदीको तटीय क्षेत्रका साथै निलगिरी र धौलागिरि हिमालको काखैमा अवस्थित हाम्रो गाउँ स्याङमा लोभलाग्दा खेतीयोग्य जमिन र स्याउ बगैचा छन् । पशुपालनमा पनि हामी निकै अघि बढिसकेका छौं । अब हाम्रो लक्ष्यनै पर्यटन सम्भावनाको खोजी गर्नुनै हो ।
हामीले लिएको पर्यटन विकासको लक्ष्यलाई सार्थक तुल्याउन र मेलालाई भव्य र सम्य रुपमा आयोजना गर्न स्वदेशी तथा विदेश बस्ने मुस्ताङीहरुले खुल्ला ãदयले आर्थिक तथा भौतिक सहयोग गर्नु भएको छ । सिङ्गो गाउँसमाज,आमा समुह, क्लव सबै यस महान कार्यमा होमिसकेका छौं ।
हाम्रो धार्मिक पर्व खिल्हा मेला साउन ५ देखि ९ गतेसम्म विधिवत संञ्चालन गर्दैछौं । हामीलाई साथ , सहयोग र हौसला प्रदान गर्नै सहयोगी निकायहरुप्रति हार्दिक नमन गर्दछु । हाम्रो उद्देश्य केवल खेल खेलाउने मात्रै नभई गाउँलाई पर्यटनसंग जोड्ने मुख्य उद्देश्य हुनेछ ।
सल्लाहकार : चन्द्र थकाली
जनकल्याण क्लव,स्याङ, मुस्ताङ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता